×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बाबुरामको सुरक्षित अवतरण !

  •  
  • शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गंगा बीसी, काठमाडौं

    आश्विन २०, २०७४-दशैंको रमझमबीच एमाले र माओवादी केन्द्र एकीकरण र चुनावी गठबन्धनले नेपालको राजनीतिमा भूँइचालो ल्याइरहेको बेला नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई यतैकतै ओझेलमा थिए । यो राजनीतिक भूँइचालोमा उनको कुनै नाम जोडिएको थिएन । एमाले र माओवादीको पार्टी एकीकरण र चुनावी गठबन्धन औपचारिक घोषणा गर्ने दिनपनि अन्तिममा नयाँ शक्ति अर्थात् बाबुराम  जोडिन पुगे । राजनीतिमा कहिलकाहिँ नहिड्ने बाटो पनि हिड्नु पर्छ भनेजस्तै गत मंगलबार राष्ट्रिय सभागृहको हलमा ओली, प्रचण्डको छेउमा भट्टराई उभिन पुगे । छोटो गृहकार्यपछि एमाले–माओवादी गठबन्धनमा सहभागी भएपछि धेरैले प्रश्न गरे, के बाबुरामको राजनीतिक पुनरोदय भएको हो ? समय शक्तिशाली छ, निकट भविष्यमा त्यसको पर्दा खुल्ने छ ।

    पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त्यतिबेला केही निराश भए, जतिबेला स्थानीय तहको निर्वाचनमा उनको पार्टीले आशा गरेको क्षेत्रमा समेत हार खायो । गोरखाको पालुङटार नगरपालिकामा समेत हार खाएपछि भट्टराई केही चिन्तित् देखिए । आफूले अघि सारेको वैकल्पिक राजनीतिक धारका पक्षमा जनमत नदेखिएपछि अझ बढी चिन्तित् बनेका हुन् ।

    समकालीन अन्य नेताभन्दा बढी चिन्तन्, मनन् र अध्ययनमा व्यस्त रहने भट्टराई स्थानीय निर्वाचनपछि निकै आत्मविश्लेषणमा लागेको हुनुपर्छ, आफूले अघि सारेको राजनीतिक धारले काम गर्छ कि गर्दैन ? यो प्रश्नले उनलाई निकै पिरोलेको हुनुपर्छ ।

    माओवादीले २०५२ मा युद्ध सुरु गर्नेबेला त्यसको डिजाइनरमध्ये एक थिए, बाबुराम । त्यतिबेलै विद्यावारिधि गरेका अब्बल अर्किटेक्ट भट्टराईलाई पछ्याएर सयौ कार्यकर्ता ‘मार्न र मर्न’ हिडेका थिए, कार्यकर्ता । माओवादी युद्धका मुख्यगरी दुई रोल मोडल नेता थिए, प्रचण्ड र बाबुराम । सार्वजनिक रुपमा बाबुरामको छवि लोकप्रिय थियो भने पार्टीभित्र प्रचण्डको । नेता तथा कार्यकर्ता प्रचण्ड र बाबुरामको व्यक्तित्व देखेर ओइरिएका थिए । त्यसपछि अन्य नेताको भूमिका थियो ।

    भट्टराईलाई धेरैले भन्छन्, ‘उनी नेताभन्दा डिजाइनर अर्थात् योजनाकार बढी हुन् ।’ माओवादी पार्टीमा रहदा उनले धेरै योजना डिजाइन गरे, प्रचण्डले उनको डिजाइनलाई अनुमोदन गरेपछि कार्यान्वयन अघि बढ्थ्यो । राजनीतिक रुपमा प्रचण्ड र भट्टराई सफल खेलाडी हुन् । त्यसैले त उनीहरु युद्धकालमा, ‘रुदारुदै हाँस्न र हाँस्दाहास्दै रुन सक्ने नेता भएका थिए ।’  कुनै बेला बाबुरामबिना माओवादी पार्टी कसरी अघि बढ्ला ? भन्ने प्रश्न उठ्थ्यो । स्वयं भट्टराईलाई पनि आफूबिना माओवादी कमजोर हुनेछ भन्ने लागेको थियो । बाबुराम अलग भएपछि त्यसको असर माओवादीमा कमै देखियो ।

    युद्धकालको २०६० तिर प्रचण्ड र बाबुरामबीच गंभीर मतभेद भएको थियो । शान्ति प्रक्रियाम आइसकेपछि दुई नेताबीच करिब १० वर्ष मतभेद रह्यो । मतभेदबीच माओवादी पहिलो संविधानसभामा पहिलो र दोस्रो संविधानसभामा तेस्रो भयो । दुई पटक सरकारको नेतृत्व गरे पालैपालो । युद्धकालमा गुमाएको शक्ति आर्जन गर्न प्रचण्ड र भट्टराई शान्तिकालमा सफल भए । मुलुकमा गणतन्त्र स्थापना र संविधान जारी गर्ने बेलासम्म दुबै नेता मतभेदबीच एक ठाउँमा रहे, राम्रै गरे । संविधान जारी गरेकोमा दुबै नेतालाई जस जान्छ । त्यसपछि प्रचण्ड र बाबुरामको बाटो फाट्यो । संगै नारिएर माओवादी हाँकेका नेता आ–आफ्नो बाटो लागे । बाबुरामलाई लाग्यो, ‘देशको असल पार्टी बनाउँछु र माओवादीलगायत अन्यलाई चुनौती दिन्छु ।’

