×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दसैंको मौकामा त्रिशुली दोहन र उत्खनन बढ्यो

  •  
  • आइतबार, असोज १५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरिहरसिंह राठौर, धादिङ

    आश्विन १५, २०७४-दसैंको बेला अनुगमन र कर्मचारी तन्त्र सुस्ताएको मौका छोपेर त्रिशुली दोहन र नदीजन्य उत्खनन बढेको छ । जिल्ला अनुगमन समितिले रोक लगाएका दर्जनौं अवैध बालुवा खानीहरु रातारात सञ्चालनमा छन् । गिट्टी कुटने उद्योगहरुका लागि रातारात त्रिशुलीमा उपकरण लगाएर ढुंगा झिक्ने क्रम पनि रोकिएको छैन भने जिल्ला अनुगमन समितिले गत २ हप्ता अघि मात्रै बालुवा उत्खनन र निकासीमा रोक लगाएका अवैधखानीहरु रातभर सञ्चालनमा छन् ।

    पृथ्वीराजमार्ग वरपर रहेका अवैधखानीहरु विशेष गरि बेनीघाट, गजुरी, गल्छी र थाक्रे तथा साविवको सल्यानटारको नेत्रावती नदी व्यापक दोहन भइरहेको छ । राजनैतिक प्रभावमा त्रिशुलीको दोहन अनुगमन समितिलाई टाउको दुखाईको विषय बनेको छ ।

    जिल्लामा खानी तथा भूगर्भ विभागबाट जम्मा २ वटा खानीलाई मात्रै ईजाजत दिएकोछ । गजुरी र गल्छीमा रहेका ईजाजत प्राप्त दुवै खानीले वार्षिक २६ /२६ हजार घनमिटर मात्रै बालुवा निकासी गर्न पाउँछन् । ‘तर अनुगमनमा त्यसो देखिएन, एउटै खानीले दैनिक १५० देखि २ सय टिप्पर सम्म बालुवा अवैध रुपले वेचेको देखियो,’ जिल्ला प्राकृतिक श्रोत साधन अनुगमन समितिका सदस्य सचिव समेत रहेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले भने । स्थानीय विकास अधिकारी भुसालका अनुसार जिल्लाका ईजाजत प्राप्त खानी र अवैध खानीहरुबारे तत्काल अनुगमन गरी सिफारिस गर्न खानी तथा भूगर्भ विभागलाई गरिएको लिखित आग्रहलाई समेत खानी विभागले बेवास्ता गरेको स्थानीय भुसाल बताउँछन् ।

    राजनैतिक संरक्षणमा त्रिशुली दोहन र नदीजन्य पदार्थको तस्करीको जालो स्थानीयस्तरदेखि राजधानीका सरोकारवाला निकाय सम्म पुग्ने गरेको छ । ‘सेटिङ्ग’मा लाग्ने खर्च समेत ग्राहकहरुसँग असुल्ने गरिन्छ । बालुवा प्रशोधन, क्रसर व्यवसायी , ट्याक्टर र टिप्पर ढुवानी व्यवसायी, तथा बालुवाखानी सञ्चालकहरुले ‘सेटिङ्ग मिलाउन मासिक ६ लाखसम्म संकलन गर्ने गरेका छन् । ‘ हामी व्यवसाय हेरेर मासिक १२ देखि १५ हजार रकम लेवी बुझाउँछौं । रकम संकलक गर्ने समूहले क-कस्लाई भागवण्डा गर्छन थाहा छैन,’  राजमार्गस्थित थाक्रेका एक जना क्रसर व्यवसायीले भने ।

