×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाका घोषणा

  •  
  • बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजेश चाम्लिङ राई

    काठमाडौँ, भदौ १५ गते । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ । दुई देशका अधिकारीहरूले बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । दुवै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताउनुभयो ।
    अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।
    चीनको स्वशासित क्षेत्रको तिब्बतसँग जोडिएको यो नाका तातोपानी बन्द भएपछि पहिलो विकल्पको रूपमा प्रयोग हुँदै आएको थियो । ल्हासामा दुवै देशका अधिकारीहरूले संयुक्त विशेष कार्यक्रम गरेर नाकालाई अन्तर्राष्ट्रिय बनाउने सुखद घोषणा गर्नुभएको जनाइएको छ । महावाणिज्यदूत कार्कीका अनुसार नाका सञ्चालनका लागि चीनतर्फको सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ । नेपालतर्फ पनि पूर्वाधार निर्माणको थप काम भइरहेको छ । ‘अन्तर्राष्ट्रिय स्तरको बनाइएपछि दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने छ,’ ल्हासामा रहनुभएका कार्कीले इमेलमार्फत जानकारी दिँदै भन्नुभयो, ‘नेपालले चीनको दीर्घकालीन योजना वन बेल्ट वन रोड (ओबोर) मा हस्ताक्षर समेत गरिसकेको छ । यो नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन भएपछि दुवै देशको सम्पर्क सञ्जाल एवम् व्यापार, पर्यटन र लगानी प्रवद्र्धन हुनेछ । ’
    चिनियाँ अधिकारीले पनि यसलाई जोड दिँदै नाकालाई थप सुविधा सम्पन्न बनाउने बताउनुभएको छ । ‘यस नाकालाई अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिवृद्धि हुनेछ,’ ल्हासामा आयोजित कार्यक्रममा तिब्बत सरकारका सहायक अध्यक्ष लु मेईले राख्नुभएको धारणा उद्धृत गर्दै कार्कीले भन्नुभयो, ‘यसबाट चीनको ओबोर कार्यान्वयन गर्दै नेपालको विकासमा समेत सहयोग पुग्ने छ । ’
    यो नाका भविष्यमा चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग हुने दुवै देशका अधिकारीहरूको विश्वास छ । दुवै देशले यसै नाकामार्फत दुई देशलाई रेलमार्गसँग जोड्ने पहलसमेत गरिरहेको छ । नेपालका तर्फबाट यही मार्ग हुँदै नवलपरासीबाट भारतलाई जोड्ने ठूलो सडकमार्ग निर्माण गर्ने पहल भइरहेको छ । केही वर्षअघिसम्म सीमा क्षेत्रमा रहेका वासिन्दाहरूबीच सामान्य व्यापार आदान प्रदानको काममा मात्र प्रयोग हुँदै आएको यो नाका २०७१ मङ्सिर १५ देखि द्विपक्षीय नाकाको रूपमा सञ्चालन हुँदै आएको थियो ।
    उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिकहरू वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवतजावत गर्नसक्ने अवस्था थियो । दुवै देशले तीन महिनाअघि मात्र जुन महिनामा यसलाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गर्नेबारे कूटनीतिक पत्र आदानप्रदान भएको थियो ।
    एक हजार २३६ किलोमिटर सीमा जोडिएको नेपाल र चीनबीच ठूलो व्यापारिक नाका भने तातोपानी मात्र थियो । नेपालको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध विस्तारित हुँदै जाँदा व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउन सकिने करिब एक दर्जन नाकाहरू चाँडै खुला गरिने सहमति भएको छ । यद्यपि हाल दुई देशबीच रसुवागढी मात्र प्रयोगमा आएको छ । अन्य केही नाकाहरूमार्फत निकै सानो मात्रामा मात्र व्यापार हुने गरेको छ । दुई देशबीच वार्षिक अर्बौं रुपियाँको व्यापार हुने गरेको छ । तर, बलियो पूर्वाधारसहितको स्थल मार्ग नहुँदा तेस्रो मुलुक हुँदै सामान आपूर्ति गर्नुपर्ने बाध्यता छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.