, नयाँ दिल्ली
भाद्र ८, २०७४- भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई सम्बोधन गर्न आग्रह गरेका थिए । मिडियासँग कुराकानी गर्दै खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए ।
उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए ।
लगतै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधी स्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन् ।
ekantipur


