×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुपर जोनले ल्यायो तरकारीमा नयाँ प्रविधि

  •  
  • बिहिबार, भदौ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरि बास्तोला

    पोखरा, भदौ १ गते । बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन् । यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो ।

    नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन (तरकारी) अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको विभिन्न पाँच स्थानका कृषक हरितगृह निर्माण गरी मौसमी एवम् बेमौसमी बिरुवा र तरकारी उत्पादनमा जुटेका हुन् ।

    ‘आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण’ भन्ने मूल नाराका साथ सरकारले शुरु गरेको यो परियोजनाबाट अनुदान लिएर कृषकले पहिलोपटक हेम्जा, गगनगौडा, सुन्दरीबजार, चाउथे र मझेरीपाटनमा हरितगृह निर्माण गरिसकेका छन् ।

    शिशुवामा कृषि प्रविधि केन्द्र, लामातरा र पुम्दीभुम्दीमा स्थलगत तालिम केन्द्र, फलेपाटनमा प्राङ्गारिक मल, बाँझापाटनमा पोष्ट हर्भेष्ट, नागढुङ्गामा कस्टम हाइरिङ्ग र कालिकास्थानमा सिँचाइ योजना सञ्चालन भइरहेको परियोजना प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार परियोजनाको ८५ प्रतिशत र १५ प्रतिशत सम्बन्धित फर्मको लगानी हिस्साका आधारमा जिल्लामा व्यावसायिक तरकारी खेती विकास तथा विस्तारका लागि कूल रु ११ करोड ६१ लाख ७० हजार विनियोजन भएको थियो ।

    समयाभाव र आवश्यक सामग्री र जनशक्तिसमेत परनिर्भर हुनु पर्दा आव २०७३÷७४ को अन्तिमसम्ममा लगभग ६ करोड रुपैयाँ मात्रै लगानी हुनसक्यो । विषादी र माटो परीक्षण उपकरण खरिदको रकम फिर्ता भयो । यो प्रविधि अपनाउँदा सिधै घाम, पानी, किरा प्रवेश गर्न नसक्ने र बिरुवालाई आवश्यकताअनुसार लगभग पाँच डिग्रीसम्म तापक्रम तल–माथि गर्न सकिने जानकारी दिँदै उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधियुक्त हरितगृहमा उत्पादित गुणस्तरीय बिरुवाले जिल्लामा तरकारी खेती विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । कास्कीलाई तरकारीमा आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य छ ।”

    कास्की जिल्लामा कूल एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार गर्ने परियोजनाको कार्यक्रम छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “कस्टम हायरिङ्ग सेन्टरका लागि ५० प्रतिशत र पोष्ट हार्वेष्टका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।” जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्राङ्गारिक मल कारखाना तथा सहयोगजस्ता कार्यक्रम पनि परियोजनाले समेटेको उहाँको भनाइ छ ।

    आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादन, जैविक खेतीको सम्भाव्यता, उत्पादनमा वृद्धि, असिना, हावाहुरी, रोगकिराबाट सुरक्षा र श्रमको सदुपयोग हुने हुँदा हरितगृह प्रविधिबाट कृषकले बढी फाइदा लिनसक्छ । यसका साथै जैविक तरकारी उत्पादन हुने हुँदा उपभोक्ताका लागि स्वास्थ्यवर्धक हुने कृषि विज्ञ वीरेन्द्र हमालले बताउनुभयो ।

    पोखराका पाँचै स्थानमा हरितगृहको भौतिक संरचना तयार भई सके पनि थोपा सिँचाइ सेट जडान, माटो परीक्षण, चुना छर्ने, खनजोत गरी ब्याड छुट्याउने काम बाँकी नै रहेको जानकारी दिँदै उहाँले नाइट्रोजन, पोटासियम र फस्फोरसको मात्रा मिलाएर तरकारी खेतीका लागि बारी तयार गरिनु पर्ने बताउनुभयो ।

