×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तरकारी फल्ने मेसिन (फोटोफिचर)

  •  
  • शनिबार, साउन ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किरण पाण्डे, विवेक सुवेदी

    श्रावण ७, २०७४- सहरको थोरै जमिनमा बनेको घर पनि त्यतिखेर सानो लाग्ने छैन जतिखेर छत वा कौसीमै तरकारी फल्नेछ। अनि, घरको सौन्दर्य बिग्रिने गरी माटो पनि थुपार्नुपर्ने छैन। प्लास्टिकको ड्रम वरपर प्वाल पारेर सबैतिर ‘डिस्पोजेवल ग्लास’ मा उब्जाउ हुनेछ। माटो नै नभएपछि जराहरू लुत्रुंग झुन्डिनेछन्। फल उमार्ने पोषण भने तिनले स्वचालित रूपमा तयार हुने पोषणयुक्त छिटा (स्प्रे) बाट पाउनेछन्। ढुक्क हुनुस्, तरकारीको स्वादमा यसले कुनै असर पार्ने छैन।

    धेरैले ‘तेस्रो हरित क्रान्ति’ नाम दिइराखेको यो एरोपोनिक कृषिमा बिकसित भइरहेको एउटा नयाँ विधि हो। र, यसको अभ्यास नेपालमै पनि सुरु गरिएको छ। अमेरिकाको बोस्टन युनिभसिर्टी र बेलायतको ग्लेनडोर युनिभर्सिटीबाट एमबीए सकेका सिजर राना र प्रकाश दाहालले आफ्नै कलंकीस्थित घरको छतमा एरोपोनिकका अनेकथरी अभ्यास गरिराखेका छन्।


    सन् २०५० सम्ममा विश्वका पचास प्रतिशत जनसङ्ख्या सहरमा बस्ने आकलन भइराखेका बेला धेरैको आँखा अहिले यसमा गडेको छ। के थाहा, यही अभ्यास कृषिको भविष्य पो बन्नेछ कि † एरोपोनिक त्यही प्रविधि हो जसमा आधारित भएर अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मंगल ग्रहमा मानवसहितको यान पठाउँदा यसैगरी खेती गर्ने योजना बुनिरहेको छ। नासामा दिनहुँ यसबारे अनेकथरी अभ्यास हुन्छन्।

    व्यस्त कलंकी चोकबाट सय मिटरजति मात्र छेउमा पर्ने एउटा साढे दुईतले घरको छतमा यी दुई नेपाली तन्नेरीले तरकारी उब्जाउन ढिलो गरेनन्। अहिलेका लागि यो सिर्फ उनीहरूको सोख हो। तर यही सोखले भविष्यको एउटा चित्र भने स्पष्ट देखाइरहेको छ।

    विदेशबाट पढेर फर्केपछि काठमाडौंमा एमबीए पढाइरहेका थिए उनीहरू। तर मनले भने आफ्नै केही व्यवसाय होस् जसले सिर्जनशील तरिकाबाटै धेरै उत्पादन दिन सकोस् चाहिरहेका थिए। उनीहरूको त्यही चाहनाको उपज हो यो अभ्यास। टेलिभिजनमा देखिराखेको र पत्रपत्रिकामा पढिराखेका कुरा आफैंले अभ्यास गरेर हेर्दा उनीहरू अहिले यसको भविष्यप्रति धेरै द्विविधामा छैनन्। ‘सायद हाम्रो सपना, समय र बजारको आवश्यकता मिलेको छ,’ सिजर ठान्छन्, ‘यसले व्यावसायिक स्वरूप लिन सकेमा कृषिमा सहरिया मानिसको जोहो टर्ने मात्र नभई एकखाले क्रान्ति त अवश्य आउनेछ।’

    आफ्नो घरको छतमा उनीहरूले कतै ड्रमलाई सोझो उभ्याएर त कतै तिनलाई ठाडै दुई टुक्रा पारेर त्यसलाई एकखाले मेसिनको रूप दिएका छन्। तयार भइसकेका ‘मेसिन’ मा के मात्र फलेका छैनन्, गोलभेंडादेखि बोडीसम्म र सिमीदेखि भिन्डीसम्म। ‘सैद्धान्तिक रूपमा यसमा माटोमा फल्ने सबै थोक फल्छन्, सवाल सिर्फ तिनलाई चाहिने पोषणको जोहो हुन्छ कि हुँदैन भन्ने मात्र हो,’ सिजरले सुनाए।

    एउटा सामान्य गणित के पनि हो भने जमिनमा नभई तला थपेजसरी आकाशमा जब फलहरू उम्रन्छन्, उत्पादकत्व आफैं गुणात्मक रूपमा बढ्छ। ‘खेतमा २० रोपनीमा गरिने उब्जाउ यसले एक रोपनीमै दिन्छ,’ प्रकाशले सुनाए, ‘त्यसमाथि पानी पनि जमिनमा जति खर्च हुन्छ त्यसको एक प्रतिशत मात्रै भए पुग्छ।’ माटोसँग सरोकार नै नहुने भएपछि तरकारी खेतीको एउटा प्रमुख चुनौती माटोबाट सर्ने रोगहरू असम्भवप्राय: हुनेछ।

