×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेइजिङलाई दिल्लीको प्रस्तावः दुवै देशले सैनिक फिर्ता गरौं, अनि वार्तामा बसौं

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कमलदेव भट्टराई, नयाँ दिल्ली

     श्रावण ६, २०७४- विगत एक महिनादेखि भारत–चीन–भुटानको त्रिदेशीय सिमाना दोक्लममा जारी सैन्य तनाव अन्त गर्न भारतले पहिलोपटक दुवै देशका सेना यथास्थितीबाट पछाडि फर्कने र त्यसपछि समाधान पहिल्याउन औपचारिक वार्ता गर्ने प्रस्ताव चीनसँग गरेको छ । दुई देशको तनावबारे भारतको राज्यसभामा बिहीबार बौल्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सो प्रस्ताव अगाडि सारेकी हुन् ।

    भारतीय सञ्चारमाध्यमहरुले उच्च सरकारी अधिकारीहरु उद्धृत गदै प्रकाशित गरेका समाचार अनुसार राज्यसभामा सुष्माले गरेको यो प्रस्ताव भारतले कुटनीतिक च्यानलमार्फत बेइजिङलाई जानकारी गराइसकेको छ ।

    चीनले भारतले आफ्ना सैनिकलाई एकतर्फी पछाडि फर्काएमात्र वार्ताको वातावरण बन्न सक्ने बताइरहेको छ । भारतले त्यस क्षेत्रमा सडक निर्माण कार्य अगाडि बढाउन आवश्यक पूवर्धाधार सहित चिनियाँ सैनिक अगाडि बढेकोले त्यसलाई तत्काल रोक्नको लागि भनिरहेको छ । दुवै देशको अडानका कारण कुटनीतिक तहमा केही कुराकानी भएपनि औपचारिक रुपमा वार्ता हुन सकेको छैन ।

    समस्याको समाधानको लागि कुटनीतिक प्रयास भइरहेको बताएको भारतले पहिलोपटक दुवै देशका सेना पछाडि फर्कने र त्यसपछि वार्ता प्रक्रिया अगाडि बढाउने प्रस्ताव गरेको छ । भारतको यस प्रस्तावमा चीनको धारणा भने सार्वजनिक भइसकेको छैन । स्वराजले भारत पञ्चशीलको सिद्धान्तमा अडिग रहेको तर सिमानाको यथास्थितिमा परिवर्तन गर्ने चीनको नियतले भारतको राष्ट्रिय सुरक्षामा असर गर्ने बताइन् ।

    ‘भारतले हाम्रो सैनिकलाई फिर्ता हुनको लागि भनिरहेको छ । तर हामी के चाहान्छौ ? दुवै देशको सैनिक फिर्ता हुनु एउटा विकल्प  हुन सक्छ,’ स्वराजले राज्यसभामा सभासदहरुलाई भनिन् ।

    दिल्लीको यो भनाईसँग आगाडि हप्ता ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा भाग लिन बेइजिङ जान लागेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ अधिकारीहरुसँग वार्ता गर्ने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । स्वराजले भारतको यो प्रस्ताव तर्कसंगत भएको समेत बताइन् । स्वराजका अनुसार सन् २०१२ मा भारत र चीनबीचमा त्रिदेशीय सीमामा देखा पर्ने विवाद तीन मुलुकसँगै बसेर हल गर्ने सहमति भएको समेत बताइन् । स्वराजले चीनको नियत त्रिदेशीय सिमानासम्म पुग्ने र अहिले अवस्थालाई परिवर्तन गर्ने रहेको समेत बताइन् ।

    भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सबै मुलुकहरु यो मामिलामा भारतको पक्षमा रहेको समेत दाबी गरेकी छन् । यसबाट भारतले शान्त ढंगले अन्य मुलुकहरुको समर्थन खोजेको देखिन्छ ।

    दुई दिन अगाडि राज्यसभाको वैदेशिक मामिला समितिमा बोल्दै विदेशसचिव यस जयशंकरले दुई देशको विषय दुई देशबीचमा नै रहोस भनेर दिल्लीस्थित कुटनितिक नियोगहरुलाई ब्रिफ्रिङ नगरेको बताएका थिए । चीनले भने यस विषयमा अन्य देशका राजदूतहरुलाई जानकारी गराइसकेको छ । यस विषयमा भारतीय अधिकारीहरुले कुनै पनि कुराकानी नगरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरु बताउँछन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.