गोरखा समाचारदाता
असोज १ गते । आँबुखैरेनी समाज सेवा संस्थाले ब्रेन ट्यमुरबाट ग्रसित रुपी भूजेलको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाले एक कार्यक्रमका बिच पिडितका दाजु दुर्गा बहादुर भूजेललाई १ लाख ४ हजार ४ सय ७५ रुपैंयाको चेक हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताएका छन ।
रुपी भूजेल बचाऊ अभियान अन्तर्गत संस्थाका सदस्यहरुले घरदैलो मार्फत ३ दिनमा आँबुखैरेनीको विभिन्न क्षेत्रहरुबाट संकलित सो आर्थिक सहयोग रकम उनको जिवन रक्षाका लागि हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण समारोहमा आँबु खैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको समेत उपस्तिथी रहेको थियो ।


