पोखरा: पोखरामा पाँच वटा प्याराग्लार्इडिङ दुर्घटना भएका छन्। आज दिउँसो सवा दुर्इ बजेतिर प्याराग्लार्इडिङ दुर्घटना भएका हुन्।
साराङकोटबाट उडेका ति प्याराग्लार्इडिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेका हुन्। वडा प्रहरी कार्यालय बेदामका प्रहरी निरीक्षक बसन्त शर्माका अनुसार पाँच वटै प्याराग्लार्इडिङका चालक र यात्रुको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएका थिए।




















