×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चाडपर्वमै सुनसान छन् गाउँ, बस्तीहरु (फोटोफिचर)

  •  
  • मङ्गलबार, असोज १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरिहरसिंह राठौर, जाजरकोट

    आश्विन १०, २०७४-वैदेशिक रोजगारले युवाहरु विदेसिएपछि दसैंतिहारमा रमझम हुने गाउँबस्ती यसपाला सुनसान छन् । सुर्खेतको छिन्चुदेखि सल्यानको सल्लीबजार हुँदै जाजरकोटसम्म पुगुन्जेल बीचमा पर्ने रमणीय गाउँबस्तीहरु सुनसान छन् । दसैंतिहारमा बज्ने मादल, युवायुवतीले हाल्ने लिङ्गेपिङ, चौरमा उडाइने चङ्गा, रोटेपिङ, मखियाका घरमा नाच्ने मयुर नाच, टप्पा नाच, मारुनी, सोरठी एकादेशका कथा भइसकेका छन् । न त बस्ती घर दसैं अगावै रातो माटोले पोत्ने छोरीबुहारीहरु घरमा छन् ।

    ‘वैदेशिक रोजगारले छोराहरुलाई विदेशमात्रै पुर्‍याएन बुहारीहरुलाई पनि छोराछोरी बोर्डिङ पढाउने निहुँमा सहरबजारतिरै तानेको छ । छोराछोरी कोही नभएपछि घर रंगीन बनाउने जाँगर पनि चलेन’सल्यान वामे नाम्रागाउँका हिक्मत बुढाले बताए । हुन पनि छिन्चुदेखि जाजरकोट पुग्ने बेलासम्म भेरीनदी किनारमा रहेका सुर्खेतका सुर्मा, घोडेनी, अमारा, राकम, जामुने, सल्यानका नाम्रा, लाहाघाट, राइरा, जाजरकोटको भुरचौर, रावतगाउँ, कुदु, बोहरागाउँ, रुकुमको घाटचौर, थनारा निकै वाक्ला र रमणीय बस्ती हुन् । एकै बस्तीमा एकैखाले एकै रंग सयौं घर यी बस्तीहरुको विशेषता हो ।

    नदी किनारमा रहेर विकट मानिएका यी बस्तीहरुको चर्चा र आर्थिक विकास छिन्चु जाजरकोट सडक सञ्चालन भएदेखि हो । सडक विस्तारसँगै सडक वरपर सानातिना वजार विकास त भयो तर अधिकांश युवापुस्ताहरु कमाई गर्न विदेशतिरै लागे । पुस्तौंदेखि छाक टार्न र लत्ता कपडाको जोहो गर्न, छिमेकी देश भारत जाने र लत्ताकपडा लिएर दसैं तिहारमा फर्कने युवाहरुको लय फेरिएको छ । आर्थिक अभावका कारण वैदेशिक रोजगारमा जान नसक्नेहरु को गन्तव्य अझै पनि कालापार(भारत)नै हो । भेरी नदी किनार भए पनि कुनै सिँचाई प्रबन्ध नभएका यी सून्दरबस्तीहरुको प्रमुख आम्दानी भनेकै बाख्रा पालन र दलहनबाली हो । जंगल चराएका यस भेकका खसीको माग र मूल्य काठमाडौंलगायत सहरमा अत्यधिक छ ।

    जंगल विनासले खानेपानीको चरम समस्या बेहोर्दै आएका यी भेरी किनारका बस्तीहरु बाह्रै महिना भेरी नदीकै पानी प्रयोग गर्छन भने वर्षातका समयमा खानेपानी लिन नदीमा जाँदा हरेक वर्ष स्थानीयवासीहरुले बाढीको चपेटामा परेर मृत्यु हुने गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.