×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

वर्षाको बढ्ने भो ‘डिमान्ड’

  •  
  • सोमबार, असोज १६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विजय सुवेदी ‘आवाज’

    १६ असोज, काठमाडौं । नायिका वर्षा राउत आफ्नो क्रेजको बढोत्तरीसँगै अब ‘क्यास’ पनि बढाउने धुनमा छिन् । निर्मातासँग यी चुलबुले नायिकाको ‘डिमाण्ड’ बढ्ने भएको छ । अब उनी आफ्नो ख्याती बमोजिमको पारीश्रमिक लिएर मात्र काम गर्ने सोचमा छिन् ।

    अनि, भूमिका पनि लरतरो हैन, सकेसम्म ‘लिड रोल’कै ताकमा छिन् ।नेपाली चलचित्रमा नायकको तुलनामा नायिकाको पारीश्रमिक निकै कम छ । अचेल एउटा चलचित्रमा अभिनय गरेवापत नायकले २० लाख रुपैयाँसम्म लिने गरेको दावी गरिन्छ । वर्षाका अनुसार टन्नै पारीश्रमिक लिने नायकका चलचित्र पनि सफल हुन्छन् नै भन्ने ग्यारेन्टी छैन । नायक प्रधान चलचित्र कतिपय असफल भएका छन्, कतिपय भाग्यले चलेका छन् ।‘आफ्नो नाम अनुसारको पारिश्रमिक त लिनुपर्‍यो नी,’ वर्षा भन्छिन्, ‘कसैले ममाथि लगानी गर्न चाहन्छ भने मैले पनि आफ्नो क्रेज अनुसारको पारिश्रमिक लिनैपर्छ । अब डिमाण्ड गरेर मात्र काम गर्छु ।’

    ‘मैले बढी पारिश्रमिक मागेको खण्डमा निर्माता खासै वास्ता गर्दैनन्,’ वर्षाको गुनासो छ, ‘म नभए अर्की नायिका छिन् भन्ने निर्माताको सोच हुन्छ । नायकलाई भने चर्को पारिश्रमिक दिइन्छ ।’ हुन त अहिलेसम्म वर्षाले पारीश्रमिक नमिलेरै चलचित्र छाडेका घटना भने छैनन् । अब भने उनी पारीश्रमिक बढाएर डिमाण्ड गर्ने सोचमा छिन् ।

    ‘लिड रोल’को खोजी

    यो नायिका वर्षाको मात्र सरोकारको विषय भने होइन । नेपालमा नायिका प्रधान चलचित्र खासै बन्न सकिरहेका छैनन् । चलचित्रमा नायक नै हावी छन् । ‘चलचित्रको कथा लेख्दा नै नायकको अनुहार हेरेर लेखिन्छ,’ वर्षा भन्छिन्, ‘नायिका भने चलचित्रका सारा काम सकिएपछि मात्र छानिन्छ ।’

    कुनै नारी प्रधान कथा होस्, जसमा सशक्त अभिनय गर्नर् पाइयोस् र आफ्नो बर्चस्व देखाउन पाइयोस् भन्ने चाहना वर्षामा नभएको होइन् । तर, कहिले कथा भनेजस्तो नहुने, कहिले चलचित्र निर्माता चित्त नबुझ्ने ।

    ‘कतिपय राम्रा कथाका अफर पनि आउँछन्, तर चित्तबुझ्दा फिल्म मेकर नै हुँदैनन्,’ वर्षा भन्छिन्, ‘जुन पायो त्यही चलचित्र खेलेर म आफ्नो इमेज बिगार्न चाहन्नँ । यही कारण धेरै चलचित्र मैले छाडेकी छु ।’

    वर्षाले आजसम्म कुनै पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छैनन् । कथावस्तु र आफ्नो भूमिका मन परेकाले उनले सहायक भूमिकालाई पनि स्वीकारेकी हुन् । ‘मैले आजसम्म काम गरेका चलचित्रको टिम मलाई मन परे,’ वर्षा भन्छिन्, ‘नेपालमा नायिकाहरुलाई लिड क्यारेक्टरमा राखेर कमै मात्र चलचित्र बन्ने गरेकाले हामीले सहायक भूमिकामै चित्त बुझाउनु परिरहेको छ ।’

    चलचित्रको शक्ति

    हल्का मोटो शरीर । जतिबेला पनि जिस्कने र मुस्कुराउने बानी । नजिकका व्यक्तिसँग सेलिव्रेटी भन्दा पनि साथीकोजस्तो व्यवहार । यी विशेषतासँगै नायिका वर्षाले दर्शक र चलचित्र क्षेत्रलाई रिझाउँदै गइन् । म्यूजिक भिडियोको संसारबाट चलचित्रको पर्दामा प्रवेश गरेकी वर्षा एकपछि अर्को चलचित्रमा सफल हुँदै गइन् । ‘छक्कापञ्जा-२’सम्म आइपुग्दा उनको क्रेज चुलिएको छ ।

