×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने

  •  
  • आइतबार, भदौ १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, भदौ १८ गते । पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक अन्त्य गर्ने गरी प्रस्तावित इच्छापत्रको व्यवस्थाबाट अन्ततः सरकार पछाडि हटेको छ । संसद्को विधायन समितिले प्रतिवेदन तयार पारी संसद्मा प्रस्तुत गरिसकेको अवस्थामा उक्त व्यवस्था हटाएर विधेयक पारित गर्ने सहमति राजनीतिक स्तरमा भएको हो । इच्छापत्रको व्यवस्था देवानीसंहिता पारित गरेको १८ वर्षपछि लागू हुने गरी प्रस्तावित थियो ।
    संहिताको प्रस्तावित व्यवस्थामा अधिकांश महिला सांसदले असहमति जनाउँदै आउनुभएको थियो । पैतृक सम्पत्तिमा भर्खरैमात्र स्थापित भएको महिला पुरुष बीचको समान अधिकारको इच्छापत्रले अन्त्य गर्ने उहाँहरूको धारणा थियो । तर, विधायन समितिमा दफावार छलफलमा भने संविधानले नै छोराछोरीको समान हकको व्यवस्था गरेको भन्दै इच्छापत्रमा जानु उपयुक्त हुने भन्दै त्यस्तो व्यवस्था पारित गरिएको थियो ।
    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले इच्छापत्रको व्यवस्थालाई झिकेर देवानी संहिता पारित गर्ने समझदारी भएको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “इच्छापत्रको व्यवस्थासहितको विधेयक अहिले सदनमा छ ।
    प्रस्तावित व्यवस्थामा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । केहीले हटाउनुपर्ने सुझावसमेत दिएका छन् । सबैका सुझाव मनन गरेर हामीले तत्काललाई उक्त व्यवस्था झिकेर विधेयक पारित प्रक्रिया अघि बढाउने समझदारी गरेका छौँ । ”
    प्रस्तावित व्यवस्थामा विवाद भएपछि विधेयक संसद्मा प्रस्तुत भए पनि पारितको प्रक्रिया अघि बढेको छैन । मुलकी ऐन प्रतिस्थापनका पाँचमध्ये अपराध संहिता, अपराध कार्यविधि र सजाय निर्धारणसम्बन्धी विधेयक पारित भइसकेका छन् । पारित विधेयकको अधिकांश व्यवस्था २०७५ भदौ १८ गतेदेखि कार्यान्वयनमा आउनेछन् ।
    देवानी संहिताको इच्छापत्रको व्यवस्थाको विवाद मिलाउन सभामुख ओनसरी घर्तीले गत बिहीबार कानुनमन्त्री थापा, पूर्वकानुनमन्त्री अग्नि खरेल, विधायन समिति सभापति गङ्गा चौधरी, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)की प्रमुख सचेतक रेखा शर्मा, सांसद रामनारायण बिडारी, कानुन, न्याय तथा संसदीय मामिला सचिव कमलशाली घिमिरे लगायतसँग परामर्श गर्नुभएको थियो ।
    के हो इच्छापत्र ?
    सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति आफूलाई पालनपोषण गर्ने वा अन्य संरक्षकलाई इच्छाअनुसार दिनसक्ने व्यवस्था हो, इच्छापत्र । इच्छापत्रको व्यवस्था पारित हुँदा पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक कायम रहनेछैन । सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ ।
    सम्पत्तिमा हुने पारिवारिक विवाद कम गर्ने, सन्ततिको परनिर्भरता कम गर्ने सकारात्मक उद्देश्यले उक्त इच्छापत्रको व्यवस्था विधेयकमा गरिएको थियो ।
    सरकारले २०८० सालदेखि लागू गर्ने गरी मूल विधेयकमा इच्छापत्रको व्यवस्था ल्याएको थियो । तर, विधायन समितिले विधेयक पारित हुने दिन जन्मिएको व्यक्तिको समेत अधिकार सुनिश्चित गर्ने भन्दै पारितको १८ वर्षपछि लागू गर्ने गरी संशोधन गरेको थियो । संशोधित व्यवस्था पनि हटाउने दलीय सहमति बनेको हो । कतिपयले इच्छापत्रको व्यवस्थाले एकीकृत पारिवारिक व्यवस्थालाई भने तोड्नसक्ने तर्क गर्नुभएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.