×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुरक्षा परिषदद्वारा चुनावमा सेना परिचालनको निर्णय

  •  
  • बिहिबार, कार्तिक ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कार्तिक २, २०७४-निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन । बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

    राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल (यसअघिकै शैलीमा) सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए । ‘सुरक्षा परिषदको बैठकमा आगामी निर्वाचनको सुरक्षा बारेमा छलफल भयो,’ रक्षामन्त्री भीमसेनदास प्रधानले भने ‘सरकार समयमा निर्वाचन गराउन कटिबद्ध रहेको दरिलो उदाहरण पनि हो । यसअघि स्थानीय तहमा परिचालन भएझैं सेनाले सुरक्षाको तेस्रो घेरा सम्हाल्ने छ । स्थानीय तहको तीन चरणको निर्वाचनमा झैं पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुनेछ ।’

    सेनालाई आवश्यक गस्ती र मतपेटिकाको सुरक्षा र सुरक्षीत स्थानमा पुर्‍याउने कामसमेतको जिम्मेवारी तोकिएको उनले बताए । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषदमा रक्षा, गृह, अर्थ, परराष्ट्रमन्त्री मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने परिषदको सदस्य सचिवका रुपमा रक्षासचिव रहन्छन् ।

    बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको मुख्य सचिव राजेन्द्रकिश्वर क्षेत्रीले बताए । गृह र परराष्ट्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकाले अर्थ र रक्षामन्त्रीको मात्र उपस्थिती रहेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषदो बैठक आगामी निर्वाचनको विषयमा नै केन्द्रित रहेको मुख्य सचिव क्षेत्रीले बताउदै भने, ‘पछिल्लो सुरक्षा अवस्था र निर्वाचनमा अपनाउनुपर्ने शतर्कताको बारेमा समेत विश्लेषण भएको थियो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.