×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन…’

  •  
  • सोमबार, असोज १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।

    तपाईं हास्यअभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?
    म वकिल, न्यायाधीश वा व्यापारी बन्थेँ होला । कानुनको पढाइ पूरा गर्न नसकेको मान्छे हुँ । चीन–नेपाल सामान आयात गरेको मान्छे पनि हुँ ।

    कलाकार बनिसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
    म मेरो व्यक्तिगत जीवनलाई मिस गर्छु । सेलिब्रेटी भएपछि जहीँतहीँ सर्वसाधारण जसरी घुम्न पाइँदैन ।

    तपाईंको पहिलो जागिर र तलब कति थियो ?
    चाइना हेनान इन्टरनेसनल भन्ने कम्पनीमा मेसिन अपरेटरका रुपमा काम गर्थेँ । त्यहाँ मेरो तलब ३२ सय रुपैयाँ थियो तर मेरो पहिलो कमाई त्यो होइन । पहिलो आम्दानीचाहिँ बालुवा बोकेर ५० रुपैयाँ कमाएको थिएँ ।

    जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
    म दुई कक्षामा पढ्दा हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको थिएँ । त्यो बेलाको खुसी र साथीहरुले गरेको प्रशंसा म भुल्न सक्दिनँ । मिल्ने भए त्यो दिन फेरि जिउँथे ।

    मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
    म आफैँ लेखक पनि भएकाले मनमा उकुसमुकुस भएका कुरा पर्दामा व्यक्त गर्न सक्छु । यस क्षेत्रको यो कुरा मलाई मनपर्छ ।

    के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
    ठ्याक्कै भन्न त गाह्रो ! सुटिङका लागि भनेजस्तो स्टुडियो र कलाकारका लागि पर्याप्त पारिश्रमिक नहुँदा चित्त दुख्छ ।

    तपाईंको अगाडि साँच्चिकै भुत प्रकट भयो भने ?
    सायद तर्सिन्छु होला ।

    पर्दाको ‘माग्ने बूढो’ले रियल लाइफमा कहिल्यै माग्नुपरेको छ ?
    छ । २०५० सालमा मेरो घरमा आगलागी भएको थियो । ९६ हजार रुपैयाँ क्यास डढेको थियो । जमिनमात्र बाँकी रहेको थियो । शरीरमा हाफपाइन्ट र स्यान्डो गन्जी मात्र बाँकी थियो । त्यतिबेला खोइ कसले यस्तो बेला माग्नुपर्छ भनेर सिकायो । अनि मैले भोलिपल्ट गाउँतिर झोला बोकेर माग्न हिँडे । कसैले चामल, कसैले धान, कसैले आलु दिए । मागेर एक भारी बनाएको थिएँ ।

    एउटा होइपोथेटिक प्रश्न सोधौँ, यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
    देशमा बन्द भएका उद्योग–धन्दालाई खोल्न लगाउँछु । देशका उद्योगधन्दा बन्द भएर नै हामी सबैलाई माग्ने बनाएको छ । यहाँ उत्पादन नभएर देशको पैसाबाहिर गइरहेको छ ।

    कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
    स–सानो कुरामा खुसी हुन्छु । जस्तो अस्ति भर्खर रोल्पाको एउटा फ्यानले हाम्रो लिवाङमा फ्रि वाइफाइ हुने भयो भनेर सुनाउँदा एकदमै खुसी लाग्यो ।

    के देख्दा दुःख लाग्छ ?
    थुप्रै देश घुमियो तर प्राकृतिक सम्पदाको हिसाबले हाम्रो देश धनी छ तर देश सिस्टमेटिक नभएको देख्दा दुःख लाग्छ । नत्र हामीसँग के छैन ? तालमा ताल, हिमालमा हिमाल, नदीनाला सबै छ ।

    युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
    त्यति राख्दैनन् । कहिलेकाहीँ फेसबुकमा फाट्टफुट्ट लेख्छन् । बूढो भइसक्यो, कपाल फुलिसक्यो, त्यसैले त्यस्तो केही लाग्दैन ।

    तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
    मेरी श्रीमती मभन्दा एक इन्च अग्ली छन् ।

    तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
    पढाइ नै हो । कानुन पढ्दा आइएमै फेल भइयो ।

    तपार्इंको कमजोरी के हो ?
    सबैलाई छिट्टै विश्वास गरिहाल्नु, भावनामा बगिहाल्नु ।

    आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
    संघर्षशील स्वभाव, जसले मलाई यहाँसम्म पुर्यायो ।

    आफूलाई नै मनपर्ने आफ्नो बानी ?
    अध्ययनशीलता ।

    तपाईंलाई कुनै एउटा समारोहमा स्वेच्छाले कुनै एउटा विषयमा भाषण गर्न भनियो भने के विषय रोज्नुहुन्छ ?
    मलाई खासमा भाषण गर्नै आउँदैन तर विषय आफैँ रोजेर भन्नुप¥यो भने चाणक्य नीतिका केही कुरा नेपालीमा उल्था गरेर भन्न सक्छु होला ।

    तपाईं सबैभन्दा बढी रोएको क्षण ?
    ९ कक्षामा फेल हुँदा । लाजले गर्दा फेल भएको स्कुलमा मुख देखाउन गइनँ । अर्को स्कुलमा भर्ना भएँ ।

    तपाईंका लागि हास्यकलाकार हुनु भनेको के हो ?
    दर्शकका प्रतिक्रिया सुन्दा लाग्छ– यो एउटा साइकोलोजिकल डाक्टर हुनुजस्तै हो । दर्शकहरुले देशविदेशबाट ‘दिक्क लागेका बेला तपाईंको भिडियो हेरेर मज्जा लिन्छु’ भनेर प्रतिक्रिया दिँदा त्यस्तै लाग्छ ।

    प्रस्तुतिः अनिल यादव

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.