×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँ- अध्यक्ष आचार्य

  •  
  • मङ्गलबार, भदौ ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ,  भदौ ६ गते । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ ।

    महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीका रुपमा लैजान आफूले काम गर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गर्नुभयो ।

    महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।

    सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार आचार्य ७३२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको थियो ।

    अन्य पदाधिकारीमा पनि आचार्य नेतृत्वकै प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यमा प्रेस चौतारी नेपाल समूहका प्रतिनिधि विजयी भएका छन् । कुल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।

    निर्वाचित पदाधिकारीमा खुला उपाध्यक्षमा विपुल पोख्रेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेशी सचिबमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र हुनुहुन्छ ।

    यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी र लेखा सदस्यमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की र हरिहरसिंह राठौर विजयी हुनुभएको छ ।

    महिला केन्द्रीय सदस्य जानुका बराल, श्वेता सिह्ना र सृजना अर्याल, दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, उपत्यका केन्द्रीय सदस्यमा गोविन्दप्रसाद चौलागाईं र लेखनाथ न्यौपाने, आदिवासी जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेशी केन्द्रीय सदस्यमा अवधेशकुमार झा र सुरेशकुमार यादव, केन्द्रीय सदस्य अपांगता माधव चम्लागाई, केन्द्रीय सदस्य अल्पसंख्यकमा छेटु शेर्पा, केन्द्रीय सदस्य प्रतिष्ठानमा टीकाराम प्रधान र यम विरही, केन्द्रीय सदस्य एशोसिएटमा पवन आचार्य र राधेश्याम दाहाल विजयी हुनुभएको छ ।

    यस्तै प्रादेशिक केन्द्रीय सदस्यमा प्रदेश नं १बाट उद्धव तिम्सिना र सटेन्द्र जवेगु, प्रदेश २ बाट देवकुमार यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट कृष्ण गिरी र द्धारीका काफ्ले, प्रदेश ४ बाट नवीनराज कुइँकेल र रामकृष्ण ज्ञवाली, प्रदेश नं ५बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी, प्रदेश नं ६ बाट पूर्णप्रसाद चौलागाईं र कलेन्द्र सेजुवाल र प्रदेश नं ७ बाट मीन बम, उत्तरसिंह विष्ट र श्यामदत्त भट्टले बराबर मत प्राप्त गर्नुभएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.