×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गरिब देशका धनाढ्य मन्त्रीहरू

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     सागर पण्डित 

    काठमाडौं : एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन।

    देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ।

    सरकार परिवर्तन हुँदा प्राय: मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ मा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ।

    सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन्। उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन्। उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ। उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन्। मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन्। गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक छ।

    यस्तै, अन्य केही मन्त्री पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, कृषि विकासमन्त्री रामकृष्ण यादव, भौतिक योजनामन्त्री वीरबहादुर बलायर, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरसँग करोडौं सम्पत्ति छ।

    अधिकांश मन्त्री सुनको पारखी देखिएका छन्। उनीहरूले आफूसँग रहेको सुन विवाहमा दाइजो आएको र श्रीमतीको पेवाका रूपमा रहेको उल्लेख गरेका छन्। उपप्रधानमन्त्री गच्छदारसँग ७५ तोला सुन र २७५ तोला चाँदी छ। अर्थमन्त्री कार्कीसँग सुन ३० तोला, चाँदी २५० तोला र हीरासेट २ वटा छ। यसैगरी, कृषिमन्त्री रामकृष्ण यादवसँग सुन ५० तोला, चाँदी ५ केजी छ।

    त्यस्तै, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको पनि ५० तोला सुन र ११० तोला चाँदी छ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको पनि २९ तोला सुन र ५५ तोला चाँदी छ। गृहमन्त्री प्रभाकरको सुन ५ तोला, चाँदी २० तोला छ भने युवा तथा खेलकुदमन्त्री केसीको ६५ तोला सुन र ३ सेट हीरा तथा १५० तोला चाँदी छ।

    महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण सार्वजनिक गरिएकामा २१ जना मन्त्री र पाँच राज्यमन्त्री छन्। सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।

    मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु गरिएको मुख्यसचिव क्षेत्रीले बताए।
    सामान्यतय प्रधानमन्त्री र मन्त्रीहरूले पदमा पुगेको १५ दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थियो। कानुनमा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर, प्रधानमन्त्रीलगायत २४ जना मन्त्रीले पदीय जिम्मेवारी सम्हालेको एक सय ४ दिनपछि मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

    अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण लुकाउने प्रयास गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। अझै ३२ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। ५६ सदस्यीय मन्त्रिमण्डलमा मन्त्री दीपक बोहरा, सुनीलबहादुर थापा, विक्रम पाण्डे, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, अम्बिका बस्नेत, भीमसेनदास प्रधान र सञ्जयकुमार गौतमको भने सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन।

    कसको सम्पत्ति कति

    १.शेरबहादुर देउवा प्रधानमन्त्री
    बुबा प्रसादसिंह देउवाको नाममा
    जग्गा ५६ रोपनी १७ आना
    कञ्चनपुरको कृष्णपुरमा १० बिघा सगोलको जग्गा
    चल–अचल सम्पत्ति
    असर्फी १० थान विवाहमा प्राप्त
    सिक्री २ वटा चार तोला
    ब्रासलेट १ वटा पाँच तोला
    औंठी ४ तोलाको १, हीरा पन्न रुवी मुगासहित
    नगद जम्मा
    एभरेस्ट बैंकमा १६ लाख ५० हजार ७ सय ३९ रुपैयाँ ५० पैसा
    सोयर र सवारीसाधन देखाइएको छैन

    २ विजयकुमार गच्छदार
    उपप्रधानमन्त्री तथा स्थानीय विकास एवं संघीय मामिलामन्त्री
    – सुनसरी दुहवी नपामा २–७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर
    – श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका–१५ मा ०–०–१७–२ वर्गमिटरमा फैलिएको ५ कोठाको दुईतले पक्की घर
    जग्गा
    दुहवी नपा सुनसरीमा ०–२–७ मिटरमा फैलिएको
    सुनसरी दुहवीमा सगोलको जग्गा ७–१४–६ वर्गमिटर
    – श्रीमती निर्मला गच्छदारको नाममा मोरङ विराटनगर–१५ मा ०–०–१७–२ वर्गमिटर
    – श्रीमतीकै नाममा विराटनगर–८ मा ०–२–० वर्गमिटर (१२ लाखमा खरिद )
    – श्रीमती निर्मलाकै नाममा विराटनगर–६ मा ०–३–० वर्गमिटर (८ लाख १५ हजारमा खरिद
    –छोरा सुभाष गच्छदारको नाममा ललितपुरको वुङ्मतीमा ०–१३–०–० वर्गमिटर जग्गा
    –सुन ७५ तोला –पुख्र्यौली, दाइजो तथा स्वआर्जनबाट प्राप्त
    चाँदी–२ सय ७५ तोला
    नगद मौज्दात –३,२२,८७३ विभिन्न बैंकमा गरी
    श्रीमती निर्मलाको नाममा –५,४५,३७४ विभिन्न बैंकमा
    छोरा सुभााषको नाममा –१,३०,६८२
    सेयर २ सय २ कित्ता
    गाडी बा.२च ९६५६ नम्बरको एउटा
    श्रीमतीको नाममा विराट मल्टी एग्रो कम्पनी
    –राइफल– १ र बाह्बोरको बन्दुक एक थान

