×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

डोक्लम मुद्दामा नेपालको तटस्थता कायम होस् : चीन

  •  
  • मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिनियाँ कम्युुुुनिस्ट पार्टीका पोलिटब्युुुुरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङलाई सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै पर्यटनमन्त्री जीतेन्द्र देव । तस्बिरः सुुुुलभ श्रेष्ठ

    सन्तोष घिमिरे

    काठमाडौं : चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ ।

    नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले अन्नपूर्णलाई बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए ।

    ‘डोक्लम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो । नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ’, एक चिनियाँ अधिकारीले सोमबार अन्नपूर्णसँग भने । ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए ।

    चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।

    डोक्लममा चीन र भुटान दुवैको दाबी छ । चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ ।
    नेपालको परराष्ट्र मन्त्रालयले वाङको भ्रमण डोक्लम समस्यासँग नजोडिएको बताएको छ । ‘चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो । यो आकस्मिक होइन । डोक्लम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर यो भ्रमणलाई लिन जरुरी छैन’, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने । उनले नेपाल डोक्लम समस्या युद्धबाट नभई शान्तिपूर्ण वार्ताबाट समाधान होस् भन्ने चाहेको बताए ।

    ‘हामीले यो विवादमा कुनै पक्षको पनि समर्थन गरेका छैनौँ । यस मामिलामा हाम्रो तटस्थ रहने नीति स्पष्ट छ’, उनले हालैको अन्तरक्रियामा पत्रकारसँग भनेका थिए । चीन र भारतका काठमाडौंस्थित राजदूतसँग नेपालको पोजिसन स्पष्ट पारिसकिएको उनले बताए । उनले चीन र भारत दुवैले नेपाललाई डोक्लम मुद्दामा समर्थन गर्न दबाब नदिएको बताएका थिए । तर, यही साता नेपाल भ्रमण गरी फर्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवासँग डोक्लम मुद्दाबारे एकल भेटमा कुराकानी गरेको र आसन्न देउवाको भ्रमणमा सो मुद्दा उठ्न सक्ने चिनियाँ पक्षको आशंका देखिएको नेपाली अधिकारीले बताए ।

    चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

    चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।पर्यटन तथा संस्कृतिमन्त्री जितेन्द्र देवले उपप्रधानमन्त्री वाङ नेतृत्वको २१ सदस्यीय चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा ६ः१५ बजे स्वागत गरेका थिए । चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए । त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन ।

    वाङसँग दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना छन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ । उनले सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजय गच्छदारसँग मंगलबार मध्याह्न होटल सोल्टीमा औपचारिक द्विपक्षीय वार्ता गर्दै छन् । त्यसलगत्तै भ्रमणमा चीनले नेपाललाई सहयोग उपलब्ध गराउनेसम्बन्धी तीन समझदारीपत्रमा बुधबार हस्ताक्षर हुनेछ । गच्छदारले चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा दिवाभोज दिनेछन् ।

    मंगलबारै वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेट्नेछन् । बुधबार बिहानदेखि कीर्तिपुरस्थित नेसनल आयुर्वेदिक रिसर्च सेन्टर भ्रमण, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता तय भएको छ ।

    राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार अपराह्न शिष्टाचार भेटवार्ता तय भएको छ । बिहीबार बिहान वाङ बेइजिङ फर्किनेछन् । ८ः३० बजे परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ उपप्रधानमन्त्रीलाई विमास्थलमा बिदाइ गर्नेछन् । भ्रमणमा चीनले नेपाललाई थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै, पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौतामा हस्ताक्षर हुनेछ ।

    चीनले सन् २०१५ देखि २०१८ सम्मका लागि तीन अर्ब चिनियाँ आरएमबी उपलब्ध गराएको भए पनि हालसम्म एक अर्ब मात्रै उपयोग भएको छ । अर्थसचिव शान्तराज सुवेदीका अनुसार पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अर्थसचिव सुवेदीले जानकारी दिए ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारले आवश्यक पूर्वतयारी नगरेपछि अक्टोबरका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल यात्रा रद्द भएको थियो । चीनबाट उच्चस्तरीय भ्रमणका लागि कांग्रेस-माओवादी गठनबन्धन सरकारले कूटनीतिक पहल जारी राखेका थिए । यहीबीच राष्ट्रपति सीनिकट रहेका चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको हो । जानकार स्रोतका अनुसार नोभेम्बरपछि वाङ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा निर्वाचित हुनेछन् ।

    नेपाल-चीनबीच ६२ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता राजनीतिक, आर्थिक, रणनीतिक, सांस्कृतिक र सामाजिक सम्बन्धले नयाँ गति लिइरहेका बेला चीनबाट उच्चस्तरीय भ्रमण भएको छ। पाकिस्तानको ७० औँ स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भई उनी चार्टर्ड फ्लाइटबाट काठमाडौं उत्रिएका हुन् । विमानस्थलबाट चिनियाँ प्रतिनिधिमण्डल होटल सोल्टी पुगेको थियो । सरकारले चिनियाँ प्रतिनिधिमण्डलका लागि उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

    वाङले बुधबार बिहान वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माणको शिलान्यास गर्नेछन् । भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबारको पुनर्निर्माणका लागि चीनले अनुदान सहयोग उपलब्ध गराइसकेको छ । द्विपक्षीय वार्तामा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रही सहकार्य अघि बढाउन सहमति नेपाल-चीनबीच भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल हुने अधिकारीले बताए । नेपाल मे १२ मा बेल्ट एन्ड रोड अवधारणाको साझेदार बनेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा हस्ताक्षरित पारवहनलगायत १० सम्झौता कार्यान्वयनबारे पनि छलफल हुनेछ ।

    चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणमा बेल्ट एन्ड रोड अवधारणाअनुसार नेपालमा पूर्वाधार विकास, चिनियाँ लगानी भित्र्ययाउन, पर्यटन प्रवद्र्धन, कृषि र वाणिज्य क्षेत्रमा सहकार्य गर्नेलगायत आधा दर्जन विषयमा छलफल हुनेछ ।

    चिनियाँ औपचारिक टोलीमा स्टेट काउन्सिलका डेपुटी सेक्रेटरी जनरल जियाङ् जेलिन, भाइस मिनिस्टर अफ नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका वाङ् सियोताओ, भाइस मिनिस्टर अफ मिनिस्ट्री अफ कमर्स यु जियानहुवा, असिस्टेन्ट मिनिस्टर अफ फरेन अफेयर्स कोङ् सुन्यायलगायत छन् । तर, औपचारिक टोलीबाहेक सञ्चारकर्मी, सुरक्षाकर्मीसहित अन्य ३० भन्दा बढी सहभागी छन्।

    ६२ वर्षीय उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामा वाङ पनि एक हुन् । वाङ सन् १९७२ मा चिनियाँ कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.