गोरखा समाचारदाता
असोज १ गते । नेपाल आदीबासी जनजाती महासंघ आँबुखैरेनी गाउँपालिका परिषदको चौंथो अधिवेशन सम्पन्न भएको छ । परिषदका निवर्तमान अध्यक्ष अशोक आले मगरको अध्यक्षतामा बौंद्ध गुम्बा तथा ताओ मन्दिर परिसरमा परिषदको चौथो अधिवेशन सम्पन्न भएको हो । नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्व्य परिषदका अध्यक्ष दीर्घ बहादुर दरैको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा परिषदका निवर्तमान अध्यक्ष रेशम भूजेलले स्वागत मन्तव्य, परिषदका कोषाध्यक्ष सुस्मिता गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अन्य जातीलाई गाली गरेर आदीबासी जनजातीहरुको कहिल्यैं उभो नलाग्ने बताएका छन् । हरेक सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा अगाडी बढ्न सके आदीबासी जनजातीहरुको विकास हुने उनीहरुले बताएका हुन् । अधिवेशनले रेशम भूजेलको अध्यक्षतामा पछि थप गर्ने गरी ११ सदस्यीय नेपाल आदीबासी जनजाती महासंघ आँबुखैरेनी गाउँ पालिका परिषद गठन गरेको छ ।
परिषदको उपाध्यक्षमा कमल बहादुर मगर, सचिवमा मिलन भूजेल, कोषाध्यक्षमा तिल कुमारी थापा मगर, सह–सचिवमा बिजय गुरुङ्ग र सदस्यमा मन्जु गुरुङ्ग रहनुभएको परिषदका पूर्व सचिव तथा कार्यक्रम संचालक पूर्ण बहादुर थापा मगर (सुगा) ले जानकारी दिएका छन्


