×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

  •  
  • बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बीपी अनमोल

    महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कार्यालय भवन । तस्बिर: बीपी अनमोल/अन्नपूर्ण

    महेन्द्रनगर : यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त

    बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

    विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गर्नुभयो । उहाँले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिनुभयो । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ ।

    निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाशुदेव रेग्मी काज सरुवा भएर पुतलीबजार नगरपालिका स्याङ्गजामा गएपछि सिंहले ३ महिनाअघि मात्रै निमित्त कार्यालयको प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । उहाँ अहिले शाखा अधिकृत हुनुहुन्छ ।

    यस्तै निलम्बनमा परेका अन्य कर्मचारीहरुमा मेकानिकल ईन्जिनियर दीपक थापा, नासुहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट महादेव भट्ट र केशवदत्त बडु र खरिदार श्यामराज ओझा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

    कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई एकसाता अघि पक्राउ गरेपछि भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिने काममा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु नै संलग्न रहेको पाईएपछि अनुसन्धानका लागि विभागले उनीहरुलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालयमा समेत केही सवारी दर्ता भएपनि त्यहाँका कर्मचारीहरुलाई भने कुनै कारबाही गरिएको छैन् ।

    विभागले निलम्बन गरेको खबर सञ्चार माध्यमबाट थाहा पाएपनि यातायात कार्यालयमा आधिकारीक जानकारी नआएको महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ । नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु चोरी गरी नक्कली कागजात बनाई बिक्री गरेको आरोपमा कैलालीको भजनी त्रिशक्तिनगर -३ का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने हिमाल जोशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीहरुले नक्कली कागजात तयार पारेर भारतीय नम्बरका सवारी साधनहरु नेपालमा दर्ता गरेर अरुलाई बिक्री वितरण गर्दै आइरहेको तथ्य खुलेको छ ।

    सस्तो मुल्यमा महंगा गाडी चढ्ने सपना देखेर पैसा तिरेका धेरैजसो मानिसहरु अहिले तनावमा रहेका छन् । यस्ता सवारीका साधन खरिद गर्नेमा प्रहरीका अधिकृतहरु देखी लिएर ठुला ठूला व्यवसायीहरु समेत रहेको प्रहरी स्रोतले जनाएको छ । भारतबाट ८ लाख रुपैयाँसम्ममा चारपांग्रे गाडीहरू मगाउने र नेपालमा १० देखि २५ लाख रुपैयाँ सम्ममा उक्त गिरोहले गाडी बिक्री गर्दै आएको थियो । अहिलेसम्म ९ वटा कार र २५ वटा मोटरसाईकल प्रहरीले बरामद गरिसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले अनुसन्धान तिब्र रुपमा अघि बढेको बताउनुभयो । ‘ प्रहरीले अनुसन्धान टोली नै गठन गरेर विशेष रुपले यसको अनुसन्धान गरिरहेको छ’ उहाँले भन्नुभयो,‘ अहिले अनुसन्धान मै रहेकाले धेरै कुरा बोल्न मिल्दैन्’ । प्रहरीका अधिकृतहरु समेत सवारी खरिद गरेको पाईएपछि प्रहरीले अझ अनुसन्धानलाई गहन रुपमा अघि बढाएको हो ।

    सरकारी कागजात किर्ते गर्नुका साथै नक्कली कागजात तयार पारेर अवैध सवारीलाई वैध बनाएर सञ्चालन भइरहेका थिए । प्रहरीले मुख्य योजनाकार गोकुल प्रसाद श्रेष्ठलाई पक्राउ गरेपछि तथ्य बाहिर आएको हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.