चिनियाँ अनुसन्धान संस्था ‘हुरुन’ले भारतमा सन् २०१७ का धनीहरुको सूची निकालेको छ जसको आठौं स्थानमा पतञ्जलीका प्रमुख कार्यकारी आचार्य बालकृष्ण आठौं स्थानमा परेका छन् । गत वर्ष बालकृष्ण २५औं नम्बरमा थिए । यो वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब सवा ११ खर्ब नेपाली रुपैयाँ पुग्यो । हुरुनका अनुसार, नोटबन्दी र वस्तु तथा सेवा कर जीएसटीले बालकृष्णको सम्पत्ति वृद्धिमा मद्दत गर्यो । नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको ठानिएको छ । ४४ वर्षका बालकृष्ण यही मार्चमा फोर्ब्स अखबारले निकालेको संसारका अर्बपतिहरुको सूचीमा ८१४ नम्बरमा थिए । त्यतिखेर २०४३ अर्बपतिको सूची निकालिएको थियो।
प्रगति
गत वर्ष फोर्ब्सको सूचीमा भारतका १०० धनीको सूचीमा उनी साढे २ अर्ब डलरसहित ४८औं नम्बरमा थिए । पछिल्लो आर्थिक वर्षमा पतञ्जलीले १० हजार ५६१ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो । पतञ्जलीले बहुराष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ।
तस्वीर कपीराइटGETTY IMAGES Image captionबालकृष्ण प्रसिद्ध भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी हुन्।
पृष्ठभूमि
बालकृष्णको जन्म नेपालमा भएको थियो र हरियाणाको एक गुरुकुलमा उनले योगगुरु रामदेवसँगै पढाइ गरेका थिए । सन् १९९५ मा यी दुई जना मिलेर दिव्य फार्मेसीको स्थापना गरे । सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना भयो। अहिले पतञ्जलीले श्याम्पूदेखि लिएर अनाज, साबुनदेखि लिएर चाउचाउसमेत बेच्छ । हुरुनको सूचीमा पहिलो नम्बरमा मुकेश आम्बानी छन् । उनको कुल सम्पत्ति २ लाख ५७ हजार ९ सय करोड भारतीय रुपैयाँ छ । त्यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो ।
BBC


