×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सगरमाथाको उचाइ नाप्न तात्यो सरकार, सुरु भयो ‘लेबलिङ’

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • नापी विभाग भन्छ– सगरमाथा नाप्न हामी आफैं सक्षम छौं
    सुवास भट्ट

    ५ असोज, काठमाडौं । भारतले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने दाबी गरिरहँदा नेपाल आफैंले त्यसको सुरुवात गरेको छ । नापी विभागले प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

    विभागका अनुसार त्यसका लागि कार्यविधि निर्माणाधीन छ । ‘दशैंअघि नै कार्यविधि तयार भइसक्छ,’ विभागका निर्देशक अनिल मरासिनीले भने, ‘त्यसमा अन्तर्राष्ट्रिय विज्ञको समेत सुझाव लिएर उचाइ नाप्ने काम सुरु गर्नेछौं ।’

    सुरु भयो लेबलिङ

    विभागका अनुसार उचाइ नाप्ने प्रयोजनका लागि अहिले तल्लो भागमा रहेका राजमार्गको लेबलिङ सुरु गरिएको छ । ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म लेबलिङको काम भइरहेको छ । १२ वैशाख ०७२ को भूकम्पका कारण सडकको लेबलिङमा असर पुगे/नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको मरासिनीले जानकारी दिए ।

    ‘कार्यविधि तयार भएपछि सोही लेबलिङलाई आधार बनाएर सगरमाथाको नाप लिने काम सुरु हुुन्छ,’ उनले भने ।

    तीन वटा विधि, हाइब्रिड शैली अपनाइने

    विभागका अनुसार यसका लागि मूलतः तीन वटा विधि प्रयोग हुन्छन् । ‘डाइरेक्ट मिजरमेन्ट’अन्तर्गत् प्रत्यक्ष रुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ ।

    यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ, जसअनुसार निश्चित विन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य विन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो ।

    तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जीपीएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । तर, त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन ।

    विभागका अनुसार तीन वटै विधि प्रयोग गर्ने तयारी भइरहेको छ । एउटा मात्र विधि प्रयोग गर्दा विश्वसनीयता कम हुने भएकाले ‘हाइब्रिड’ पद्दति अपनाइने विभागको भनाइ छ ।

    ‘एउटा विधिबाट लिइएको नापलाई अन्य विधिबाट क्रसचेक गर्दै उचाइ नाप्ने योजना छ,’ निर्देशक मरासिनीले भने, ‘त्यसबाट सगरमाथाको उचाइको वैज्ञानिक विश्वसनीयता र अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास छ ।’

    ‘अन्य मुलुकलाई नाप्न दिन मिल्दैन’

    सगरमाथाको उचाइ नाप्न नेपाल आफैं सक्षम रहेको विभागको भनाइ छ । गत माघमा भारतले सगरमाथाको उचाइ नाप्न सर्वे टोली पठाउन लागेको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

    ‘अन्तर्राष्ट्रिय विज्ञको परामर्श सहयोग र आवश्यक प्रविधि अपनाउन सकिन्छ,’ मरासिनीले भने, ‘तर, उचाइ नाप्ने काम कुनै मुलुकलाई दिन मिल्दैन ।’

    आफैं सक्षम रहेको अवस्थामा अरु मुलुकलाई यस्तो संवेदनशील विषयमा प्रवेश गर्न दिन नहुने ठम्याइ विभागको छ । यद्यपि, अहिलेसम्म कुनै पनि मुलुकबाट त्यससम्बन्धि औपचारिक प्रस्ताव नआएको मरासिनीले बताए ।

    बजेटमा समस्या छैन

    विभागका अनुसार उक्त प्रयोजनका लागि बजेट अभाव छैन । अर्थ मन्त्रालयले त्यसको सुनिश्चितता दिइसकेको छ । उक्त प्रयोजनका लागि चालु आर्थिक वर्ष ०७४/७५ मा प्रारम्भीक चरणमा दुई करोड रुपैयाँ निकासा भइसकेको छ ।

    उक्त विषयलाई विभागले आफ्नो वार्षिक कार्ययोजनामा समेत समावेश गरेको छ ।

    यसअघि सन् २०११ मै त्यससम्बन्धि कार्यक्रम विभागले तयार पारेको थियो, जुन बजेटको जोहो हुन नसकेर अगाडि बढ्न सकेको थिएन ।

    डेढ वर्षमा सकिने

    उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्न करिब डेढ वर्ष लाग्ने अनुमान छ । पर्वतारोही प्रयोग गर्नुपर्ने र सगरमाथा आरोहणका लागि वर्षमा दुई सिजन मात्र उपयुक्त हुने भएकाले पनि समय लाग्ने विभागको भनाइ छ ।

    त्यसमा पनि उचाइ नाप्न एक सिजन मात्रै बढी अनुकुल हुन्छ । सम्भावित प्रकोपले पनि यस्तो काममा प्रभाव पार्ने भएकाले तोकिएको समयसीमामै काम सम्पन्न गर्न सम्भव हुने यकिन गर्ने अवस्था नरहेको विभागको भनाइ छ ।

    सन् १८५५ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको पत्ता लगाएको थियो । त्यतिबेला भारतमा बेलायती साम्राज्य कायम थियो ।

    सर्वे अफ इन्डियाका तर्फबाट जर्ज एभरेस्टले उचाइ मापन गरेका थिए । सोही कारण उनकै नामबाट सगरमाथाको अंग्रेजी नामकरण माउन्ट एभरेस्ट गरिएको हो ।

    यसबीचमा, इटाली, नेसनल जोग्राफीलगायतले सर्वोच्च शिखरको उचाइ नापेको दाबी गरेका थिए । ती दाबीले पनि अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् ।

    भूकम्प र जलवायु परिवर्तनलगायत कारणले सगरमाथाको उचाइमा घटबढ हुन सक्ने शंका गरिँदै आएको छ । सोही कारण मापनको तयारी थालिएको हो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.