नबिन लामिछाने /मनाङ्ग
साउन २७ गते । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि १७ करोड १३ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पहिलो गाउँपालिका भेलावाट गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडिवुटि, पर्यटन र पुर्वाधारमा जोड दिँदै बजेट प्रतुत गरेकी हुन् ।
गाउँपालिकाको बजेट मध्ये पुजितर्फ १ करोड ८९ लाख २५ हजार र चालु तर्फ ५ करोड १२ लाख ८० हजार रहेको छ । त्यस्तै सशर्त अनुदानमा ६ करोड १० लाख ७१ हजार, सामाजिकरण अनुदानमा १० करोड रुपैयाँ रहेको गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले जानकारी दिइन् ।
जसमध्ये शिक्षामा १६ लाख ५० हजार, स्वास्थ्यमा ३४ लाख ३१ हजार, सामाजिक विकासमा ८४ लाख ५० हजार, आर्थिक विकासमा ४८ लाख २५ हजार , विनियोजन गरिएको छ ।
पूर्वधार विकास १ करोड ८९ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ५६ लाख ३ हजार रुपैयाँ विनियोजन गरीएको छ ।
त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाह शुसासनमा ९४ लाख ४६ हजार, सेवा र क्षमता विकास ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मत सम्भारका लागि १ करोड १३ लाख ५० हजार, सिन्चाइ तथा खाने पानी २४ लाख ७५ हजार र विद्युत तर्फ ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।
हिमाली जिल्लाको पहिचान यहाँका हिमतालहरुको संरक्षण गरी विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाइ विशेष वजेट समेत ल्याइएको छ ।
लोपउन्मुख जनावरहरु हिमचितुवा, घोरल, नाउर, मृग जस्ता जनावरहरुको संरक्षण गरी सुचना तथा संचारलाइ पनि यस वजेटले समेटेको छ ।
मनाङ नेस्याङ गाउँपालिकाको बजेट १७ करोड
मनाङ नेस्याङ गाउँपालिकाको बजेट १७ करोड
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


