, मलेखु (धादिङ)
श्रावण ५, २०७४- पृथ्वीराजमार्गस्थित बेनीघाट विशालटारमा मध्यरातमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख २२९३ नम्बरको रात्रीवस धादिङ बेनीघाटको विशालटारस्थित सडक छेउको खोल्सीमा खसेको थियो ।
मृत्यु हुनेमा झापा घर भएका ३५ वर्षीय बस चालक कमल ढुंगाना र सह-चालक झापाकै २२ वर्षीय नवराज सिवाकोटी रहेको गजुरी प्रहरीले जनाएको छ ।
‘काठमाडौंदेखि नै उक्त बस सह-चालकले चलाएको थियो । चालक आफैंसँगको क्याबिनमा बसेका थिए,’ बेलवारी-१ मोरङका घाइते यात्रु जीवन सुन्दासले बताए ।
उक्त दुर्घटनामा घाइते भएका ४ जनाको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा बुधबार मात्रै कतारबाट फर्केका बेलवारी कै जीतबहादुर कार्की, जीवन सुन्दास , सन्तोष परियार र सञ्चबहादुर स्याङताङ छन् ।
ekantipur