    माटो र पानीको अभावमा पनि कृषिमा आत्मनिर्भर देश इजरायलबाट शुरु गरिएको हाई टेक प्रविधिअन्तर्गत प्रयोग भएको युवि प्लास्टिक र आल्मुनियम नेट सामान्यतः पाँच वर्ष र इन्सेक्ट नेट लामो समय टिक्ने अर्का कृषि विज्ञ राजेन्द्रजङ्ग रायमाझीले बताउनुभयो । उहाँले विगत छ वर्षदेखि सोही प्रविधिबाट व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । आलु गाउँका रुपमा परिचित पोखरा लेखनाथ महानगरपालिका–२५ को हेम्जामा ११ वटा कृषि सहकारीको सहकार्यमा लभगभ आठ रोपनी क्षेत्रफलमा हरितगृह निर्माण गरी स्वस्थ तरकारी एवम् बिरुवा उत्पादन गर्ने तयारी भइरहेको देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिग्राम बास्तोलाले जानकारी दिनुभयो ।

    हाई टेक निर्माण भएर पनि समयमा प्राविधिक सुविधा प्राप्त गर्न नसक्दा उत्पादन बजारमा ल्याउन ढिलो भएको बताउँदै उहाँले तीन हजार ४५६ वर्गमिटरको हरितगृहमा गोलभेँडा, क्याप्सिकन, तने बोडी लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा परियोजनाको ८५ लाख अनुदान र १५ लाख आफ्नै लगानीसहित एक करोडको लागतमा पाँच रोपनी क्षेत्रफलमा तीन हजार १२३ वर्गमिटरको हरितगृहभित्र विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी उत्पादन गरी निकट भविष्यमा बजारमा ल्याउने घले कृषि फर्मका सञ्चालक केवल गौतमको योजना छ ।

    ह्विलचियरको सहायतामा विगत लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका गौतमले मनग्य आम्दानी गर्दै शारीरिक रुपमा अपाङ्ग भएर पनि समाजका सपाङ्गलाई चुनौती दिँदै आउनुभएको छ । हरितगृहभित्र बजारको माग अनुसारका तरकारीका साथै रसियन काँक्रो उत्पादन गरेर बजारमा ल्याउन उहाँ जुटिरहनुभएको छ । हाई टेक निर्माणका लागि आवश्यक सामग्री, प्रविधिज्ञ र मजदुरसमेत भारतबाट ल्याउनुपर्ने र समयाभावका कारण तोकिएको अवधिमा तरकारी र बिरुवा उत्पादन गर्न नसकिएको सुपर जोन सञ्चालक समितिका उपाध्यक्ष मीना गुरुङ बताउनुहुन्छ ।

    पहिलो वर्ष मुलुकका सातै प्रदेशको एक–एक जिल्लाका ४१ स्थानमध्ये काभ्रेमा आलु, बारामा माछा, झापामा धान, कास्कीमा तरकारी, दाङमा मकै, कैलालीमा गहँ जुम्लामा स्याउ खेतीतर्पm सात हजार हेक्टर क्षेत्रफलमा पाँच अर्ब ७८ करोड ७५ लाख लगानी भएको प्रधानमन्त्री सुपर जोन कार्यक्रमका निर्देशक अच्युत ढकालले जानकारी दिनुभयो । सिन्धुलीको जुनार खेतीलाई सुपर जोनअन्तर्गत विकास गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

    दोस्रो चरणमा रु पाँच अर्ब ४३ करोडको लगानीमा थप पाँच विशेष बालीसहित ११ जिल्लामा सुपर जोन कार्यक्रम लागू गर्ने तयारी भइरहेको छ । सुपर जोन कार्यक्रमअन्तर्गत मुलुकका ७५ वटै जिल्लामा कृषि विकास कार्यालयमार्पmत कृषिको पकेट र ब्लक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.