×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चामलभन्दा सस्तो जीवन !

  •  
  • आइतबार, असोज ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अर्जुन शाह, बाजुरा

    हुम्लाको श्रीनगरबाट खाद्यान्न लिन बाजुराको कोल्टी आउँदै गरेका सर्वसाधारण । श्रीनगरकै तेजबहादुर बुढाको चामल लिन जाँदा पहिरोमा परी मृत्यु भएको छ ।फाइल तस्बिर : कान्तिपुर
    चामल ओसार्ने भेडा–च्याङ्ग्रा लिएर ओहोरदोहोर गरिरहेकाको लस्कर बाटैभरि भेटिन्छ । बालकदेखि वृद्धसम्म । हुम्लीको जीवनचक्र यत्तिमै ठिक्क छ । भन्छन्, ‘खानै नपाएर ज्यान जाने अवस्था छ ।’

    आश्विन ८, २०७४-हुम्लामै चामल पाइन्थ्यो भने सम्भवत: पहिरोमा परेर ३५ वर्षीय तेजबहादुर बुढाको मृत्यु हुने थिएन । उनको अकाल मृत्युसँग चामलका लागि कम्तीमा ९ दिन हिँड्नुपर्ने हुम्ली बाध्यता जोडिएको छ ।

    त्यही बाध्यताले अदानचुली गाउँपालिका–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरु बुढा बुधबार झिसमिसेमै घरबाट हिँडे । चामल बोकाउन ६२ भेडा–च्य्राङ्ग्राको बथान लिएर गएका उनीहरूले फूलपातीका दिन घर आइपुग्ने लक्ष्य राखेका थिए ।

    चामल पाउने आशा गरिएको ठाउँ थियो– बाजुराको कोल्टी । भेडा–च्याङ्ग्राको बथानसहित त्यहाँ पुग्न ४ दिन लाग्थ्यो । फर्किंदा भारीसहित ५ दिनमा आइपुगिएला भन्ने हिसाब गर्दै उनीहरू अघि बढिरहेका थिए । राति २ बजे पशु धपाउन थाल्थे । ८ बजेपछि तिनैलाई चराएर बस्थे ।

    तेस्रो दिन शुक्रबार बिहान बाजुराको हिमाली गाउँपालिका–६ स्थित राँगे भीर पार गर्दै थिए, अचानक चट्टानसहितको पहिरो खस्यो । प्रस्ट देखिने उज्यालो भइसकेको थिएन, अर्कातिर भेडा–च्याङ्ग्राको बथान थियो । तेजबहादुर उम्किनै पाएनन् । पुरिएर घटनास्थलमै उनको मृत्यु भयो । त्यही पहिरोमा उनका आठवटा, हरुका ६ वटा र कलको एउटा भेडा पनि पुरिए ।

    कल र हरु भने भाग्यले बाँचे । ‘खाद्यान्नका लागि जीवन गुमाउनुपर्ने, हामी निमुखा हुम्लीको नियति नै यस्तै’, बाँकी रहेका ४७ भेडा–च्याङ्ग्रा लिई फर्किंदै गरेका उनीहरूले फोनमा भने, ‘श्रीनगरकै डिपोमा चामल भएको भए हामी दसैंको मुखमा यसरी रातारात कहाँ हिँड्थ्यौं र ? छिमेकी तेजबहादुरको मृत्यु कहाँ हुन्थ्यो र ?’

    • जिल्लामै चामल छैन, खाद्यका कर्मचारी पनि छैनन्, सीडीओलाई जोडबल गर्न सिमकोट आएकी छु – सौमती रावल ऐडी , उपाध्यक्ष, अदानचुली, गाउँपालिका हुम्ला
    • दसैंमा समेत चामल छैन, स्थानीयवासीको खप्की कति सहनु ? हामी त कार्यालय छाडेरै हिँड्यौं – खेमराज काफ्ले, श्रीनगर डिपोका प्रमुख
    • माथि भनेको भन्यै छु, तैपनि चाडबाडमा समेत चामल दिन नसक्ने भयौं – लक्ष्मीप्रसाद बाँस्कोटा,  प्रमुख जिल्ला अधिकारी

