×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दुबई र मलेसियाबाट छोरा फर्किएपछि सामूहिक दाहसंस्कार (फोटो फिचर)

  •  
  • बुधबार, साउन २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    समाजकै अगुवालाई पहिरोले लगेपछि गाउंले शोकमा

    देवचन्द्र भट्ट

    उत्तरगया (रसुवा): परदेशमा रहेका छोरासंग टेलिफोनमा कुराकानी गरेको १५ मिनेटमै रसुवाका सामाजिक अगुवा धर्मवहादुर थापामगरलाई भीषण पहिरोले लगेपछि गाउं नै शोकमा डुवेको छ। दुवइमा रहेका काहिलो छोरा वावुरामसँग आइतवार राती पौने आठ वजे टेलिफोनमा कुराकानी गरेका ७७ वर्षीय वृद्ध धर्मवहादुरलाई केहि वेरमा घरमाथिवाट आएको लेतेपहिरोले पुरेपछि गाउंवासीले अभिभावक गुमाएको पीडामा छटपटीमा परेका छन्।


    २७ महिना अगाडिको विनासकारी भुकम्पले पूरानो घर भत्केपछि धर्मवहादुरको परिवार अस्थायी टहरोमा वस्दै आएको थियो । धर्मबहादुर १५ लाख रुपैया खर्च गरी वनाएको भुइतले चार कोठे पक्की घरमा शुक्रवार मात्र सरेका थिए । मुसलधारे पानी परिरहेका वेला घरमाथिवाट आएको अनौठो धड्याम्म आवाजसहितको पहिरोले धर्मवहादुरसहित ३५ वर्षीया वुहारी मुना, चार वर्षीय नाती रविन र वर्षौंदेखि घरमा काम गर्दै आएका ७८ वर्षिय भक्तवहादुर नगरकोटीलाई पुर्‍यो ।

    सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको लामो खोजतलासपछि धर्मवहादुरका वुहारी, नाती र कामदारको शव २० घण्टापछि फेला पारेपनि पहिरोमा वेपत्ता उनको शव ३९ घण्टापछि फेला पारिएको छ । धर्मवहादुरको निधनले गाउंकै एउटा नक्षत्र अस्ताएको स्थानीय उत्तरगया गाउंपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

    गाउंमा शिक्षाको जागरण फैलाउनुपर्छ भन्ने सकारात्मक धारणाका धर्मवहादुर गाउंको कालिका प्राविका संस्थापक अध्यक्ष, तत्कालीन गाविसका अध्यक्ष, जिविस रसुवाको क्षेत्रीय सदस्य तथा उपसभापतिसमेत भएका थिए ।

    भुकम्पका समयमा गाउंमा समावेशी रुपमा राहत, उद्धार तथा आवास पुर्ननिर्माणको कार्यमा सरिक रहेका धर्मबहादुरको निधनले सारा गाउं त शोकमा परेको छ नै, अविभावक गुमाएर रानो हराएको माहुरी जस्तै हुनु परेको स्थानीय मालिका प्राविका प्रधानाध्यापक पुर्णवहादुर घलेले बताए ।

    छोरा वावुरामसंग सुखदुखका कुराकानी गरेका धर्मवहादुरले छोराको अन्तिम वोली टेलिफोनमा सुनेको केहि मिनेटमैे डाडावारीको सामूदायिक जंगल वढारेर घरमाथिवाट आएको भीमकाय पहिरोमा आफुलाई विलिन गराए । विदा मिलाएर केहि महिनामा घर फर्किन्छु भनेर पत्नी मुनासंग पनि टेलिफोनमा कुराकानी गरेका वावुरामले वावुसंगै श्रीमती र छोरा गुमाउनु पर्दा मुटु नै चुडिएसरी विक्षिप्त भएका छन् ।


    वावुराम मंगलवार दुवइवाट फर्किएर निधन भएका आफ्ना पिता, श्रीमती र छोराको अन्तिम संकारमा सहभागी भएका छन् । आफ्नो जीवन नै उजाड हुंदा उनले आफ्नो भाग्य र गरिवीलाई दोष दिएका छन् । उनी १२ वर्षदेखि विदेशिएका थिए । वर्ष÷वर्षमा विदा मिलाएर आउंथे । अहिले परिवारै गुमाउनु पर्दा पृथ्वी अध्यांरो भए जस्तो भएको आफन्त ज्ञानु मगरले आंसु झार्दै भनिन् ।

    भुकम्पमा साहिलो छोरा ३२ वर्षीय किशोरकुमार थापालाई गुमाएका मृतक धर्मवहादुरले जेठा छोरा ३६ वर्षीय राजेन्द्रकुमार थापामगरलाई जण्डिस विग्रिएर गत वर्षको साउन २९ गते गुमाएका थिए । किशोरकी श्रीमती २६ वर्षीया देवकी भुजेल सोहि पहिरोमा परी गम्भीर घाइते भएकी छिन् ।

    एक वर्षमा लगातार दुई छोरा गुमाएका धर्मबहादुरले काहिलो छोरा वावुराम र कान्छो छोरा रामचन्द्र थापामगरको मुख हेरेर चित्त वुझाउंदै आएका थिए । पहिरोले धर्मबहादुरलाई लगेपछि आफुहरु निकै विक्षिप्त भएको उनका सालो भरतमान घलेले बताए ।

    धर्मवहादुरका कान्छो छोरा रामचन्द्र थापामगर समेत दुई महिनादेखि मलेशियामा कार्यरत थिए । उनी पनि मंगलवारै पहिरेवेशी आएर दिवंगत पिता, भाउजु र भजितोको अन्तिम संस्कारमा सहभागी भएका छन्।


