कैलासबावु श्रेष्ठ/गोरखा
साउन २७ गते । चितवनको नारायणगढमा नेपाली कथानक चलचित्र ‘संरक्षण’को रेड कार्पेट प्रिमियर शो भएको छ । लक्की मिडिया हाउस चितवनले कलाकारहरुको साथमा बुधवार साँझ जलमाको क्यूएफएक्स हलमा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरिएको हो ।

आजै बाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचत्रि संरक्षणको नारायणगढमा रेर्ड कार्पेट प्रिमियर शो भएको हो । चलचित्रको कथा दर्शकले रुचाएको मिडिया हाउसका सञ्चालक हरी कार्की ‘लक्की’ले बताए । चलचित्रले नेपाली समाजको वर्तमान राजनीतिक अवस्थालाई केन्द्रित गरिएको छ । चलचित्रको प्रिमियरमा कलाकार तथा मिस नेपाल सन् २०११ मलिना जोशी, अशिष्मा नकर्मी, कलाकार तथा संरक्षण फिल्मका निर्माता नन्दु श्रीवास्त, एफडि कम्पनीका अध्यक्ष तथा संरक्षण फिल्मका निर्माता नरेन्द महर्जन, निर्देशक पुणेन्दु झा, कलाकार सुशान्न श्रेष्ठ, राजु कट्टुवाल, प्रमोद अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल चलचित्र संघका सचिव एवं निर्माता चेतबहादुर सिंह ‘राजा’, चलचित्र ब्वाईफेण्डका निर्माता लायन कृष्ण खनाल, चकलेटि नायक पुष्कर रेग्मि सहभागी भएका थिए । सोही अबशरमा मिडिया हाउसले कलाकारहरु चेतबहादुर सिंह ‘राजा’, फिल्म ब्याईफेन्डका निर्माता लायन कृष्ण खनाल, चकलेटी नायक पुष्कर रेग्मी, नायक विरेन डिसि, कलाकार सन्त लामा, क्यूएफएक्स जलमा हलका सञ्चालक विरनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यस्तै मिस नेपाल २०११ तथा संरक्षण चलचित्रकी नायिका मलिना जोशी, नायिका आशिष्मा नकर्मी, नेपाल चलचित्र संघका अध्यक्ष तथा संरक्षणका निर्माता प्रदिपकुमार उदय, कलाकार तथा संरक्षण चलचित्रका निर्माता नन्दु श्रीवास्तव, एफडि कम्पनीका अध्यक्ष तथा चलचित्र संरक्षणका निर्माता नरेन्द महर्जन, निर्देशक पुणेन्दु झा, चलचित्र संरक्षणका कलाकार सुशान्त श्रेष्ठ, राजा कटुवाल, प्रमोद अग्रहरीलाई मायाको चिनो दिएको थियो ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्देशक तथा चर्चित युवा व्यवसायी तथा समाजसेवी राहुलकुमार सिंहको उपस्थिति समेत रहेको थियो ।


तस्बिर हरी कार्की ‘लक्की’


