मसालसँग एकता प्रयास
२९ असोज, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले एमाले-माओवादी र कांग्रेस-राप्रपा सबै उस्तै भएको बताएका छन् ।
पोखरामा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बैद्यले कम्युनिष्ट भन्ने एमाले र माओवादी समेत राजनीति वर्गीय रुपमा कांग्रेस र राप्रपासँग नजिक रहेको बताए ।मात्रात्मक रुपमा तलमाथि देखिए पनि माओवादी, एमाले, कांग्रेस र राप्रपा राजनीतिक र वर्गीय रुपमा एउटै भएको महासचिव बैद्यको भनाइ छ । ‘राजनीतिक र वर्गीय रुपमा उनीहरु सबै एउटै हुन्,’ उनले भने, ‘मात्रात्मक रुपमा फरक होलान ।’
उनले एमाले र माओवादीको गठनबन्धन वाम नभई प्रतिक्रियावादीकरण भएको टिप्पणी गरे ।
मसालसँग एकता प्रयास
बैद्यले प्रथम राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने निर्णय गरेको भन्दै प्रयास सुरु गरिएको बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप नेकपा -मसाल)सँग पहल गरिएको उनले बताए ।
सम्भव भएपनि नभएपनि क्रान्तिकारीहरु एक हुनका लागि पहल गरिरहेको र जारी राखिने महासचिव बैद्यले बताए । ‘क्रान्तिकारी कम्युनिष्ट एक हुने निर्णय अनुसार मसालसँग पहल गरिएको छ,’ बैद्यले भने, ‘सम्भव नभएपनि क्रान्तिकारीहरुलार्य एकताबद्ध गर्ने पहल जारी हुन्छ ।’