    यतिखेर भूकम्पीय पुनर्निर्माणको चाप परेको छ । नेपाल प्रहरी, जिल्ला मालपोत, कृषि लगायत एक दर्जन सरकारी कार्यालय र तिनका क्वार्टर, भूकम्पले भत्काएका आवासीय तथा   व्यापारिक भवन, विद्यालयहरु धमाधम निर्माणका चरणमा छन् । सडक सुधारका कार्यक्रमहरु  पनि त्यत्तिकै छन् । त्रिशुली र अन्य खोलामा मोटर गुडने पुल पनि आधा दर्जन निर्माणाधीन छन् । तर जिल्लामा निर्माण सामाग्रीको हाहाकार छ । सरकारले म्याद थप नगरि सञ्चालन अनुमति नदिएका गिट्टी कुटने क्रसर उद्योगहरु दिनभर बन्द र रातभर सञ्चालनमा छन् ।

    यसै मौकामा कृत्रिम अभाव सिर्जना गरि गिट्टीको साविक मूल्य ह्वात्तै बढाइएको छ । वर्षायाममा त्रिशुलीबाट उपकरण प्रयोग गरि ढुंगा, गिट्टी, बालुवा झिकेर उद्योग सञ्चालन गरेका हरु अनुगमन समितिको कडाईले कच्चा पदार्थको अभाव देखाउदैं गत ६ महिना अघि २२ हजार पर्ने प्रति टिप्पर गिट्टीको मूल्य स्थानीय स्तरमै २८ देखि ३० हजार पुरयाएका छन् । गल्छीका बालुवाखानी विभागबाट लिएको स्वीकृति अनुसार नभै अन्तै सार्वजनिक जग्गा अतिक्रमण गरिएको फेला परेको छ ।

    गिट्टी र बालुवाको अभाव देखाउँदै गत आर्थिक वर्षमै सक्नु पर्ने जिल्ला मालपोतको निर्माण कार्य अन्तिम अवस्थामा अधुरो भयो । ‘ हामीले ठेक्का सम्झौता गर्ने बेलाको गिट्टी बालुवाको मूल्यमा आकाश पाताल फरक भइसक्यो, सबै भवन निर्माणका ठेकेदारको अवस्था उस्तै हो, ’ सदरमुकाममा निर्माणाधिन जिल्ला मालपोत कार्यालयका ठेकेदार बाबुकृष्ण श्रेष्ठले बताए ।

    ‘क्रसर उद्योगबारे सरकारले स्पष्ट नीति लागु नगरे पछि व्यवसायीहरुले मनोमानी गर्ने मौका पाएका हुन् ।’स्थानीय विकास अधिकारी जीवलाल भुसालले बताए । राजमार्ग वरपर र त्रिशुली प्रदुषण गर्ने आरोप खेप्दै गरेका पृथ्वीराजमार्ग वरपर सञ्चालित क्रसर उद्योगहरु  सञ्चालन गर्न सरकारले कुनै चासो देखायो न त गत आर्थिक वर्ष देखिनै म्याद थप नगरिएका उद्योगहरु सञ्चालकहरुले बन्दनै गरे । तोकेको मापदण्ड विपरित सञ्चालन गरि रहेको आरोपमा गत आर्थिक वर्षको अन्तमै म्याद थप नगरिएका क्रसर उद्योगहरु वेरोकटोक दैनिक सञ्चालनमा छन् । नविकरण नगरिएका उद्योगहरु सञ्चालन गर्न सरोकारवाला मन्त्रालयले न त फुकुवा पत्र दिएकोछ न त व्यवसायीहरुले उद्योग बन्द गरेका छन् ।

    ‘बरु बन्द भएको बहानामा गिट्टी बालुवाको व्यापक मूल्यवृद्धि र कालोवजारी भइरहेकोछ,’ नागरिक समाजका अगुवा सीताराम प्रसाद वर्माले बताए ।

    पृथ्वीराजमार्गको धादिङ खण्डमा मात्रै ३० वटा क्रसर उद्योग सञ्चालनमा छन् । एकाध उद्योगले त दर्ता नगरेरै पनि सञ्चालनमा छन् ।  नदी किनार, राजमार्ग किनार, जंगल, सार्वजनिक स्थल, मठमन्दिर लगायत  मापदण्ड विपरित त्रिशुली नदीमै आश्रित क्रसर उद्योगहरु बन्द गर्ने  वा सञ्चालनमा ल्याउन दिने जिल्ला अनुगमन समिति समेत अन्योलमा छ ।