    घटना भएको थाहा पाएपछि गाउँका वडाध्यक्ष दल बुढा, मृतकका भाइ नेत्रलगायत गाउँले घटनास्थल पुगेर बाटैमा अन्तिम संस्कार गरेका छन् । ‘दसैंको मौकामा घरपरिवारलाई दुई छाक भात ख्वाउने र बालबच्चालाई एक जोर नयाँ लुगा लिएर आउने भन्दै दाजु घरबाट हिँडेका हुन् । तर फर्केर आएनन्, दैवले चुँडेर लियो,’ भाइ नेत्रले भक्कानिएर भने, ‘अब घरपरिवार अलपत्र पर्ने भयो, चुलो पनि बल्ने अवस्था रहेन ।’

    डिपो छ, चामल छैन

    दुई छाक टार्न खाद्यान्नकै लागि बाजुरासम्म चक्कर लगाएर जीवन गुजार्नु सर्वसाधारण हुम्लीको रहर होइन । गाउँ नजिकै श्रीनगरमै रहेको नेपाल खाद्य संस्थानको डिपो रित्तै नभएको भए दसैंको मुखमा चामलका लागि धुलोमैलो भएर बाजुरा पुग्नु उनीहरूका लागि आवश्यक हुने थिएन । श्रीनगरको खाद्य डिपोमा चामलको गेडो छैन ।

    श्रीनगरको डिपोमा मात्रै हैन, तीनवटा वितरण केन्द्र रहेको हुम्लामा रहेका संस्थानका सबै गोदाम दसैंमा समेत रित्तै छन् । श्रीनगरमा एक महिनाअघि नै चामल सकिएपछि कर्मचारीहरू त्यहाँबाट हिँडिसके । ‘भएको चामल महिनाको एक दिन वडा–वडालाई भाग लगाएर बाँड्दा पनि अघिल्लै महिना सकियो,’ श्रीनगर डिपोका प्रमुख खेमराज काफ्लेले भने, ‘दसैंमा समेत चामल नभएपछि स्थानीयवासीको खप्की सहन नसकेर हामी त हिँड्यांै ।’

    चालु आर्थिक वर्षको चामलको कोटाबारे अहिलेसम्म अत्तोपत्तो नभएको उनले जानकारी दिए । सरकारले ढुवानी अनुदान दिने भएकाले डिपोले बिक्री गर्ने र बाजुराको कोल्टीमा पाइने चामलको मूल्य लगभग उस्तै थियो । गाउँघरमा पसलेले फाट्टफुट्ट चामल बिक्री गरे पनि भाउ किनिनसक्नु छ । ‘कोल्टीमा ४ हजार प्रतिक्विन्टल पर्ने चामललाई गाउँघरमा १० हजार पर्छ,’ हुम्ला मदानाका बद्री रावलले भने । उपलब्ध भएका बेला श्रीनगरको डिपोमा ३ हजार ५ सयमा उसिना चामल पाइन्थ्यो ।

     

    स्थानीय उत्पादनका नाममा मकै, चिनो र सिमी मात्रै फल्ने श्रीनगर क्षेत्रका बासिन्दाको खाद्यान्न मागलाई संथानको डिपोले पूर्ति गर्न सक्दैन । अघिल्लो आर्थिक वर्षको कोटामा ६ हजार क्विन्टल चामल वितरण गरेको डिपोले जनाएको छ । ‘२० हजार क्विन्टल भए पनि नपुग्ने अवस्थामा त्यत्तिले के पुग्थ्यो ?’ डिपोका प्रमुख काफ्लेले भने, ‘उपाय नभएपछि स्थानीयवासी बाजुरा जान्छन् ।’

    अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती रावल ऐडी त्यसैको पहल गर्न सदरमुकाम सिमकोट गएकी छन् । ‘जिल्लामै चामल छैन । सीडीओलाई जोडबल गर्न सिमकोट आ’छु । खाद्यका कर्मचारी पनि छैनन्,’ उनले भनिन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले चामल उपलब्ध गराउन नसकिने अवस्था रहेको सुनाए । ‘चाडबाडमा चामल दिन नसकिने भयो,’ उनले भने, ‘माथि भनेको भन्यै छु ।’

