×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आज संसद्को अन्तिम बैठक

  •  
  • शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, असोज २७ गते ।  कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार (असोज २८)देखि समाप्त हुने भएको छ ।  समानुपातिक निर्वाचनतर्फको मनोनयनपत्र दर्ता आइतबार हुँदैछ ।  संवैधानिक व्यवस्थाअनुसार संसद्को कार्यकाल शनिबार सकिनेछ ।  संसद्को अन्तिम बैठक सम्भवतः शुक्रबार  नै हुनेछ ।
    संविधानसभाका रूपमा २०७० माघ ७ बाट अधिवेशन सुरु भएको संसद् संविधान जारीपछि २०७२ असोज ३ पछि व्यवस्थापिकाका रूपमा मात्र कार्यरत थियो ।  संवैधानिक व्यवस्थाअनुसार चारवर्षे कार्यकाल माघ ७ गतेसम्म कायम भए पनि संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार शनिबारदेखि कार्यकाल समाप्त हुन लागेको हो ।
    सङ्क्रमणकालीन व्यवस्थाको धारा २९६ (१)को प्रतिबन्धात्मक वाक्यांशले प्रतिनिधिसभाको मनोनयनपत्र दाखिला गरेको अघिल्लो दिन नै कार्यकाल समाप्त हुने व्यवस्था छ ।  उक्त प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, “तर, त्यस्तो कार्यकाल पूरा हुनुअगावै यस संविधानबमोजिम प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ । ”
    संसद्को कार्यकाल शनिबार सकिने र शुक्रबारको बैठक नै अन्तिम हुनेबारे सभामुख ओनसरी घर्तीले बुधबारको कार्यव्यवस्था परामर्श समितिमा नै जनाउ दिइसक्नुभएको छ ।  भाषा आयोग विधेयक फास्ट ट्र्याकमा पारितका लागि संसद्को कार्यसञ्चालन नियमावली बुधबार नै निलम्बन भइसकेको छ ।
    नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले शनिबारदेखि नै संसद्को कार्यकाल समाप्त हुने जानकारी आफूहरूले पाएको बताउनुभयो ।  ढकालले भन्नुभयो, “अहिलेसम्म हामीलाई २८ गतेदेखि नै संसद्को कार्यकाल सकिने जानकारी छ ।  शुक्रबारको बैठक अन्तिम हुने हामीलाई जानकारी दिइएको छ । ”
    माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले पनि शुक्रबारको बैठक नै अन्तिम बैठक भएको जानकारी आफूहरूलाई प्राप्त भएको बताउनुभयो ।  बिडारीले भन्नुभयो, “समानुपातिक तर्फको मनोनयनसँगै २८ गतेदेखि संसद्को म्याद सकिन्छ ।  शुक्रबार संसद्को अन्तिम बैठक हो । ”
    के के गरयो संसद्ले ?
    वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाको कार्यकाल समाप्त भयो ।  तर, संवैधानिक व्यवस्थाअनुसार संसद्लाई रूपान्तरित रूपमा काम गर्ने अधिकारीसहित २०७४ माघ ७ सम्मको कार्यकाल तोकिएको थियो ।  रूपान्तरित व्यवस्थापिकाले संविधान कार्यान्वयनका कानुन र निर्वाचनसम्बन्धी विधेयक पारित गरेको थियो ।
    रूपान्तरित व्यवस्थापिकाले तीन जना प्रधानमन्त्री निर्वाचन गरेको थियो ।  केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा चयन गरेको थियो ।  रूपान्तरित संसद्ले एकपटक संविधान संशोधन ग¥यो भने पछिल्लोपटक संविधान संशोधन विधेयक असफल पनि बनायो ।
    कार्यकालमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो ।  तर, निर्णयार्थ भने पेस भएन ।  तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारूढ दलहरूले दर्ता गरेको प्रस्ताव पनि विवादकै कारण फिर्ता भएको थियो ।
    रूपान्तरित संसद्ले १६४ वर्षको इतिहास बोकेको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी विधेयक पारित गरेको थियो ।  संसद्को चालू अधिवेशनले मात्र बिहीबारसम्म ४२ विधेयक पारित गरेको छ ।  अझै १३ वटा विधेयक संसदीय समिति
    र संसद्मा छन् ।
    राष्ट्रिय सभा निर्वाचन विधेयक, भाषा आयोग गठन विधेयक, पूर्व विशिष्ट व्यक्तिको सेवा सुविधासम्बन्धी विधेयक, प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी विधेयक, यातनालाई कसुर घोषितसम्बन्धी विधेयक, अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका १३ विधेयक विचाराधीन छन् ।  विचारधीन अवस्थामा संसद्को कार्यकाल सकिएमा विधेयक पुनः तर्जुमा गरी ल्याउनुपर्ने हुन्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.