- सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगिसरकारबाट बाहिरिने निर्णयबाट पछि हट्यो माओवादीत गरेका छौं : गृहमन्त्री शर्मा
आश्विन ३१, २०७४-सरकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ ।
सरकारबाट बाहिरिने निर्णयका लागि भन्दै मंगलबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठक पेरिसडाँडामा बसेको थियो । बैठकमा मन्त्रीहरुको सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गर्नेक्रममा निर्वाचन आयोगबाट चुनाव सारिन लागेको गोप्य सूचना आएको गृहमन्त्री शर्माले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा गृहमन्त्री एवं माओवादी नेता शर्माले भने, ‘निर्वाचन सुनिश्चित गर्नका लागि हामी सरकारमा आएका हौं, त्यसैका लागि सरकार छो लागेको हो तर निर्वाचन नै सारिने हो भने किन सरकार छाड्ने । राजीनामाको विषय तत्काललाई स्थगित गरेका छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि माओवादीले सरकार छाड्ने निधो गरेको थियो । प्रवक्ता पम्फा भूसालले कान्तिपुरसित भनेकी थिइन्, ‘प्रधानमन्त्रीले सरकारबाट हट्न आग्रह गर्नुभएकोले माओवादी बाहिरिएको विज्ञप्ति आउँछ ।’
ekantipur


