फाइल फोटो
श्रावण २०, २०७४- गृहमन्त्री जनार्दन शर्माले गुण्डा तथा अपराधीलाई ‘तह लगाउन’ क्लिन स्विप अभियान चलाउने जनाएका छन् । काठमाडौं उपत्यकामा अपराध र गुण्डाराज बढ्दै गएकोले यसको न्यूनीकरणको लागि क्लिन स्विप अभियान चलाउन परेको उनले बताए ।
मन्त्री शर्माले यसको लागि प्रहरीलाई प्रविधियुक्त बनाइने बताए । उनले भने, ‘अब काठमाडौं उपत्यका सुरक्षित हुनेछ । कुनै अपराधी उम्कन पाउँदैनन् । हामी अपराधी र गुण्डालाई तह लगाएर हरेकलाई सुरक्षाको प्रत्याभूति दिइनेछ ।’
यसैगरी उनले अब काठमाडौं र पोखराका बजार २४ सैं घण्टा खुला गरिने पनि बताए । देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसाय भएकोले पर्यटकीय गन्तव्य काठमाडौं र पोखराका बजार २४ सैं घण्टा खुला गर्न लागिएको उनले बताए । उनले भने, ‘यी दुवै ठाउँमा अब रात्रीकालीन व्यवसाय गर्न कुनै रोकतोक हुन्न । चौविसै घण्टा बजार खुल्ला हुन्छ ।’
ekantipur


