भबिश्वर पाण्डे/कावासोती, नवलपरासी
साउन २७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले एक महिनामा १७ हजार लाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ ।

‘सवारीको गति सिमित राखौ, बाचौ र बचाउ’ भन्ने नारा सहित जिल्ला ट्राफिक प्रहरी नवलपरासीले १० हजार चालक र ७ हजार सर्बसाधरणलाई सवारी दुर्घटना सम्बन्धी सचेत बनाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक धम्रेन्द्र रावलले बताएका छन् । गत आसर २४ गते बाट साउन २६ गते सम्म अभियान नै बनाएर ट्राफिक प्रहरीले चालक र सर्बसाधरणहरुलाई प्रशिक्षण दिएको हो ।

प्रहरी जागिरको आधा जिवन ट्राफिक प्रहरीमा बिताएका जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मे्रन्द्र रावाल नवलपरासी आएपछि सवारी दुर्घटनामा न्युनिकरणमा उनले सक्रियाता बढाएका छन् । उपत्यकामा ट्राफिक प्रहरीमा रहेर करिब १५ बर्ष काम गरेका रावाल नवलपरासी आउने अन्य ट्राफिक प्रमुख भन्दा फरक रहेको देखिएका छन् । सवारी दुर्घटना न्युनिकरणको लागी रावल दिनहु नया योजना बनाउन ब्यस्त हुने गरेको बताएका छन् । पश्चिम नेपालको सबै भन्दा बढी दुर्घटना हुने जिल्ला नवलपरासी हो ।

त्यसमा पनि सबै भन्दा लामो राजमार्ग एक सय किलोमिटर क्षेत्र पर्ने नवलपरासीमा सवारी दुर्घटनामा कमि राख्न ग्राहो मानिन्छ । गत आर्थिक बर्ष २०७३÷७४ मा मात्रै नवलपरासीमा सवारी दुर्घटनामा परी १ सय ३५ जनाको मृत्यु भएको छ । जिल्लामा रहेका लामो रार्जमाग , पहाडी क्षेत्रमा ८ बर्ष देखि स्तरउन्नती नभएका बाटोहरु र चालकको लापरबाहीले सवारी दुर्घटना बढी भएको जिल्ला ट्राफिक प्रमुख रावलले बताए ।

एक महिनामा हरेक दिन फरक फरक स्थानमा चालक सँग ट्राफिक प्रहरी ३ मिनेट भन्दै एउटा सवारी चालकलाई तिन मिनेट प्रशिक्षण गराउदा एक महिनामा १० हजार भन्दा बढी चालकलाई प्रशिक्षण गराएको जिल्ला ट्राफिक प्रहरी कार्यलयमा तथ्याङ् रहेको छ । भने जिल्लाको ६७ चोक चौराहमा सर्बसाधरणहरु भेला गरी ७ हजारलाई दुर्घटना न्युकरण सम्बन्धी प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हवल्दार पदम बढुले जनाएका छन् ।

एक महिनामा सवारीको गति सिमित राखौ, बाचौ र बचाउ भन्ने नारा सहित नवलपरासी जिल्लामा रहेको सडकको अवस्था जिल्लाको भौगोलिक अवस्था , सडकमा हुने गरेको सडक सकेतको भाषा र कसरी दुर्घटनामा कमि ल्याउने भनेर उक्त्त १७ हजारलाई प्रशिक्षण दिएको ट्राफिक प्रहरी हवल्दार बढुले बताए । उक्त्त अभियान जिल्ला भरी जुनसुकै समयमा पनि गरीने र उक्त्त अभियान आफ्नो जनशक्त्ति अनुसार अगाडि बढाई रहने जिल्ला ट्राफिक प्रहरी प्रमुख धम्रेन्द्र रावलले बताएका छन् ।



