सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्थाले रिले अनशन सुरु गरेको हो। भरतपुरको चौविसकोठीमा अनशस सुरु हुनुअघि एलायन्सले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाएको थियो। डा.केसीको माग स्वास्थय शिक्षा र चिकित्सा क्षेत्रलाई जनमुखी बनाउने उद्देश्यले आएको कारण अबिलम्ब ती मागहरु पुरा हुनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ।
‘अब हामी माग पुरा नहुँदासम्म छ–छ घण्टाका दरले दिनमा चार टोली बनाइ पालै पालो अनशनमा बस्ने छौं’ एलाइन्सका चितवन संयाुजक अमर घिमिरेले बताए। डा.गोविन्द केसी आठौं पटक अनशनमा बस्न सुरु गरेदेखि नै उनको समर्थनमा घमिरे लगायतका युवाले चितवनमा प्रदर्शन गर्दै आएका छन्।
यस पटक पनि एलायन्सले साउन १३ गतेबाट चौबिस कोठी चोकमा साँझपख साढे पाँच बजेदेखि छ बजेसम्म आधा घण्टा नियमित प्रदर्शन गर्दै आएको छ । अनशनसँगै प्रदर्शन पनि जारी नै रहने संयोजक घिमिरेले बताए । अनशन र प्रदर्शनमा सरिक हुन घिमिरेले अपिल पनि गरेका छन् ।
nagariknew




















