×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भुकम्पबाट चैन खोसिएका ११६ वस्तीका २३६१ घरपरिवार अझै जोखिममा

  •  
  • आइतबार, भदौ ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • जोखिमयुक्त बस्तीका परिवार लाभग्राही हुन थाले,धादिङका १७ परिवार पाँच लाख रुपैया अनुदान पाउन योग्य

    काठमाडौ : विनाशकारी भुकम्पबाट चैन खोसिएका र सपना गुमाएका एक सय १६ वस्तीका दुई हजार तीन सय ६१ घरपरिवार अहिले पनि जोखिममा छन् । भुकम्प गएको २९ महिनाको अवधिमा तीन बर्षात र दुई हिउँद जोखिमयुक्त वस्तीमा विताएका उनीहरुले अर्को हिउँद पनि चैनसँग बस्न पाउने अवस्था देखिएको छैन ।
    करीव नौ हजार जनाको ज्यान लिने गरी गएको भुकम्पपछि सुशील कोइराला,केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा गरी चार जना प्रधानमन्त्री भए तर जोखिमयुक्त वस्तीमा रहेका पीडितहरुको जीवनस्तर जहाँको त्यहि छ । कागजी प्रक्रियामा अल्झिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण पनि राजनीतिक रुपमा भागवण्डाको शिकार भएको छ ।
    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भुकम्प गएको २९ महिनापछि जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाँउमा स्थानान्तरण गर्ने पहल स्वरुप तत्कालका लागि १७ घरपरिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको बताए । लाभग्राही सूचीमा सूचीकृत भएपछि जग्गा खरिदका लागि दुई लाख र नीजि आवास पुनर्निर्माणका लागि थप तीन लाख रुपैया अनुदान उपलब्ध गराउने व्यवस्था छ ।
    प्राधिकरणले हालसम्म एक सय ३६ वस्ती स्थानान्तरण गर्नु पर्ने निष्कर्ष निकालेको छ । ती मध्ये ६० वटा वस्ती पुर्ण रुपमा र ७६ वटा वस्ती आंशिक रुपमा सार्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक सय १६ बस्तीमा दुई हजार तीन सय ६१ घरधूरीलाई स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।
    प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखियुक्त वस्तीलाई सुरक्षित ठाँउमा स्थानान्तरण गरी नमुना एकीकृत वस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । त्यसमा गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा छन् ।
    जोखिमयुक्त वस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तीव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ । उनीहरुले पहिलो चरणमा नक्साको बिस्तृत खाका बनाएर प्राधिकरणसमक्ष प्रस्तुत गरिसकेका छन् ।
    प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो ।
    धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि गाउँका ल्बेक लामा तामाङ, नेम बहादुर तामाङ, सुतमान तामाङ, बल बहादुर तामाङ र चम बहादुर तामाङलाई प्राधिकरणले लाभग्राही सूचीमा राखेको घोषणा गरेको छ ।
    यसैगरी सोही गाउँपालिकाकाको २ नम्बर वडाका रामबहादुर तामाङ, शिर्वा तामाङ, गंग बहादुर तामाङ, फर्वा लामा तामाङ, दाइ बहादुर तामाङलाई पनि लाभग्राहीमा प्राधिकरणले सुचीकृत गरेको छ । त्यसैगरी रक्से लामा तामाङ, मनोज तामाङ, जल बहादुर तामाङ, डेमे लामा तामाङ, सुन बहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राहीको सुचीमा परेका छन् ।
    यस्ता जोखिमयुक्त वस्तीबाट स्वच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख रुपैया दिन्छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

    nnapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.