×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

केयूमा एमबीबीएस पढ्न ४८ लाख

  •  
  • बुधबार, असोज ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ४, २०७४-सरकारले उपत्यकामा ३८ लाख ५० हजार, बाहिर ४२ लाख ४५ हजार सीमा तोकेको छ

    काठमाडौं विश्वविद्यालय (केयू) ले ४७ लाख ९० हजार रुपैयाँसम्म लिन पाउने गरी सम्बन्धनप्राप्त कलेजहरूलाई एमबीबीएस अध्यापन शुल्कसीमा निर्धारण गरेको छ । सरकारले भने ०७३ मंसिर १९ मै उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्कसीमा तोकेको थियो । गत वर्ष निर्धारित शुल्क दुई वर्ष लागू हुने व्यवस्था छ । केयूले कलेज सञ्चालककै सहमतिमा शुल्क निर्धारण गरेको जनाएको छ ।

    विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजूका अनुसार काठमाडौं उपत्यकामा ४३ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजारसम्म लिन पाउने गरी शुल्कसीमा कायम गरिएको छ । केयूका कलेजहरूलाई गत वर्ष बढीमा एक सय १५ विद्यार्थी भर्ना गर्न छुट थियो । यसपालिदेखि एक सयभन्दा बढी पाइँदैन । १५ सिट घटदा प्रतिविद्यार्थी ५ लाख रुपैयाँ थपिएको विश्वविद्यालयले जनाएको छ ।

    ‘गत वर्ष एक सय १५ विद्यार्थी हुँदा जति शुल्क थियो, यसपालि एक सयमा झरेपछि १५ जनाको शुल्क सय जनालाई भाग लगाइएको हो,’ कोजूले भने, ‘गत वर्ष सरकारले तोकेभन्दा बढी अन्डरटेबल लिने गरिएकोमा यसपालि हामी तोकेभन्दा बढी शुल्क नलिने ग्यारेन्टी गर्छौं ।’ विद्यार्थी संख्या घटे पनि प्रशासनिक खर्च नघट्ने भएकाले शुल्क बढाउनुपरेको कलेज सञ्चालकको दाबी छ । निर्धारित शुल्कभन्दा बढी लिए विश्वविद्यालयले जिम्मेवारी लिने कोजूले बताए । ‘अब विश्वविद्यालय साक्षी बसेर अभिभावक र कलेजले सम्झौता गर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

    कलेजले यस वर्षदेखि मेरिटका आधारमा सेन्टर काउन्सिलिङ गरेर मात्र विद्यार्थी भर्ना लिने जनाएको छ । यसअघि कलेजमा जसले बढी शुल्क तिर्‍यो, उसैले भर्ना पाउँथ्यो । मेरिटका आधारमा भर्ना नभएको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । भर्नाका लागि बुधबारबाट काउन्सिलिङ सुरु हुँदैछ । विद्यार्थीले त्यही दिनदेखि कलेजमा सिट बुकिङ गर्न २ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बुकिङ गरेको केही दिनमा तोकिएको शुल्कको ५० प्रतिशत कलेजको खातामा जम्मा गरिदिनुपर्ने प्रावधान छ । बुक गरेपछि कलेज छाड्न नपाउने नियम पनि बनाइएको छ ।

    केयूमा एमबीबीएस अध्ययन गर्न ४ हजार २ सय जनाले प्रवेश परीक्षा पास गरेका छन् । यीमध्ये एक हजारजति मात्रै भर्ना हुन पाउँछन् । त्यसमा पनि ३ सय सिट विदेशी विद्यार्थीका लागि सुरक्षित गरिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.