    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन समितिले बन्द गर्ने गरेको बारम्बारको प्रयास प्रहरीको असहयोगले सफल हुन सकेको छैन । ‘ त्रिशुलीमा स्काभेटर लगायतका उपकरण प्रयोग भएको खबर पाए पछि छापा मार्न सुटुक्क जाँदा पनि सूचना पाएर नदीजन्य उत्खखनन् गर्ने हरु भागी सकेका हुन्छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

    यसै हप्ता मात्रै प्रजिअ, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी प्रमुखको संयुक्त टोलीले नदीजन्य उत्खनन गरेको कसुरमा ७ वटा स्काभेटर लगायतका उपकरणहरुलाई २५ हजार जरिवाना गरेको छ ।

    कृषि कार्यमा अनुदानमा खरिद गरिएका सैंयौ ट्याक्टर हरुले राजमार्गमा ढुंगा ढुवानीमा प्रयोग गरिएकोछ । क्रसर उद्योग र सिमेन्ट उद्योग हरुका लागि मात्रै दैनिक ४ सय ट्याक्टर राजमार्गमा दौडने गरेका छन् । ट्याक्टरले कुनै पनि सामाग्री ढुवानी गर्न पाइँदैन ,उक्त कुरा मापदण्ड विपरित भए पछि गत आर्थिक वर्षमा ट्राफिक प्रहरीलेनै २ महिना रोक लगाएको थियो । क्रसरहरुका लागि आग्राखोला देखि राजमार्ग वरपरका विभिन्न उद्योगहरुलाई ढुंगा आपूर्ति गर्ने ट्याक्टरहरु तत्कालीन जिल्ला ट्राफिक इन्चार्जले रोक लगाए पछि उच्च राजनैतिक दवावमा पुन: ढुवानी गर्न दिइएको थियो ।

    क्रसरहरु बन्द भएको निहुँमा गिट्टी र बालुवाको मूल्य पनि व्यवसायी र ढुवानीकर्ताहरुले व्यापक वृद्धी गरेका छन् । सरकारले उत्पादननै बन्द गरि अवैध घोषणा गरेको क्रसर उद्योग बाट जिल्ला समन्वय समितिले कर असुली गरिरहेको छ । जिल्लाबाट हरेक दिन २ सयदेखि ३ सय टिप्पर गिट्टी राजधानी निकासी हुने क्रममा जिल्ला समन्वय समितिले प्रति टिप्पर २२ सय ६० का दरले कर असुल्ने गरेको छ । उक्त कर असुल्न जिससले चालुआर्थिक वर्षको लागि स्थानीय ठेकेदार मार्फत  २५ करोड रकम अग्रिम असुल गरि  सकेको छ ।

    धादिङ बाहेक पृथ्वीराजमार्ग हुँदै तनहुँ, चितवनको दासढुंगा र नुवाकोटबाट समेत अवैध रुपले हरेक दिन सयौं टिप्पर गिट्टी राजधानी  निकासी भइरहेको छ ।

    राजमार्गसँगै जोडिएका अवैध बालुवा खानीहरुले दैनिक सयौं खेप बालुवाले राजमार्गमा प्रदुषण बढेको छ । सडकमा उड्ने बालुवा र धुलोले मोटरसाईकल चालकहरु मर्कामा परेका छन् ।

    भूकम्पको  पुनर्निमाणको अभियान सञ्चालन भएको वेला निर्माण सामाग्रीको मूल्य ह्वात्तै बढेपछि पहिलो किस्ताले पुनर्निमाण कार्य अघि बढ्न सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय विकास मन्त्रालय, गृहमन्त्रालय, उद्योग मन्त्रालय र वाणिज्य तथा  आपुर्ती मन्त्रालयलाई पत्राचार गरि निर्माण सामाग्री सहज रुपमा उपलव्ध गराउन र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न पत्राचार गरेपनि कुनै सुनुवाई नभएको पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर गोविन्द पोखरेलले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.