×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विवादकैबीच खुम्बुमा पर्यटक शुल्क उठाउन थालियो

  •  
  • बुधबार, असोज १८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • विदेशी पर्यटक दोहोरो मारमा
    – कुम्भराज राई, ओखलढुंगा

    आश्विन १८, २०७४-व्यवसायीहरुको व्यापक विरोधबीच गाउँपालिकाले निर्णय कार्यान्वयनमा ल्याएको हो । आइतबार र सोमबारमात्रै ४ सय ६२ पर्यटकबाट २ हजारको दरले ९ लाख २४ हजार शुल्क संकलन गरिएको छ । गाउँपालिकाको निर्णय लागु गरेसँगै विदेशी पर्यटकहरु दोहोरो राजश्व बुझाउनुपर्ने मारमा परेका छन् ।

    गाउँपालिका, टान मार्फत संकलन गरिने पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र सगरमाथा राष्ट्रिय निकुञ्जलाई गरि तीन स्थानमा राजश्व बुझाउनुपर्ने भएको छ । टिम्स बापत् व्यक्तिगत रुपमा आउने पर्यटकले एकजना बराबर दुई हजार बुझाउनुपर्छ । कम्पनी मार्फत आउनेले भने एक हजार बुझाउने नियम छ । त्यसैगरी सार्क राष्ट्रका पर्यटकले एकजना बराबर तीन सय बुझाउनुपर्छ ।

    राष्ट्रिय निकुञ्जले भने सार्क राष्ट्रका पर्यटकलाई १ हजार ७ सय प्रति पर्यटक र अन्य विदेशी पर्यटकलाई ३ हजार ३ सय ९० राजश्व शुल्क लिने गरेको छ । यसरी तीन ठाउँ राजश्व बुझाउनुपर्दा एकजना विदेशी पर्यटकले लुक्ला प्रवेश गर्ने बित्तिकै अधिकतम् सात हजार भन्दा बढी रकम बुझाउनुपर्ने हुन्छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँसभाबाटै टिम्स र राष्ट्रिय निकुञ्जले लिने गरेको राजश्व रकमको खारेज गरिनुपर्ने निर्णय गरि परिपत्र गरेको थियो । तर उक्त निर्णय लागु भएको छैन ।

    ‘हामीले स्थानीय तह सञ्चालन कार्यविधि अनुसार नै पर्यटकबाट शुल्क उठाउने निर्णय गरेका हौँ,’ गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले भने, ‘त्यसैले सोही निर्णय अनुसार कार्यान्वयनमा पनि गएका हौँ । हाम्रो निर्णयको विरोध गर्नु भनेको हिजो टिम्सको नाममा पैसा उठाएर करोडौँ रकम भ्रष्टाचार गर्ने अनि खुम्बुको विकासमा कुनै काम नगर्ने सिमित व्यक्तिहरुको कोकोहोलो मात्रै हो ।’

    पर्यटन विभागले विभिन्न औपचारिक कार्यक्रमहरुमा उक्त गाउँपालिकाको निर्णयप्रति आपत्ति जनाएपनि कुनै ठोस कदम चालेको छैन । संविधान अनुसार नै गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेकोले तत्काल यसको निकास ननिस्केको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले बताए । ‘हामी आन्तरिक रुपमा सरकारसँग छलफलमै छौँ,’महानिर्देशक भट्टराईले भने, ‘के गर्ने भन्ने टुंगो लागिसकेको छैन ।’

    पर्यटन व्यवसायीहरुले भने गाउँपालिकाको निर्णयको विरोध गर्दै आएका छन् । पर्यटन शुल्क बापत् संकलन गरिने राजश्व रकमको हिस्सेदार आगामी दिनमा प्रदेशको समेत हुने भएकोले गाउँपालिकाले मात्र एकल रुपमा निर्णय लागू गर्न नहुने उनीहरुको भनाई छ । यो निर्णय कार्यान्वयनको कारण विदेशी पर्यटकको संख्या समेत घट्ने दाबी उनीहरुको छ ।

    ‘यसरी प्रत्येक गाउँपालिकाले पर्यटकबाट शुल्क लिने हो भने कुनै कुनै रुटमा सातवटासम्म गाउँपालिका पर्छ,’ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का कोषाध्यक्ष लिलावल्लभ दाहालले भने, ‘त्यसैले यो अलि अव्यवहारिक भो भनेर हामीले मन्त्रालयसँग पनि छलफल गरिरहेका छौँ । पर्यटन बोर्डसँग संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यसको टुंगो लगाउन नेपाल सरकारलाई अुनरोध पनि गरेका छौँ ।’

    टानले टिम्स रकम लिने विषयमा कोषाध्यक्ष दाहालले उक्त रकम टानले नभएर पर्यटन बोर्डले लिने र उक्त रकम संकलनका लागि टानले मध्यस्थकर्ताको काम मात्र गरेको बताए । ‘हामीले संकलित रकमको सिमित रकम पाउने शर्तमा मात्र टिम्स बापत्को रकम संकलन गरेका हौँ,’ दाहालले भने, ‘त्यो पैसा पनि धेरैवर्षदेखि पर्यटन बोर्डबाट पाउन सकेका छैनौँ । टिम्स कार्ड बोर्डले छपाउँछ । हामीले त्यसलाई खरिद गरेर पर्यटकबाट राजश्व संकलन गर्ने मात्र हो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.