×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

  •  
  • सोमबार, साउन ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवबहादुर कुँवर

    काठमाडौँ, साउन ३० गते । केही दिनदेखिको अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६६ पुगेको छ । यसैगरी ५३ जना बेपत्ता र २८ जना घाइते भएका छन् ।
    मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण एक हजार ५०० वटा घरमा क्षति पुगेको छ । तीमध्ये ३५० पूर्ण रूपमा क्षतिग्रस्त भएको, ३४ वटा सरकारी संरचनामा क्षति पुगेको, ३९७ चौपाया मरेको, ३४ हजार ८४३ वटा घर डुबानमा परेको छ ।
    बाढीपहिरोबाट मुलुकका करिब २५ वटा जिल्ला प्रभावित भएका छन् । तीमध्ये तराईका ११ वटा जिल्ला अतिप्रभावित भएका छन् । सुनसरीमा आठ जनाको मृत्यु तथा पाँच जना बेपत्ता र रौतहटमा सात जनाको मृत्यु भएको छ ।
    त्यस्तै मोरङमा पाँचको मृत्यु तीन बेपत्ता, पाँचथरमा एकको मृत्यु तीन बेपत्ता, झापामा चारको मृत्यु चार बेपत्ता, सर्लाहीमा तीन, बारामा दुई, सिन्धुलीमा चार, धनुषामा एक, पाल्पामा एक, बाँकेमा चार, सुर्खेतमा तीन र कैलालीमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
    मकवानपुरमा एकको मृत्यु र एक बेपत्ता, दाङमा दुई बेपत्ता तथा दुई घाइते र बर्दियामा तीनको मृत्यु र तीन जना घाइते भएका छन् ।
    तराईका प्रायः सबै स्थान बाढीको चपेटामा परेका छन् । तीमध्ये सुनसरी, मोरङ, सप्तरी, झापा, रौतहट, बारा, चितवन, बाँके, बर्दिया र कैलाली बाढीबाट बढी प्रभावित भएका छन् ।
    पहिरोबाट पाँचथर, तेह्रथुम, मकवानपुर, सिन्धुली, पाल्पा, गुल्मी, सुर्खेत लगायतका पहाडी जिल्ला प्रभावित भएको जानकारी पनि गृह मन्त्रालयले दिएको छ । सप्तकोसी र नारायणी नदीको बहाव उच्च रहेकाले सुरक्षित रहन रातो झन्डा तथा साइरन घन्टी बजाएर स्थानीयवासीलाई सचेत गराइएको जनाएको छ ।
    खराब मौसमका कारण सैनिक हेलिकोप्टरले उडान गर्न नसक्दा उद्धारमा केही समस्या देखिएको स्पष्ट पार्दै मन्त्रालयले स्थानीय स्रोतसाधन प्रयोग गरी जिल्लामा तैनाथ सुरक्षा निकाय, रेडक्रसका प्रतिनिधि, गैरसरकारी सङ्घसंस्था तथा उद्योगी व्यवसायीहरूसँग आग्रह गरेको छ ।

    ‘केन्द्रीय कमान्ड पोस्ट’ स्थापना
    बाढीपहिरो पीडितहरूको उद्धार तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री जनार्दन शर्माको संयोजकत्वमा ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ ।
    पोस्ट गठनसँगै बाढीपीडितको उद्धारकार्य चुस्त तथा प्रभावकारी बनाउन र उनीहरूको पुनःस्थापना गरी राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
    गृहमन्त्री शर्माले आइतबार बाढी प्रभावित बाँके जिल्लाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । बाँकेको राप्ती सुनारी र फत्तेपुरमा पुगेर मन्त्री शर्माले बाढीपीडितसँग छलफल गर्नुभएको उहाँका प्रेस सहयोगी राजेश भण्डारीले जानकारी दिनुभयो ।
    उहाँले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्रीका साथै खानेपानी र औषधि उपचार सहितको स्वास्थ्यकर्मीको टोली तत्काल घटलास्थल परिचालन गर्न निर्देशन दिनुभयो । उद्धार तथा पुनःस्थापना कार्यलाई तदारुकतासाथ अगाडि बढाउन मन्त्री शर्माले निर्देशन दिनुभयो ।
    मन्त्री शर्मा सोमबार बिहान पूर्वी नेपालका बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । स्थानीय प्रशासन कार्यालयमार्फत यातायात सेवा सुचारु राख्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई प्रभावितहरूको सेवामा जुट्न मन्त्रालयले निर्देशन दिएको छ ।
    उद्धारमा करिब १० हजार सुरक्षाकर्मी
    बाढीपहिरो पीडितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकोप्टर, मोटरबोट, ¥याफ्टिङ बोट, डोरी तथा ट्युब लगायतका उद्धार सामग्रीसहित नेपाल प्रहरीका पाँच हजार छ सय, सशस्त्र प्रहरीका एक हजार सात सय र नेपाली सेनाका दुई हजार एक सय जना गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    बाढीपहिरोबाट विस्थापितहरूको तत्काल राहतका लागि सम्बन्धित जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिहरूबाट आवश्यक खाद्यान्न चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नुन, तेल, पानी लगायतका सामग्री खरिद गरी वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
    नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट खाद्य सामग्री वितरण गर्ने, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्गलगायत सडक पुलहरू सुचारु गराउने र स्वास्थ्य मन्त्रालयबाट औषधि सहितको स्वस्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाएको जनाइएको छ ।
    देशका विभिन्न नदीहरूको जलसतह बढिरहेको र केही नदीको जलसतह खतराको तहभन्दा माथि रहेको हुँदा प्रभावित जिल्लामा रहेका स्थानीय सञ्चार माध्यमबाट सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.