×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

देउवाको भ्रमणले तातेको दिल्ली र बेइजिङ

  •  
  • बिहिबार, भदौ ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर सौजन्य: प्रेस इन्फरमेसन व्युरो

    कमलदेव भट्टराई, नयाँ दिल्ली

    भाद्र ८, २०७४- यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा  छन् । यति अगाडि नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्दा चीन फ्याक्टरको बारेमा त्यति चर्चा हुने गर्दैनथ्यो । तर यतिबेला भारतको बुद्धिजिवी, मिडिया तथा राजनीतिक दलका नेताहरुको बीचमा नेपाल–भारत सम्बन्धमा चीन फ्याक्टरको विषयमा कुराकानी छलफल भइरहेको छ । देउवाको भ्रमणले यस अगाडि भन्दा दिल्ली र बेइजिङ निकै तातेको देखिन्छ ।

    उता बेइजिङले पनि यो भ्रमणलाई निकै नजिकबाट नियालिरहेको देखिन्छ । चिनियाँ विदेश मन्त्रालय तथा चीनको सरकार निकट रहेका सञ्चारमाध्यमहरुले पनि यस विषयमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

    यता भारतमा पनि टाइम्स अफ इन्डिया लगायतका सञ्चारमाध्यमहरुले प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा बेइजिङबाट आफ्ना संवादाताले तयार पारेका खबरहरु सार्वजनिक गरेका छन् जसलाई देउवाको भ्रमणलाई बेइजिङले कसरी हेरेको छ भन्नेमा केन्द्रित रहेको छ । टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारको शीषर्क छ, ‘नेपालको प्रधानमन्त्री भारत भ्रमणमा, चीन चिन्तामा ।’

    यता चीनको संस्थापन पक्ष निकट मानिने ग्लोबल टाइम्सले देउवाको भारत भ्रमणको विषयमा लामो समाचार प्रकाशित गरेको छ । सो अखवारले भनेको छ, ‘चीन र भारतको बीचमा दोक्लाममा तनाव भइरहेको समयमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण सुरु गरेका छन् ।’

    सो पत्रिकाले सांघाई इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका निर्देशक झाओ ग्याचेङको भनाइलाई उल्लेख गरेको छ । उनले ग्लोवल टाइम्ससँग भनेका छन्, ‘देउवाको भ्रमणको समयमा भारतले दोक्लाम विषयमा आफ्नो पक्ष लिनका लागि दबाब दिन सक्छ तर नेपालाई भने भारत र चीन दुवै आवश्यक पर्ने भएकाले उसले शान्तिपूर्ण समाधानको लागि आग्रह गर्ने छ ।’ उनले नेपालले चीन र भारत विवादको बीचमा नपर्ने नीति लिएको समेत उल्लेख गरेका छन् ।

    सो पत्रिकाले दिल्लीमा धेरै नेपालमा भारत र चीनको प्रतिस्पर्धा बढेको र नेपाल चीनसँग निकट भएको बताउन थालेको उल्लेख गरेको छ ।

    उता चीनको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल–भारतको राम्रो सम्बन्धलाई आफूहरुले स्वागत गर्ने बताएका छन् । प्रवक्ताले भनेका छन, ‘भारतले पनि नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन योगदान गर्नेछ भन्ने आश गरेका छौ ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपाल दुबै आफ्ना महत्वपूर्ण छिमेकी मुलुकहरु भएको उल्लेख गरेकी छन् ।

    यतिबेला भारतका विश्लेषक तथा नेपाल मामिलाका जानकारहरुले भारतले देउवाको भ्रमणको समयमा दोक्लामको विषयमा उठान गर्ने दाबी गरिरहेका छन् तर नेपाली अधिकारीहरुले भने त्यसलाई ठाडै अस्वीकार गरिरहेका छन् ।

    हिजोमात्र एक सार्वजनिक कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजनले नेपाल र चीनको सम्बन्ध भारत र नेपालको सम्बन्धको तहमा कहिल्यै पनि नपुग्ने बताएका थिए । उनले पछिल्लो समयमा नेपाल र भारतको सम्बन्धमा चीन फ्याक्टर जबरजस्ती आउन थालेको बताएका थिए ।

    पछिल्ला वर्षहरुमा नेपाल र चीनको बीचमा बढ्दो सम्बन्धबारेमा देउवासँग भारतीय अधिकारीहरुले के कुरा गरे अथवा गर्दैछन् भन्ने केही कुरा सार्वजनिक भएको छैन । तर एउटा कुरा चाहिँ स्पष्ट भएको छ- नेपाल र चीनबीचको बढ्दो सम्बन्धले भारतमा अलि बढी नै चिन्ता छ भने बेइजिङले भने नेपालले आफूसँग सम्बन्धलाई निरन्तर रुपमा अगाडि बढाओस भन्ने अपेक्षा रहेको स्पष्ट देख्न सकिन्छ । यसले आगामी दिनमा दिल्ली र बेइजिङसँग सन्तुलित सम्बन्ध बनाएर अगाडि बढ्ने कार्य नेपालका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.