    सन् २०१६ जुन १६ मा औपचारिक रुपमा नयाँ शक्ति पार्टी गठन गरी उनले अभियानको थालनी गरे । माओवादीको एउटा समूह र अन्य व्यक्तिहरुलाई समेटेर आर्थिक समृद्धिको मूल नारासहित गठन भएको पार्टी स्थानीय निर्वाचनमा गएर नराम्ररी ठोकियो । यदि उक्त पार्टीबाट बाबुरामलाई हटाउने हो भने निर्वाचन परिणामबाट पहिचान हुन नसक्ने अवस्थामा पुग्यो, जुन बाबुरामका लागि निकै तीतो यथार्थ हुन पुग्यो । एक हिसाबले माओवादीमा ‘रजगज’ गरेका उनलाई आफै पार्टी हाँक्दा कति गाह्रो हुँदोरहेछ भन्ने कुरा सायद यतिबेला बोध भएको हुनुपर्छ । आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीको निर्वाचन र पार्टी एकीकरण गठबन्धनमा उनी रहरले होइन, बाध्यताले सामेल हुन पुग्यो ।

    यतिसम्म कि नयाँ शक्ति गठन गर्ने बेला दाहिने हातको रुपमा रहेका नेता देबेन्द्र पौडेलले ‘नयाँ शक्तिले गरिखाँदैन’ भन्दै करिब एक महिना अघि माउ पार्टी माओवादीमा फर्किए । ‘बाबुरामजीलाई हामीले ध्रुवीकरणका लागि त्यतिबेलै सम्झाएका थियौं, मान्नुभएन । अहिले सम्झनु भयो, राम्रो भयो’ नेता पौडेलले भने ।

    कुनै बेला बाबुरामले एमालेलाई भनेका थिए, ‘एमालको लिङ्ग पहिचान भएको छैन ।’ उनले एमालेले आफूलाई कम्युनिस्ट दाबी गरेपनि त्यो नभएको भन्दै कटाक्ष गरेका थिए । भट्टराईको यो भनाइ निकै चर्चित भएको थियो– एमाले कुन लिङ्ग भएको पार्टी हो ? समयले यसरी कोल्टो फेर्‍यो कि अब आउने निर्वाचनमा बाबुराम त्यही एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उठ्दैछन् । एमाले र माओवादीको सहयोगमा उनले निर्वाचन जित्ने छन् । निर्वाचित भइसकेपछि उनी एमालेको ह्वीप अनुसार चल्ने अवस्था आाउने छ । यो संसदीय सामान्य परम्परा हो । उनले यो राजनीतिको यो काँचो ‘तीते करेला’ चपाउनु पर्ने छ ।

    सामाजिक संजालहरुमा एमाले, माओवादीको ‘गठबन्धन’ मा बाबुरामलाई ‘बम्पर’ पर्‍यो भनेर टिप्पणी भइरहेको छ । टिप्पणी जे भए पनि नेपाली राजनीतिक परिदृश्यमा फेरि बाबुराम उदाएका छन् । उनले नयाँ शक्तिलाई पुन: मूलधारमा समाहित गराएका छन् । विद्वान नेताको रुपमा चिनिएका उनको पछिल्लो चाललाई धेरैले वुद्धिमानी कदम भनेका छन् ।

    माओवादीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिएका बाबुरामका लागि वामपन्थी ‘गठबन्धन’ मा सहभागी हुन रहर होइन, बाध्यता आइपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको सदासयताले बाबुरामलाई सहज अवतरण हुन सजिलो बनाइदियो । तर, उनका लागि आगामी दिन सकशपूर्ण हुनेछन् । माओवादीमा सँधै प्रतिपक्ष जस्तो रहेका उनका लागि एमाले–माओवादीभित्र अटाउने बाध्यताले सायद पिरोलिरहने छ ।

    बाबुरामले भन्दै आएकफ वैकल्पिक राजनीतिक शक्तिको पाटो के हुने? प्रश्न उठ्न थालेको छ । उनले हाल बाटो बदलेको दाबी गरे पनि अन्तत: ठूलो नदीमा साना खोला हराएजस्तो नयाँ शक्ति हुने छ । उनको वैकल्पिक राजनीतिक शक्तिको अवधारण जत अलपत्र परेपनि एमाले–माओवादीको गठबन्धनमा उनले पहिलो लाइन सीट भने पाइरहने छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.