×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नयाँ ढंगले संविधान संशोधनः गठबन्धन

  •  
  • बुधबार, असोज १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पार्टी एकीकरणको लक्ष्यका साथ चुनावी गठबन्धन घोषणा गरेका सत्ताधारी नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताले चुनावपछि संविधान संशोधन गर्ने बताएका छन्।

    त्यसलाई ‘नयाँ ढंगले अघि बढाइने’ उनीहरुको भनाई छ।

    यसअघि संविधान संशोधन गर्ने माओवादी केन्द्रसहित सत्तापक्षको प्रयास विफल तुल्याउन एमालेको मुख्य भूमिका थियो।

    नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको एकताको उद्देश्यसहितको मंगलवार साँझ भएको तालमेलको घोषणा भएको थियो।

    माओवादी केन्द्रका नेता अजय शंकर नायकले दुई तिहाई बहुमत पुर्‍याउने वामपन्थी दलहरुको लक्ष्य र कार्यकारी राष्ट्रपतिको व्यवस्था जस्तो विषय समेत उठेकाले संशोधनमा नयाँ विषयहरु पनि थपिनसक्ने बताए।

    दीर्घकालीन ढंगले नै संशोधनको कुरा उठ्छ। दुई नम्बर प्रदेशमा आएको परिणामले एमाले पनि पूर्व अडानबाट केही नरम भएको हामीले देखेका छौँ।

    अजयशंकर नायक, नेता, माओवादी केन्द्र

    उनले भने, “दीर्घकालीन ढंगले नै संशोधनको कुरा उठ्छ। कार्यकारी राष्ट्रपतिको कुरा पनि हामीले सारेका छौँ। दुई नम्बर प्रदेशमा आएको परिणामले एमाले पनि पूर्व अडानबाट केही नरम भएको हामीले देखेका छौँ।”

    खासगरी तराई केन्द्रित दलको माग सम्बोधन गर्न भन्दै सत्ताधारी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले राखेको संशोधन प्रस्ताव एमालेका कारण असफल भएको थियो।

    गठबन्धन

    त्यसैले अब फेरिएको परिस्थितिमा एमालेले संविधान संशोधनको विषयलाई पहिले जसरी नहेर्ने एमाले नेता भीम रावलले बताए।

    उनले भने, “जनताको आवश्यकता अनुसार संविधानमा कुनै परिमार्जन गर्नुपर्‍यो भने हामी त्यो गर्छौँ तर त्यो नेपाल राष्ट्रको हितमा हुनुपर्‍यो भन्ने कुरामा हाम्रो बीचमा कुनै विमति छैन। विगतमा जे जस्ता काम कुरा भए ती विषयको पुनरावृत्ति जस्ताको त्यस्तै हुँदैन।”

    विगतमा जे जस्ता काम कुरा भए ती विषयको पुनरावृत्ति जस्ताको त्यस्तै हुँदैन।

    भीम रावल, उपाध्यक्ष, नेकपा एमाले

    हालका लागि नयाँ गठबन्धनको प्रमुख मुद्दा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव रहने नेताहरु बताउँछन्।

    त्यसैले संविधान संशोधनका विषयमा छलफल हुन केही समय लाग्ने र त्यो केन्द्रीय निर्वाचनपछि मात्र हुन सक्ने पनि ठानिएको छ।

    माओवादी केन्द्र र एमालेबीचको गठबन्धनलाई सरकारको नेतृत्वकर्ताले ‘अप्रत्यासित’ भनेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.