×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बढ्दैछन् आन्तरिक पर्यटक

  •  
  • सोमबार, असोज २३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असोज २३ गते । पर्यटकीय सिजन सुरु हुँदै गर्दा नेपालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । विशेषगरी दसँैतिहारजस्ता चाडपर्वमा हुने लामो बिदाका कारण बढेको पारिवारिक घुमघामको प्रवृत्तिले प्रमुख पर्यटकीय क्षेत्रका होटल व्यस्त बनेका हुन् । विदेशी पर्यटकले समेत घुमघामका लागि रोजाइँमा पार्ने यो समयमा आन्तरिक पर्यटकको चापबाटै पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । अक्टोबर तथा नोभेम्बरमा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।

    दसैँको टीका सकिएपछि आन्तरिक पर्यटकको चाप पोखरामा अत्यधिक बढेको क्षेत्रीय होटल सङ्घ पोखराका अध्यक्ष भरत पराजुलीको भनाइ छ । उहाँका अनुसार भूकम्पपछि यस वर्ष पोखरामा सबैभन्दा धेरै आन्तरिक पर्यटक भित्रिएका छन् । यसबीचमा होटलमा कोठा थपिदा पनि ९० प्रतिशतसम्म ‘अकुपेन्सी’ पुग्यो’ उहाँले भन्नुभयो, यो हाम्रा लागि नै नयाँ अनुभव बन्यो । पोखरालाई आधार मानेर युवाबीच मनाङ, मुस्ताङजस्ता ठाउँमा घुम्ने प्रचलन बढ्न थालेपछि त्यस क्षेत्रका होटलमा यो समयमा चाप बढेको हो । यसबाहेक पारिवारिक घुमघामका लागि पोखरा प्रमुख रोजाइमा रहेकोले पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको पराजुलीको भनाइ छ । पूर्णिमापछि कार्यालय सुरु भएका कारण अकुपेन्सी केही घटे पनि यो विस्तारै बढ्ने उहाँले बताउनुभयो ।
    चितवनमा पनि दसँै आसपासमा आन्तरिक पर्यटकको चाप उत्साहजनक रहेको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । दसैँपछि केही दिन होटल व्यस्त रहेको र बुकिङका लागि बुझ्ने क्रम बढिरहेको उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दै गएको पनि उहाँको भनाइ छ । टे«किङ, पर्वतारोहण सकेर फर्कने विदेशी पर्यटकको रोजाइमा चितवनका होटल पर्ने गर्छन् । अबको दुई हप्तामा विदेशी पर्यटकको पनि चाप निकै बढ्छ, घिमिरेले भन्नुभयो ।
    उपयुक्त मौसम तथा पारिवारिक भेटघाटको अवसर मिल्ने भएकाले पनि चाडपर्वको बिदामा नेपालीबीच स्वदेशमै घुम्ने प्रचलन बढेको छ । यस्तै प्रचलनका कारण पर्यटकीयस्थलका होटलले विशेष छुटसहितका प्याकेज पनि सार्वजनिक गरेका थिए । पर्यटकीय गन्तव्यसम्म पहुँच सम्भव बनेपछि पछिल्लो समय मनाङ, मुस्ताङ, रारा, कालिन्चोकलगायतका क्षेत्रमा पनि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पूर्वका इलाम, पाँचथरलगायत जिल्लामा पनि यतिबेला आन्तरिक पर्यटक घुमघामका लागि निस्कने गर्छन् ।

    रारामा पर्यटक बढे

    नेपालको सबैभन्दा ठूलो ताल रारा तालमा एक सातामा आन्तरिक पर्यटक ह्हवात्तै बढेको छ । दसँै सकिएलगत्तै राराताल अवलोकन गर्नेको अहिले कर्णाली राजमार्गमा भीड देखिन थालेको छ । गएको एक सातामा मात्रै करिब ६ हजारले राराताल अवलोकन गरेको अनुमान गरिएको स्थानीय होटल व्यवसायी गोपालबहादुर बलमे जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पर्यटकलाई खाना खुवाउन र बास व्यवस्थापन गर्न भ्याई नभ्याई हुन गरेको छ । यो प्रक्रिया ३,४ वर्षदेखि निरन्तर चलिरहेको छ ।

    रारामा पुगेर जुम्ला फर्किनुभएका काठमाडौँका रामबहादुर श्रेष्ठले रारामा भीड देख्दा अच्चम लागेको बताउनुभयो । उहाँले अहिले नाग्म सिंजा गमगडी राजमार्गमा हरेक ५÷१० मिनेटमा पर्यटकको गाडी जाने गरेको र राराको नजिकै पनि सयौँ गाडी लाइन लागेको भेटिएका बताउनुभयो । शाहले रारा अवलोकन धेरैको आकर्षण भए पनि पर्यटकलाई बस्ने पर्याप्त होटल नभएका कारण खान पिन र बसाइँमा समस्या भएको बताउनुभयो ।
    यो सिजनमा यहाँ नेपाली पर्यटकको भीड विगत तीन वर्षदेखि बढिरहेको छ । रारा अवलोकन गरेर जुम्लामा आई विश्राम लिनेको भीड पनि उत्तिकै छ । अहिले जुम्ला हुँदै रारा जाने र राराबाट जुम्लामा फर्किने क्रम बढिरहेको छ । यसले गर्दा जुम्लाका होटल खचाखच भरिएका छन् ।
    काठमाडौँबाट रारा जुम्लामा अवलोकन गर्न पुगेका पत्रकार ऋग्वेद शर्माले बिदा लिएर रारा सहितको यहाँको पर्यटकीय सम्भावना अवलोकन गर्न आएको बताउनुभयो । उहाँले ३६ घण्टाको यात्रा गरेर गाडीमा जुम्ला पुगेको अब हिँडेर डाँफे लेक हँुदै मुगु रारा जाने बताउनुभयो ।
    क्यानेडियन ११ जना पर्यटक र १६ जना लसोलुका नेपाली नामग्याल लामाले गाइड गरेर एक महिनाका लागि जुम्ला रारा अवलोकनका लागि आएको बताउनुभयो । यसैगरी राराताल अवलोकन गर्ने, डुङ्गा चढ्ने, टेन्टमा बसेर रमाउन पनि उत्तिकै रहेका छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.