    जिविसको दुई वर्षअघिको तथ्यांकअनुसार श्रीनगर क्षेत्रमा पर्ने साविकका श्रीनगर, मैला, मदना, कालिका र जैर गरी पाँच गाविसमा ३ हजार दुई सय परिवार छन् । अहिले श्रीनगर र कालिका मिलेर अदानचुली, मैला र मदाना मिलेर ताँजाकोट र जैर गाविस सर्केगाढ गाउँपालिकामा मिलेका छन् । श्रीनगर क्षेत्र हुम्ला सदरमुकाम सिमकोटबाट ४४ कोस दूरीमा पर्छ । यस डिपोका लागि सुर्खेत, धनगढी र बाजुराबाट संस्थानले चामल ढुवानी गराउँछ । तर कर्मचारीहरू चामल आएपछि लुछाचुँडी हुने भएकाले सधैं भयभीत हुने बताउँछन् ।

    गाउँमै खाद्यान्न उपलब्ध नहुने भएपछि पुस्तौंदेखि यस क्षेत्रका बासिन्दा खाद्यान्न ओसार्न सामान्यत: हिउँदको समय मंसिर, पुसतिर बाजुरा झर्छन् । यस अवधिमा कवाडीदेखि कोल्टीसम्म चामल ओसार्ने भेडा–च्याङ्ग्रासहित ओहोरदोहोर गरिरहेका हुम्लीहरूको लस्कर बाटैभरि भेटिन्छ । बालकदेखि वृद्ध हुम्लीको जीवनचक्र यत्तिमै ठिक्क छ ।

    हिउँदमा रकमको जोहो गर्न नसक्ने परिवारहरू दसैंका मुखमा खाद्यान्न लिन आउँछन् । ‘बाजुराबाट चामल नल्याए छाक टर्ने अवस्थै हुँदैन,’ कालिकाका पदमबहादुर शाहीले भने । तर, त्यति पार लगाउँदा बाटोमा उनीहरूले अनेकौं सास्ती खेप्नुपर्छ । भेडा चोर्ने, स्थानीय युवाहरूबाट लखेटिने गरेको दु:ख सुनाउँछन् । ‘त्यसैमा यसपालि हामी हुम्लीलाई यस्तो विपत्ति आइलाग्यो,’ गाउँले घटनामा परेपछि राँगेभीर पुगेका वडाध्यक्ष दल बुढाले भने ।

    ज्यान जाने बाध्यता

    हुम्लामा जन्म र मृत्युमा चामल अनिवार्य चाहिने संस्कार छ । ‘त्यसैका लागि पनि पाइँदैन,’ सिमकोटका रमेश अयडीले भने, ‘खानै नपाएर ज्यान जाने अवस्था छ ।’

    टाढैबाट ल्याएर भए पनि खाएर ज्यान बचाउन चाहन्थे तेजबहादुर । हुम्ली जनतालाई किनेर खान पनि चामल उपलब्ध गराउन नसक्ने सरकारी लाचारीको परिणाम अन्तत: उनको ज्यानै गयो । घटना सुनेपछि उनकी श्रीमती बेहोस छिन् । चिसो चुलोअगाडि लालाबालाहरू रोइरहेका छन् ।

    उनीहरू दोस्रो रात बाजुराको रुगीनस्थित धुलाचौरमा बास बसेका थिए । अघिल्लो रातजस्तै २ बजेतिर त्यहाँबाट अगाडि बढे । बिहान ४ बजेतिर राँगेभीरको बाटोमा हिँड्दै थिए । पहिरो गयो । ‘भेडा धपाउन कल र हरू अलि पछाडि भएकाले बाँच्न सफल भए,’ जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर जगदीश भट्टले भने, ‘अघि रहेका तेजबहादुर परे ।’

    कर्णाली राजमार्ग निर्माणका क्रममा नेपाली सेनाले हालै राँगेभीरको चट्टानमा विस्फोट गरी ट्रयाक खुलाएकाले वर्षात्मा जताततै पहिरो खस्ने गरेको छ ।

    एउटा भेडा–च्याङ्ग्राले १२ देखि १८ किलोसम्म बोक्न सक्छ । तीन साढे ८ क्विन्टल चामल र लत्ताकपडा लैजाने उनीहरूको योजना थियो ।

    जब तेजबहादुरको निधन भयो, दाहसंस्कारअघि हेर्दा उनको गोजीमा १४ हजार ४ सय ७० रुपैयाँ पाइयो । त्यसले कोल्टीमा करिब साढे ३ क्विन्टल चामल आउँथ्यो ।

    त्यसभन्दा सस्तो भयो उनको जिन्दगी ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.