×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पारित भएनन् दुई चर्चित विधेयकहरु

  •  
  • शनिबार, असोज २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति जुटन नसकेपछि कार्यसूचीमा रहेका दुई चर्चित विधेयकहरु यही संसदबाट पारित हुने सम्भावना टरेको छ।

    संसद बैठकको अन्तिम दिन शुक्रबार सहमति जुटाउन प्रयास गरिए पनि कांग्रेस र एमालेका नेताहरु आआफ्नो अडानबाट पछि नहटेपछि राष्ट्रियसभा निर्वाचन विधेयक र चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन नसकिएको बताइएको छ।

    अब यी दुवै विधेयक मंसिरमा हुने चुनावबाट निर्वाचित हुने संसदमा पुग्ने छन्।

    तर सरकारका एक मन्त्रीले अध्यादेश लगायतका वैकल्पिक उपायद्वारा राष्ट्रियसभा निर्वाचन नरोकिने उपाय खोजिने बताए।

    कार्यसूचीसहितको संसदको अन्तिम बैठकअघि शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर राष्ट्रियसभा निर्वाचनका लागि अत्यावश्यक विधेयक र अनसनरत डाक्टर गोविन्द केसीको मुख्य मागको रुपमा रहेको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास गरेका थिए।

    तर सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु आफ्नो अडानमा कायमै रहेपछि सहमति हुन नसकेको बताइएको छ।

    दलहरुका बीचमा आगामी दिनमा राजनीतिक सहमतिकै आधारमा यी दुई विधेयकमा भएका व्यवस्थालाई मन्त्रिपरिषदबाट वा अर्को कुनै कानुनी बाटोबाट हामी व्यवस्था मिलाउँछौं भनेकाले मैले कार्यसूचीबाट हटाएको हो

    ओनसरी घर्ती, सभामुख, व्यवस्थापिका संसद

    जसका कारण अन्तिम समयमा दुबै विधेयक कार्यसूचीबाट हटाइएको र अब ती विधेयक यो संसदबाट पारित नहुने सभामुख ओनसरी घर्तीले बताइन्।

    उनले भनिन्, “यी दुबै विधेयक अव पारित नहुने भए किनभने शनिबार मैले अन्तिम पटक संसद त बोलाएको छु, तर त्यो संसद केवल हाम्रो समीक्षाका लागिमात्रै हो।”

    राष्ट्रियसभा निर्वाचन एकलसंक्रमणीय प्रणालीबाट गरिनुपर्ने पक्षमा काँग्रेस र बहुमतीय प्रणाली अनुसार हुनुपर्ने एमालेको अडान छ।

    त्यस्तै चिकित्सा शिक्षा विधेयकमा संसदीय समितिबाट छुटेका कुरा समावेश गरिनुपर्ने अडान काँग्रेसको छ भने समितिबाट पारित भएको विधेयकमा गरिएको परिवर्तन मान्य नहुने एमालेको अडान रहेको छ।

    तर शुक्रबारको बैठकमा नेताहरुले दुबै विधेयकबारे वैकल्पिक उपाय खोज्ने वचन दिएको सभामुख घर्तीले बताइन्।

    उनले भनिन्, “दलहरुका बीचमा आगामी दिनमा राजनीतिक सहमतिकै आधारमा यी दुई विधेयकमा भएका व्यवस्थालाई मन्त्रिपरिषदबाट वा अर्को कुनै कानुनी बाटोबाट हामी व्यवस्था मिलाउँछौं भनेकाले मैले कार्यसूचीबाट हटाएको हो।”

    निर्वाचन सम्बन्धी सबैजसो कानून सहमतिबाट टुङग्याउँदै आएका प्रमुख दलहरु अन्तिम विधेयकका रुपमा रहेको राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयकमा फरक धारमा देखिएका हुन्।

    संसदको अन्तिम बैठकबाट पारित हुन नसके पनि राष्ट्रियसभा निर्वाचन गर्ने उपाय खोजिने कानुनमन्त्री यज्ञबहादुर थापाले बताए।

    उनले भने, “अब सरकारले सबै पार्टीसँग सल्लाह गरेर निर्वाचनलाई नरोक्ने उपाय निकाल्छौं त्यो अध्यादेशबाट पनि हुन सक्छ र त्यो छलफलले निर्धारण गर्ने छ।”

    संविधानसभा हुँदै रुपान्तरित संसदको यात्रामा संविधान जारी गर्नेदेखि त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानुन बनाएका संसद र सांसद, पछिल्ला दुई महत्वपूर्ण विधेयक पारित हुन नसकेको विफलताको तीतो अनुभवसहित शनिबार बिदा हुने भएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.