    यस्तो खेतीका लागि ‘स्पन्ज’ भरिएका डिस्पोजेबल ग्लासहरू ड्रमका प्वालमा टाँगेर बिरुवा सारिन्छ। ड्रमभन्दा छुट्टै कुनै स्थानमा राखिएको कन्टेनरमा हुर्काउन खोजिएको तरकारीलाई आवश्यक पर्ने पोषणयुक्त झोल राखिन्छ। जसलाई स्वचालित ‘हाई प्रेसर पम्प’ ले ड्रमको भित्रपट्टि झुन्डिने बिरुवाका जरामा हरेक मिनेट छर्कन्छ। बचेको पोषण झोल पुन: संकलन भएर ‘स्प्रे’ को चक्रमा जोडिन्छ। सिजरले थपे, ‘त्यसैले यस प्रक्रियामा अनावश्यक र खेर जाने भन्ने केही हुँदैन।’ स्वचालित रूपमा
    यो प्रक्रिया चल्ने हुँदा श्रम र समय दुवैको बचत हुन्छ।

    गोडमेल गर्ने जोत्नेजस्ता खेतीका मुख्य कामहरू स्वत: यो प्रक्रियाबाट हट्छन्।

    मूलत: आम पोषण तत्त्वले धेरैखाले तरकारी उब्जाउन सकिन्छ। तर यस अभ्यासको क्रममा उनीहरूले के कुरा बुझेका छन् भने तरकारीको समूह अनुसार पोषणको सम्मिश्रण फरक–फरक तय गर्दा अझ गुणस्तर र मात्रा वृद्धि हुन्छ। जस्तो, गोलभेंडाजस्तो फल लाग्ने तरकारीमा पोटासियम बढी चाहिन्छ भने फल नलाग्ने सागजस्ता तरकारीलाई नाइट्रोजनको आवश्यकता बढी हुन्छ। फसफोरस, पोटासियम र जिंकको मात्रा समेत फलको प्रकृतिअनुसार फरक–फरक हुन्छ।
    एउटा ड्रममा बनाउन सकिने चालीसवटासम्मका प्वालमा उब्जाउ हुने तरकारीले दैनिक दुई परिवारलाई पुग्छ। ९ वटासम्म ड्रममा त दैनिक बीसदेखि तीस किलोसम्म तरकारी फल्छ। ‘खासमा यसको आकर्षण कौशी खेतीकै लागि हो,’ प्रकाशले भने, ‘तर उपलब्ध थोरै ठाउँमै पनि व्यावसायिक खेती गर्न खोज्नेलाई त यो वरदान नै हुनेछ।’

    सिजर र प्रकाश अहिले गोदावरीमा ६ रोपनी जग्गा लिएर एरोपोनिक शैलीबाटै व्यावसायिक तरकारी खेती गर्ने योजनालाई अन्तिम रूप दिँदै छन्। उनीहरू भन्छन्, ‘हामी किन पनि उत्साहित छौं भने परम्परागत खेतीको ४० देखि ६० रोपनी बरावर हुनेछ त्यो।’ यस प्रक्रियामा परम्परागत विधिभन्दा तीस गुणा छिट्टो फल पाग्छ। ‘ड्रम’ भन्दा बाहेक फिट यसलाई अनुकूल हुनेगरी अन्य थुप्रै डिजाइन पनि गर्न सकिन्छ।

    अहिले सामान्य एउटा मेसिन बनाउन पचास हजार रुपैयाँ खर्च हुन्छ। मेसिन जति धेरै र ठूलो हुँदै गयो वा ड्रममा जति धेरै प्वालहरू थपिंदै गए, त्यति लगानी बढ्दै जान्छ।


    एरोपोनिक झट्ट हेर्दा कौशीमा सामान्य तरकारी खेतीका लागि मात्र जस्तो देखिए तापनि ड्रम वा ग्लासको आकार केही बढाइयो भने त्यसमा ठूल्ठूला फल र अन्न उब्जाउन सकिन्छ। पोषणहरूको गुणस्तर कायम गर्न सक्दा यसका उत्पादन ‘अर्गानिक’ हुनेछन्। एरोपोनिकका अध्येताहरूको एउटा सामान्य तर बलियो तर्क के हुनेगर्छ भने ‘जब उब्जनी प्रक्रियामा माटो जोडिंदैन, फल स्वत: अर्गानिक बन्छ।’

    सिजर र प्रकाशको पृष्ठभूमि न इन्जिनियरिङ हो न त कृषि नै। केवल केही नवीन तथा नतिजा देखिने काम गर्ने हुटहुटीले नै उनीहरूलाई यहाँसम्म डोर्‍याएको हो। हुटहुटीमा अहिले झन् रंग र जोस थपिएको छ। ‘घर छँदै छ, अब आकाशतिरै खेती गर्ने त हो, सकेजति,’ सिजरले हाँस्दै भने, ‘सानैदेखि सुनेको ‘स्काई ह्याज नो लिमिट’ भन्ने भनाइको अर्थ सायद यस्तै पो हो कि !’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.