×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दुई चरणमा कहाँ कहिले चुनाव ?

  •  
  • शुक्रबार, भदौ १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ १६ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले भौगोलिक अनुकूलता ध्यानमा राखेर हिमाली र उच्च पहाडी जिल्लामा पहिलो चरणमा र पहाड तथा तराईका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्लाको नाम छुट्ट्याएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेकोमा आयोगले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ । आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐन शीघ्र उपलब्ध गराइदिन पनि सरकारसँग पुनः आग्रह गरेको छ ।

    यसैबीच प्रमुख आयुक्त यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएकाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन गर्न सहज भएको बताउनुभएको छ ।

    आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यसचिव बेगेन्द्रराज शर्मा पौडेल सहितको सचिवालयको टोलीले बुझाएको क्षेत्र निर्धारणसम्बन्धी अभिलेख तथा कागजात ग्रहण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    नेपाल सरकारबाट प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार नै निर्वाचन आयोगमा पठाइएको थियो । आयोगको अभिलेख तथा अन्य कागजात क्षेत्र निर्धारण आयोगका सदस्यसचिवले निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    यसैबीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा निर्माण गर्न लागिएको पुलको शिलान्यास आयोगको सहमतिमा गर्नुभएको जानकारी दिएको छ । आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले प्रधानमन्त्रीबाट पुल शिलान्यास गर्न प्रधानमन्त्री कार्यालयबाट अनुरोध भई आएकाले सहमति प्रदान गरिएको बताउनुभयो ।

    १० गते चुनाव हुने जिल्ला

    १.सोलुखुम्बु २.सङ्खुवासभा ३.भोजपुर ४.ओखलढुङ्गा ५.ताप्लेजुङ ६.पाँचथर ७.खोटाङ ८.नुवाकोट ९.रसुवा १०.धादिङ ११.सिन्धुपाल्चोक १२.दोलखा१३.रामेछाप १४.मुस्ताङ १५.म्याग्दी१६.बागलुङ १७.मनाङ १८.लमजुङ 

    १९.गोरखा २०.रुकुम (पूर्वी) २१.रोल्पा २२.रुकुम (पश्चिम) २३.जाजरकोट २४.हुम्ला २५.मुगु २६.जुम्ला २७.कालीकोट २८.डोल्पा २९.दार्चुला ३०बझाङ ३१.बाजुरा ३२.बैतडी

    २१ गते चुनाव हुने जिल्ला

    १.इलाम २.तेह्रथुम ३.धनकुटा ४.उदयपुर ५.झापा ६.मोरङ ७.सुनसरी ८.सप्तरी ९.सिरहा १०.धनुषा ११.महोत्तरी १२.सर्लाही १३.बारा १४.पर्सा १५.रौतहट १६.सिन्धुली १७.मकवानपुर १८.चितवन १९.काभ्रे २०.काठमाडौँ २१.ललितपुर २२.भक्तपुर २३.नवलपरासी (बर्दघाट पूर्व)  २४.तनहुँ २५.कास्की २६.स्याङ्जा २७.पर्वत २८.नवलपरासी (बर्दघाट पश्चिम) २९. पाल्पा ३०.अर्घाखाँची ३१.गुल्मी ३२.रूपन्देही ३३.कपिलवस्तु ३४.दाङ 
    ३५.प्यूठान ३६.बाँके ३७.बर्दिया ३८.सल्यान ३९.सुर्खेत ४०.दैलेख ४१.कैलाली ४२.कञ्चनपुर ४३.डडेल्धुरा ४४.अछाम ४५.डोटी

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.