×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘छोरीको उपचारमा घरखेत बेचिसके, अझै २० लाख कहाँबाट ल्याउँ?’

  •  
  • बिहिबार, असोज १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजेन्द्र कार्की 

    जाजरकोट: यति बेला अधिकांशको घरमा दशैंको रौनक छ। तर कुशे ७ का दीपक हमाललाई भने छोरीलाई कसरी बचाउने भन्ने पिरलोले सताईरहेको छ। ओत लाग्ने घर र दुई छाक खानको गर्जो टार्ने खेतबारी बेचेर पनि छोरीको उपचार खर्च नपुगेपछि दीपक छोरीलाई बचाउन चन्दा माग्दै हिड्न थालेका छन्।

    ब्लड क्यान्सर भएर काठमान्डौस्थित एक अस्पतालको शैयामा छट्पटाईरहेकी १४ बर्षीय छोरी एलिनालाई बचाउन बाबु दीपक यतिबेला जाजरकोट सदरमुकाममा चन्दा माग्दै हिडिरहेका छन्। ‘मलाई के को दशै घरखेत सबै गयो। ओत लाग्ने घर छैन। दुई छाक कसरी टार्ने कुनै टुङ्गो छैन। छोरी बाँचेको भए दशै त फेरी पनि मनाउँला नि’ उनले पिडा सुनाए।

    कक्षा ९ मा पढ्दा पढ्दै बिरामी भएर थलिएपछि एलिनालाई उपचारको लागि काठमाडौं लगिएको थियो। एलिनालाई ब्लड क्यान्सर भएको पत्ता लागेपछि गत बैशाख देखि निजामति कर्मचारी अस्पतालमा उनको उपचार भइरहेको छ। अस्पतालका डा. विशेष पौडेलका अनुसार एलिना पूर्ण रुपमा स्वस्थ हुन लगातार दुई बर्ष उपचार गर्नुपर्ने हुन्छ।

    चिकित्सकका अनुसार एलिनालाई उपचार गर्न थप २० लाख जति खर्च लाग्ने भएको छ।  उपचारमा ठूलो रकम लाग्ने भएपछि बाबु दीपक निकै चिन्तित छन्। हालसम्म छोरीको उपचारमा ६ लाख बढी खर्च भैसकेको उनले बताए। ‘गाउँमा भएको पाँच रोपनी जग्गासहितको तीन कोठे घर विक्री गर्दा ३ लाख रुपैया आयो, थप  ३ लाख गाँउलेबाट मासिक ३ प्रतिशत ब्याजले ऋण काढेर ल्याए, उनले भने ‘भएको श्रीसम्पति सबै बेचि सके अब कहाँबाट रकम जुटाउँ?’

    आफ्नो जग्गामा उत्पादन भएको अन्नले ६ महिना पनि खाना नपुग्ने विपन्न परिवारका दीपकलाई उपचार खर्च कसरी जुटाउने र छोरी एलिनालाई कसरी बचाउने भन्ने चिन्ताले सताएको छ। विरामी छोरीलाई छाडेर उपचार खर्च जुटाउन उनी यतिबेला जिल्ला सदरमुकामतिर भौतारिरहेका छन्। ‘ऋण पनि कसैले दिदैन, तिर्ने पनि कसरी, चन्दा उठाएर भएपनि छोरीको उपचार गर्छु’ उनले भने। चन्दाबाट अहिले सम्म डेढलाखसंकलन भएको बताए।

    काठमाडौंको कीर्तिपुरमा आफन्तको कोठामा छोरीलाई राखेका छन््। साताको दुई पटक अस्पताल लैजानुपर्छ। सामान्य किसान परिवारका दीपकलाई २० लाख जुटाउन निकै सकस छ। उनले भारी मन बनाउँदै भने ‘हे भगवान, मेरी छोरीलार्ई बचाईदेउ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.