×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति भण्डारी

  •  
  • सोमबार, असोज २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सानेबहादुर नेपाली

    राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । यस महत्वपूर्ण अवसरमा एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

    राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार गरेका मानवीय मूल्य र मान्यताको प्रचार उच्च नैतिकतायुक्त मानव समाजको निर्माण, परोपकारी भावनाको विकास एवं स्वच्छ र शान्त जीवन पद्धति विकास गर्न धार्मिक महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    यसै प्रसंगमा आफ्ना पूर्वजहरु (पाण्डे) गोरखाबाट बसाइँ–सराइ हुँदै भोजपुर (राष्ट्रपति भण्डारीको माइती) गएको ऐतिहासिक तथ्यको स्मरण गर्दै राष्ट्रपति भण्डारीले पुर्खाको थातथलोमा पुनः एकपटक भेटघाट गर्ने अवसर मिलेकोमा हर्षको अनुभूति भएको बताउनुभयो ।

    एकीकरणको अभियानदेखि नै साहस, वीरता, एकता र जातीय सहिष्णुताको ऐतिहासिक उदाहरण प्रस्तुत गरिसकेको गोरखा एउटा गौरवशाली भौगोलिक क्षेत्रका रुपमा नेपालको राजनीतिक भूगोलमा सदा अङ्कित रहनेछ भन्ने विश्वास लिएको पनि उहाँको भनाइ रहेको थियो ।

    शिक्षा, शान्ति र समुन्नतिको महत्वपूर्ण आधार भएको र चेतना र जागरणको माध्यम पनि शिक्षा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौलिक मानव अधिकारका रुपमा रहेको शिक्षाको पहुँच सबैमा पुरयाउनुपर्ने बताउनुभयो ।

    स्थानीय तहको निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ भने चाँडै नै प्रदेश र संघीय संसद्लगायत निर्वाचन हुन गइरहेको बताउँदै राष्ट्रपति भण्डारीले यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियाले महत्वपूर्ण इतिहास रच्ने महसुश गरेको बताउनुभयो ।

    प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न गोरखा, लमजुङ र तनहुँ जिल्लाको सङ्गमस्थल एवं पवित्र मस्र्याङ्दी र चम्पावती नदी तट पालुङटारमा अवस्थित यस नगरलाई नेपाल सरकारले स्मार्ट सिटीका रुपमा घोषणा गरेसँगै स्थानीय जनसमुदायको ठूलो उत्साहका साथ शैक्षिक र आर्थिक पूर्वाधार विकासका लागि प्रक्रियागत रुपमा लागिपर्नु खुशीको विषय भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

    घोषित नमूना गाउँ तथा नगर क्षेत्रको समृद्धिका निमित्त विकासको बृहत्तर गुरुयोजना तर्जुमा गरी प्रभावकारिताका साथ कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । हाम्रो हरेक गाउँ र नगरको विकासबाटै समग्र नेपाल समृद्ध हुने भएकाले यस दिशामा एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्न पालुङटार नगरी अग्रसर भएको भन्ने लागेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

    सो अवसरमा राष्ट्रपतिले यहाँ अवस्थित नदी प्रणालीको सदुपयोग गरी विकासका निमित्त सिँचाइको यथोचित प्रबन्ध गर्न, स्वास्थ्य सेवालाई विस्तार र सृदृढ पारी जनस्वास्थ्यमा सबैको पहुँच पु¥याउन, पर्यटन प्रवद्र्धन गरी वैज्ञानिक ढङ्गले बस्ती विकास गर्न खानेपानी, सडक र शिक्षा विकासमा जोड दिन सबैको ध्यानाकृष्ट गर्नुभएको थियो । भूकम्पले यस जिल्लामा जनधनको ठूलो क्षति पु¥याएकोमा गहिरो दुःख लागेको राष्ट्रपति भण्डारीको भनाइ रहेको थियो ।

    भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिने नेपाल सरकारको नीतिबमोजिम आफू स्वयं भूकम्पको केन्द्रविन्दु रहेको बारपाक पुगेर नजिकबाट अनुभूत गरी पुनःनिर्माण कार्यलाई तीव्रता दिन आह्वान गरेको स्मरण गर्नुभयो ।

    जोखिम क्षेत्रको संवेदनशीलतालाई मध्यनजर राखी व्यक्तिगत संरचना, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा, शैक्षिक संस्था एवं सरकारी, सामुदायिक क्षेत्रको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रपति भण्डारीले सम्बद्ध सबैपक्षको ध्यानाकृष्ट गर्नुभएको थियो ।

    जलवायु परिवर्तनले गर्दा तीव्ररुपमा प्राकृतिक विपत्तिका घटना घटिरहेको सन्दर्भमा गुणस्तरीय एवं वातावरण मैत्री र मौलिकतालाई ध्यानमा राखी भौतिक संरचना निर्माणमा यथोचित ध्यान पु¥याउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

    कार्यक्रम महोत्सव मूल समारोह समितिका अध्यक्ष प्रकाशचन्द्र खनालको सभापतित्वमा भएको थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री नाराणकाजी श्रेष्ठ, पूर्वमन्त्री वाचस्पति देवकोटा, सांसद कमला पन्त, पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेल लगायतले यस क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    महोत्सवमा प्रमुख कथावाचन गोविन्दशरण महाराजले गर्नुभएको छ । पालुङटारलाई प्राविधिक शिक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नेपालकै नमूना शैक्षिक केन्द्र निर्माण गर्नका लागि असोज २२ देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको हो । आगामी पाँच वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्याम्पसको स्थापना गर्ने पनि समितिले जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.