    केहि दिन अगाडि मात्र गाउंलाई वाढीपहिरोवाट जोगाउन त्रिशूली नदीमा तारजाली राख्नु पर्ने र सामूदायिक जंगल र पहरोमा वांस, नेपियरलगायतका घांस रोप्नु पर्ने योजना सुनाएका धर्मवहादुरको योजना पहिरोले लगेको छ । अव सवैले धर्मबहादुरका योजना सफल वनाउन क्रियाशील भएर लाग्ने भान्जा श्यामवहादुर थापामगरले वताए ।

    मृतकको सामूहिक संस्कार 
    रसुवाको दक्षिणी भेगमा रहेको पैरेवेशीमा घर माथिवाट आएको पहिरोले घर पुर्दा मृत्यु भएका एकै परिवारका चार जनाको मंगलवार त्रिशूली नदी किनारमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

    अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको त्रिशूली नदी किनारमा रहेको उत्तरगया गाउँपालिका वडा नं. ४ पैरेबेशीमा एकै घरका हराइरहेका चारै जनालाई मृत अवस्थामा फेला पारेपछि हिन्दु संस्कार अनुसार सामूहिक रुपमा दाहसंस्कार गरिएको हो । मृतकका काहिलो छोरा वावुराम तथा कान्छो छोरा रामचन्द्र विदेशवाट फर्किएपछि अन्तिम संस्कार गरिएको हो ।

    त्रिशूली नदी किनारामा चार वटा छुट्टाछुट्टै चिता वनाएर अन्तिम संस्कार गरिएको हो । सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले लगातार वगेको आठसय मिटर लामो पहिरोमा वेपत्ताको खोजी गरेपछि सोमवार अपरान्ह तीन जनाको शव निकाल्न सफल भएको हो भने मंगलवार घरधनी वृद्ध धर्मवहादुर थापामगरको शव फेला पारेपछि अन्तिम सिंस्कार गरिएको स्थानीय महिला अगुवा रिया घलेले जानकारी दिइन ।

    मानविय रुपमा हराइरहेकाहरुको शव फेला पार्न नसकिएपछि एउटा स्काभेटर र अर्को जेसिभी मेसिनले पहिरोग्रस्त स्थानको उत्खनन गर्दा हराइरहेका चारै जनाको शब फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताए । घटनास्थल नुवाकोटको सदरमुकाम विदुरदेखि ३० किलोमिटर उत्तर त्रिशूली नदीको पुर्वी किनार खोंचमा रहेको छ।


    ७७ वर्षिय धर्मवहादुर थापामगरको शव घरदेखि ५० मिटर तल, ४ बर्षीय नाती रबिन थापामगर, ३३ वर्षीया वुहारी मनु थापामगर वर्षौंदेखि उनकै घरमा काम गर्दै आएका ७८ वर्षिय भक्तबहादुर नगरकोटीको शब घरभन्दा एकसय मिटर तल खेतमा पुगेको पहिरोमा भेटिएको हो । वालक रविन र भक्तवहादुरको शव घरभन्दा वाहिर खेतमा र मनुको शव पहिरोमा वगेको घरभित्र भेटिएको हो ।

    आठसय मिटर लामो पहिरोले उनीहरुको शब पांच मिटर तल पुरेको कारण शब उत्खननमा निकै समस्या परेको उद्धारमा संलग्न नुवाकोटको देवीघाटका श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले बताए । पहिरोग्रस्त क्षेत्रमा लगातार दुई दिनसम्म उद्धारका लागी ५० जना सेना, ११ जना सशस्त्र प्रहरी र २० जना नेपाल प्रहरीसहित एकसय जना सहभागी थिए ।

    पहिरेवेशीका परिरो पीडितलाई सार्ने सरकारी निर्णयपछि स्थानीय धेरैले स्थानान्तरण सुरु गरेका छन् । प्रजिअ न्यौपानेले मृतकका परिवारलाई तत्काल राहत दिने र पहिरोले घर पुरिएकाहरुलाई अन्यत्र स्थानान्तरण गर्ने कार्य सुरु भएको वताए ।

    रसुवाको पैरेवेशीको पहिरोमा विस्थापित १४ घरधुरीलाई तत्काल एक किलोमिटर टाढा त्रिशूली नदी पारी पश्चिमी किनारामा रहेको निमार्णधिन त्रिशूली थ्रिए जलविद्युत केन्द्रमा भवनमा सारिएको छ । धेरैले आफ्ना सामान त्यहा पु¥याइसकेका छन भने अधिकांशले सारिरहेका छन् ।

    उच्च जोखिमममा परेका घरधुरीलाई समेत पहिचान गरी सुरक्षित स्थानमा सारेर जोखिमयुक्त पहिरेवेशी वस्ती नै अन्यत्र सारिने जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिले जनाएको छ । ‘पहाड खसेर बस्तीमा खस्दा १२ घर पुर्ण र दुई घर आंशिक क्षति पुगेका छन् । पहिरोका कारण १४ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् भने नजिकै रहेको अमिले खोला, भ¥याङ खोला र खहरे खोलामा आएको बाढी बस्तीमा बसेर अन्य १२ घरपरिवार थप विस्थापित भएको स्थानीय शिक्षक शोभादेवी घिमिरेले वताइन ।

    विस्थापितलाई उद्धार गरी माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको कोलोनीमा राखिएको छ । पैरेवेशी वस्नका लागि अनुपयुक्त स्थान रहेको भुगर्भविदहरु वताउंछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.