×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

प्रकाश–पत्नी भन्छिन् ‘खर्च अभावले चुनाव लडिनँ’

  •  
  • बुधबार, असोज १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लालप्रसाद शर्मा, दीपक परियार, पोखरा

    आश्विन १८, २०७४-साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।’ उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ । त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले इच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन् ।

    असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो । बैठकको उद्देश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदवार सिफारिस गर्नु थियो । सिर्जना मतदाता रहेको क्षेत्र ३ (क) बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुइँटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिइन् । तर अन्तिममा आएर ‘ब्याक’ भइन् । उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव । ‘अहिले जोसँग पैसा छ त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्,’ दसैं मनाउन हेम्जास्थित माइतीघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक अवस्था कमजोर छ ।’ पार्टीकी केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । ०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि माइती फर्किएकी उनी त्यसयता निरन्तर पार्टीमा सक्रिय छिन् । उनी हेम्जाको वडा कमिटी हुँदै केन्द्रीय सदस्यसम्म बनिन् । यसरी हेर्दा उनी स्वयं चुनाव लड्न योग्य उम्मेदवार हुन् । पार्टी भित्रैकाले जसरी पनि चुनाव लड्नुपर्ने सल्लाह पनि दिए । छिमेकका कांग्रेस, एमाले निकटकाले समेत चुनाव लडे सहयोग गर्ने वचन दिएका थिए । उनको मनमा भने एउटै कुरा खेल्यो, ‘चुनाव लड्ने खर्चले बरु छोरा पढाएर उसको भविष्य बनाउँछु ।’ बुबा देवकृष्णले पनि त्यसै गर्न सल्लाह दिए ।

    छोरालाई ‘राम्रो’ विद्यालयमा पढाउन भनेर उनी वैशाखयता राजधानीमा बसेकी छन् । भक्तपुरको एक घरमा मासिक १५ हजार भाडा बुझाउँछिन् । छोरा प्रसिद्ध चेल्सी इन्टरनेसनल स्कुलमा एक कक्षामा पढ्छन् । सबै खर्च माइतीपक्षले बेहोरिरहेको छ । काठमाडौंको बसाइ, बेरोजगार जीवन, माइतीको खर्चले कतिन्जेल टिक्न सकिएला भन्ने चिन्ता छ उनलाई । उनका एक मात्र दाइ निर्माण व्यवसायी हुन् । बर्दियामा एक घर र प्रशस्तै जग्गाजमिन छ । घरबाट भाडा आउँछ । खेतको उब्जनीले वर्षैभरि खान पुग्छ । तथापि, प्रसिद्धको पछाडि ‘दाहाल’ जोडिएकाले छोराको रेखदेखको जिम्मेवारी दाहाल परिवारले लिनुपर्ने उनी बताउँछिन् । कानुनत: अझै पनि उनी प्रकाशकै पत्नी हुन् । सम्बन्ध विच्छेद भएको छैन । पार्टी अध्यक्ष दाहाल पोखरा आएका बेला नातिलाई भेट्न मन गर्छन् । २–३ पटक भेटे पनि । सिर्जनाका अनुसार प्रसिद्धलाई हजुरबुबाको जुँगा तान्न खुब मनपर्छ ।

    टिभीमा देख्नेबित्तिकै ‘ऊ, हाम्रो बाबा’ भनिहाल्छन् । पोखरा आएका बेला दाहालले ‘प्रसिद्धलाई राम्रो स्कुल भर्ना गर्नु, खर्चको चिन्ता नगर्नु’ भनेको सिर्जना झलझली सम्झन्छिन् । उनले छोरालाई पोखराको राम्रै मन्टेस्सोरीमा भर्ना पनि गरिन् । तर, २ वर्ष बित्यो, दाहाल परिवारबाट खर्चपानी आएन । छोरालाई त्यहाँबाट निकालेर अर्को स्कुल भर्ना गरिन् । त्यति बेलासम्म पनि माइतीले नै खर्च बेहोरिरहे ।

    ‘भन्नेहरूले जे पनि भन्छन्,’ उनले सुनाइन्, ‘पक्कै पनि टन्नै खर्च पाएको भएर चुपचाप बसेकी छ सम्म भने ।’ धेरैले चुप नबस्न पटकपटक दबाब पनि दिएका छन् । त्यस्तो दबाबलाई उनले बेवास्ता गर्दै आएकी छन् । ‘हामी भएको भए यस्तो गर्थेम्, उस्तो गर्थेम् भनेर सुनाउँछन् तर मलाई त्यस्तो केही गर्ने रहर भएन,’ उनी भन्छिन् । छोराले ‘आमा डिभोर्स दिनुस्’ नभनेसम्म सम्बन्धविच्छेद नगर्ने सोचमा छिन् उनी । ‘दु:ख पीर भनेर सकिँदैन होला,’ उनले भनिन्, ‘छोराको भविष्यले मलाई निकै सताएको छ ।’

    जन्मदर्ता बनाउन आनाकानी 

    दाहाल परिवारले आनाकानी गर्दा हालसम्म प्रसिद्धको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । ससुरासँगको भेटमा सिर्जनाले जन्मदर्ता गरिदिन बारम्बार आग्रह गरेकी छन् । स्कुलले जन्मदर्ता मागेको चिठीसहित काठमाडौं पुगेर सिर्जनाका बुबाले प्रसिद्धको जन्मदर्ता गराइदिन सम्धीसँग आग्रह गरे । तर, दाहालले ‘ठूलो कुरा होइन’ भनेर टार्ने गरेको सिर्जना बताउँछिन् । विद्यालय भर्ना हुँदादेखि नै जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ । आमा सीता त्रिपाठी पनि नातिको जन्मदर्ता नगराइदिएकोमा दाहाल परिवारप्रति रुष्ट छिन् । 

    ‘छोरा होइन भने बाउ देखाइदिन पर्‍यो,’ उनी भन्छिन्, ‘होइन भने जन्मदर्ता गराइदिनपर्‍यो ।’ प्रकाशकी आमा सीता दाहालको माइती पनि हेम्जा नै हो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मामाले सिर्जना र प्रकाशको जोडी मिलाइदिएका थिए । ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा पञ्चैबाजा बजाएर उनीहरूको विवाह भएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.