    कुनैबेला वर्षा राउत म्यूजिक भिडियोमा मात्र सीमित थिइन् । चलचित्रमा अभिनय गर्न थालेपछि मात्र उनी मिडियाको दृष्टिमा परेकी हुन् । ‘मैले त्यत्रो भिडियोमा काम गर्दा तपाईंले पनि मेरो इन्टरभ्यू लिनु भएन,’ वर्षा भन्छिन्, ‘एउटा कलाकारका लागि चलचित्र कति महत्वपूर्ण छ भन्ने यसबाट पनि बुझ्न सकिन्छ ।’ भिडियोमा कलाकारको कुनै संवाद हुँदैन, गीतको भावमा अभिनय गर्नुपर्छ । चलचित्रमा भने कलाकारले आफ्नो प्रतिभा देखाउन सक्छ र दर्शकले पनि चाँडो नोटिस गर्छन् ।

    ‘स्टार’ हैन कलाकार

    तीनवटा चलचित्र हिट, ठूला ब्यानरका चलचित्रमा फिट । यही कारण वर्षाले अब चलचित्र क्षेत्र धान्नेछिन् भन्ने टिप्पणी सुनिन थालेका छन् । उनलाई उदीयमान ‘स्टार’ भन्नेहरुको पनि कमी छैन । तर, वर्षा भने आफूलाई पत्रकारहरुले नै ‘स्टार’को पगरी गुथाइदिएको बताउँछिन् ।

    स्टार भन्दा पनि एउटा राम्रो कलाकार बन्ने वर्षाको चाहना छ । चलचित्र सफल वा असफल हुनुमा आफनो कलासँगै भाग्य र दर्शकको मुख्य भूमिका रहेको उनको अनुभव छ । ‘भाग्यले मैले काम गरेका चलचित्र एकपछि अर्को हिट भइदिए,’ उनी भन्छिन्, ‘मैले आजसम्म जतिवटा चलचित्रमा काम गरें, ती चलचित्र म विना पनि चल्थे । मैले गर्दा चलचित्र चले भनेर म भन्दिनँ ।’

    ‘के ‘छक्का पन्जा’ तपाईं नभएको भए पनि चल्थ्यो त ?’, अनलाइनखबरको प्रश्न । ‘पक्कै म नभएको भए पनि चल्थ्यो । तर, यो चलचित्रको चरित्र मेरा लागि भने विशेष रहन पुग्यो । यो चलचित्रको कथा मेरै वरिपरी घुमेको छ । दर्शकले यो चलचित्रबाट मलाई चिन्नुभयो’, वर्षाको उत्तर ।

    नो इगो

    नायिकाहरुबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो । एउटी नायिकाको चलचित्र प्रदर्शन भइरहँदा अर्की नायिकाको चासो हुनु पनि मनासिबै हो । कतै अर्कीले उछिन्ने त हैन ? भन्ने चिन्ता हुनु पनि अस्वभाविक हैन । तर, वर्षा चाँही आफूमा त्यस्तो ‘इन्फेरेटरी कम्प्लेक्स’ नभएको बताउँछिन् ।

    ‘उनको चलचित्र चल्यो, अब मेरो कहिल्यै चल्ला भन्ने सुर्ता मलाई हुदैन,’ उनी भन्छिन्, ‘अरुको चलचित्र चल्दा आफ्नो करिअर खोसिन्छ कि भन्ने हिनताबोध पनि ममा छैन ।’

    अरु नायिकाको सफलताप्रति आफूमा कुनै इ्र्श्या नभएको पनि वर्षा बताउँछिन् ।

    ‘छक्कापञ्जा-२ मै हामी तीनजना नायिका छौं । चलचित्रमा कसैको भूमिका धेरै त कसैको कम होला । तर, त्यसले खासै फरक पार्दैन,’ उनी भन्छिन् ।

    दिमागमा कहिलेकाहीँ ‘आफू कतै कमजोर भएको त होइन ?’ भन्ने लागे पनि तत्काल सोचलाई सकारात्मक दिशामा मोड्ने गरेको उनी बताउँछिन् ।

    ‘चलचित्रको प्रमोसनका क्रममा कतिपय स्थानमा प्रियंका दिदीलाई त कतिपय स्थानमा स्वस्तिमालाई दर्शकले बढी साथ दिनुभयो होला । अब, त्यो समयमा मैले चिन्ता लिएर काम छैन । दर्शकले नेपाली चलचित्रलाई माया गर्न थाल्नुभएको छ भनेर मैले बुझ्न जरुरी छ,’ वर्षा साकारात्मक सोचले ओतप्रोत भएर जवाफ दिन्छिन् ।

    हो, कुनै चलचित्र यस्ता हुन्छन्, जसमा आफूले पनि अभिनय गर्न पाएको भए हुन्थ्यो भन्ने भाव चाहीँ उनमा जाग्दोरहेछ । अन्य नायिकाले निर्वाह गरेको त्यही भूमिका आफूले गर्न पाएको भए हुन्थ्यो भन्ने पनि लाग्छ । जस्तै ‘कलिउड’, ‘माला’, ‘डि्रम्स’जस्ता चलचित्रमा आफू अनुबन्धित भएको भए कति जाती हुन्थ्यो भन्ने सोच उनमा आएको रहेछ ।

    ‘मलाई सानैबाट टीभीमा आफूले गरेको अभिनय हेर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । म त्यसमा सफल भएकी छु, मलाई दर्शकहरुले मन पराइदिनुभएको छ,’ वर्षा भन्छिन्, ‘मलाई अनमोलसँग काम गर्न मन छ । तर, अनमोलको चलचित्र चल्छ भनेर मैले लोभ गरेकी भने होइनँ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.