×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कसरी जुट्यो सहमति ?

  •  
  • बुधबार, असोज १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शेखर अधिकारी, काठमाडौं

    आश्विन १८, २०७४-एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा १५ असोज बिहान बसेको एमाले स्थायी कमिटी बैठकको एजेन्डा बीचैमा अन्त मोडियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको मापदण्ड टुंग्याउन बोलाइएको बैठकमा ओलीले माओवादी केन्द्रसँगको चुनावी तालमेलको रिपोर्टिङ मात्रै गरेनन्, एकीकरणसम्मै जाने तहमा पुगेको बताए ।

    ओलीले झापाको पूर्वनिर्धारित कार्यक्रम रोकेर माओवादीसँगको तालमेल र एकता प्रक्रियालाई भित्रभित्रै अगाडि बढाएका थिए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संवादका लागि एमाले नेताहरू वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङलगायतलाई खटाएका थिए । वार्तामा खटिएका बाहेक एमालेकै अन्य नेताहरूलाई पनि यसबारे जानकारी गराइएको थिएन । जब बैठकमा ओलीले ‘प्रगति’ सुनाए, तब नेताहरू ‘रोमाञ्चित’ बने । चौध महिनाअघि ओली सरकारको टेको निकालेको माओवादी केन्द्रसँग एकता त परैको कुरा, तालमेलसम्म कसैले सोचेका थिएनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेयता कहिल्यै सुमधुर सम्बन्ध बन्न नसकेका बेला एक्कासि यो ‘प्रगति’ को खुलासा भयो ।

    एमाले–माओवादी पार्टी एकीकरणको बहस र चर्चा अहिले सार्वजनिक भएजस्तो आजको भोलि भएको होइन । माओवादी शान्ति प्रक्रियामा आएपछि नै दुई वामपन्थी शक्तिबीच एकीकरणको बहस सुरु भएको थियो । तर सम्भव भने कहिल्यै हुन सकेको थिएन । एकता प्रक्रियामा सामेल एमाले नेता वामदेव गौतमका अनुसार स्थानीय तहको चुनाव अगावै दुई पार्टीबीच तालमेलको विषय उठेको थियो । स्थानीय चुनावमा एमाले र माओवादीबीच महानगरपालिका आधा–आधा बाँड्ने गरी तालमेलमा सहमति भएको थियो । तर ओलीले आधा माओवादीलाई दिन नसकिने जवाफ दिए । माओवादी अध्यक्ष दाहालले एउटा मात्रै महानगर माओवादीलाई दिने भए भरतपुर दिन प्रस्ताव राखे । तर ओलीले भरतपुरबाहेक रोज्न भनेपछि स्थानीय चुनावको सम्भावित तालमेल तुहिन पुग्यो ।

    चुनाव चलिरहँदा ओलीले नै गौतम र उपमहासचिव विष्णु पौडेललाई आगामी प्रदेश र प्रतिनिधिसभामा तालमेल गर्ने छलफल चलाउन निर्देशन दिए । ‘चुनावी तालमेल गरौं भन्ने प्रस्ताव एमालेका साथीहरूले गर्नुभयो,’ माओवादी नेता जनार्दन शर्माले भने, ‘पटक–पटक यस्ता प्रस्तावमा छलफल पनि भएका थिए, तर यसपटक ठोस रूपमा अघि बढ्यो ।’

    ०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि दुई पार्टीबीच एकीकरणकै लागि प्रक्रिया अघि बढेको थियो । ‘तत्काल चुनावी तालमेल गर्ने र अन्तत: पार्टी एकीकरण गर्ने समझदारी मात्रै बनेको थिएन, लिखित डकुमेन्ट नै साटासाट भएको थियो,’ माओवादी नेता शर्मा सम्झन्छन्, ‘तर दुई दलका नेताहरूको अहंकारले त्यो सम्भव हुन सकेको थिएन ।’

    ओलीको सन्देशसहित वैशाख पहिलो सातादेखि गौतम फेरि दाहालको सम्पर्कमा पुगे । यो प्रस्तावमा सुरुमा दाहाल हच्किए । ‘कांग्रेससँग सत्ता गठबन्धनमा रहेका बेला विपक्षी पार्टीसँग कसरी तालमेल गर्ने भन्ने कुरा गर्नुहुन्थ्यो,’ गौतमले कान्तिपुरसँग भने ।

    ०५३ देखि नै दाहालसँग घनिष्ठ रहेका गौतमले उनलाई मनाउने प्रयत्न छाडेनन् । ओली, दाहाल र गौतमबीच स्थानीय तहका चुनाव सकिएपछि तालमेल प्रक्रिया सुरु गर्ने समझदारी थियो । प्रदेश २ को चुनाव सकिएलगत्तै गौतम पुन: तालमेल प्रस्ताव लिएर लाजिम्पाट पुगे । कांग्रेससँगको सत्ता गठबन्धनमा सन्तोष मान्न नसकेका दाहालले यसपालि भने ‘ग्रिन सिग्नल’ दिए । दाहालले माओवादीका तर्फबाट वार्ता गर्न नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई खटाएका थिए भने सहमतिको दस्तावेज तयार पार्न जनार्दन शर्मालाई ।

    एमालेबाट गौतमसहित वरिष्ठ नेता खनाल, नेपाल, भीम रावल वार्तामा सहभागी थिए । एमालेका पौडेल र माओवादीका शर्माले वार्तामा उठेका विषयलाई लिपिबद्ध गर्दै सहमतिपत्र तयार गरे । सुरुमा तालमेलका लागि वार्तामा बसेका ओली, दाहालसहितका नेताहरू एकीकरणसम्म पुग्ने निष्कर्षमा भने ढिलो मात्र पुगेका हुन् । ‘लामो तालमेल नै गर्ने भए एकीकरण किन नगर्ने भन्ने कुरा उठ्यो,’ गौतम भन्छन्, ‘त्यसमा धेरै विकल्पमा छलफल हुँदै जाँदा एकताको निष्कर्षमा पुग्यौं ।’

    दुई दलका नेताहरूबीच भदौ ११ अघि नै एकीकरण गर्ने तयारी भए पनि असोज २ को चुनाव प्रभावित हुने भन्दै रोकियो । भदौ ११ गते निर्वाचन आयोगमा दल दर्ताको अन्तिम म्याद थियो । दुवै दल अलग–अलग रूपमा दर्ता भएकाले तत्काल अलग–अलग पार्टीकै रूपमा चुनावमा जाने सहमति भएको माओवादी नेता शर्मा बताउँछन् । स्थानीय निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई पुरानै पार्टी माओवादी केन्द्रमा फर्कन दाहालले प्रस्ताव राखेका थिए । तर वामपन्थी एकता बन्ने प्रक्रिया सुरु भएपछि अन्तिम घडीमा उनलाई पनि यसमा सामेल गराइएको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.