, चितवन
श्रावण ३०, २०७४- नारायणगढ मुग्लिन सडकखण्ड सुचारु भएको छ । आइतबार राति करिव ८ बजे पाँचकिलोमा गएको पहिरो पन्छाएपछि सोमबार सवा १० बजेदेखि सवारी आवागमन सुचारु भएको हो ।
५ किलोको चोरखोलामा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । उक्त ठाउँमा ठूलो ढुंगा खसेकोले राति पन्छाउन कठिनाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्याल प्रमुख सन्तोष पन्तले बताए । उनले भने, ‘आज बिहान ढुंगा हटाएपछि सडक खुल्यो र दुइतर्फी नै सवारी आवागमन जारी छ । पहिरो खसेको ठाउँमा पानी रोक्किएको छ । अब अप्ठ्यारो नहोला ।’
सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५:१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।
ekantipur