    ३. कृष्णबहादुर महरा
    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री
    रोल्पामा पैतृक २ तले घर र गोठ, रोल्पा गाविसमा ८ रोपनीको सुक्खा पाखो, उपप्रधानमन्त्रीको पारि श्रमिकबाहेक अन्य गरगहना केही नभएको उल्लेख
    बैंक मौज्दात : ९० हजार

    ४. गोपालमान श्रेष्ठ
    उपप्रधानमन्त्री तथा शिक्षामन्त्री
    – स्याङ्जामा दुईवटा पक्की घर
    –पोखरामा दुईतले पक्की घर
    –सिद्धार्थनगर भैरहवामा पक्की घर
    –ललितपुरमा १ रोपनी जग्गामा बनेको पक्की घर
    –पोखरामा छोरा राजकुमार श्रेष्ठको नाममा पक्की दुईतले घर
    – श्रीमती सावित्री श्रेष्ठको नाममा काठमाडौं कुलेश्वरमा साढे दुईतले घर
    जग्गा
    स्याङ्जाका विभिन्न स्थानमा ६ रोपनीभन्दा बढी जग्गा
    कलंकीमा ११९ वर्गमिटर क्षेत्रफलको जग्गा
    काठमाडौंका अन्य विभिन्न स्थानमा एक रोपनीभन्दा बढी जग्गा
    सुन : ५० तोला
    चाँदी : ११० तोला
    बैंक मौज्दात :
    १ करोड २८ लाख ६ हजार ८ सय ६२
    सेयर : १५ हजार २ सय ८३ कित्ता
    कार हुन्डाई, टाटा स्ट्रोम जिप, मारुती, सुजुकी बोलेरो र
    मोटरसाइकल ३ वटा
    विभिन्न बैंकबाट ८ करोडभन्दा बढी ऋण लिएको
    सेयरको लाभांश समाविष्ट नभएको

    ५. गिरिराजमणि पोखरेल
    स्वास्थ्यमन्त्री
    खोटाङको खापी साविक लामिडाँडामा १२ रोपनी, १० रोपनी जग्गा
    बैंक मौज्दात : ८ लाख २९ हजार २ सय १९
    ल्यापटप, भिडिओ क्यामेरालगायत

    ६. ज्ञानेन्द्रबहादुर कार्की
    अर्थमन्त्री
    –भोजपुरमा तीनतले पक्की घर । काठमाडांैको खड्गभद्रकालीमा एक रोपनीमा फैलिएको पक्की घर
    श्रीमती स्व. आवु राणाको नामबाट कार्कीको नाममा आएको बर्दियाको १० बिघा जग्गा
    सुन ३० तोला, चाँदी २५० तोला, हीराको गहना दुई सेट
    मौज्दात रकम ५ लाख ६५ हजार
    १० लाखको सेयर,
    २१ लाख ऋण दिएको

    ७. फरमुल्लाह मन्सुर
    श्रम तथा रोजगारमन्त्री
    बारा, जितपुरमा ८ कोठे पक्की घर
    सुन ५ तोला, चाँदी ११ तोला, नगद ७ लाख
    ऋण १३ लाख

    ८.जनार्दन शर्मा
    गृहमन्त्री
    रुकुम, मुसीकोटमा दुईवटा घर
    जग्गा : ०१४२७ वर्गमिटर, ०००५६ वर्गमिटर
    सुन ५ तोला, चाँदी २० तोला
    बैंक मौज्दात : १६ लाख
    ५ हजार कित्ता सेयर, दाना उद्योग

    ९. प्रभु शाह
    सहरी विकासमन्त्री
    सम्पत्ति विवरण राम्ररी पेस गरिएको छैन
    बारा र रौतहटमा १६ कट्ठा जग्गा
    बैंक मौज्दात : २० लाख

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.