×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र ? ‘

  •  
  • बुधबार, साउन ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    महिनावारी भएपछि चामुण्डाविन्द्रसैनी नगरपालिकाको लैनचौरस्थित छाउगोठमा बसेकी कृष्णकला विक । अन्नपूर्ण

    गजेन्द्र बोहरा/ललित बुढा

    जम्बुकाँध (दैलेख) : घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ । ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै ! खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन् ।

    महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन् । केही दिनपहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो । आफ्नै दौंतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न पटक्कै मन छैन । तैपनि, सामाजिक त्रास र परिवारको दबाबका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ ।

    मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, ‘मैले के अपराध गरें र ? यो सजाय भोग्दै छु । छाउगोठमा सुत्न डर लाग्छ तर घरभित्र सुत्नै दिँदैनन् ।’चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन्, ‘मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? ‘ संयोगले उनी छाउगोठमै थिइन् । क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन् ।

    देउताको नाममा महिनावारी बार्न लगाएका छन् तर देउताले पनि न्याय देलान्जस्तो छैन । मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने ?-कृष्णकला विक

    उनी ‘पाखा सरेको’ तेस्रो दिनमा हामीले त्यही छाउगोठअगाडि पाइला टेकेका थियौं । अहिलेसम्म चार पटकसम्म उनले त्यही छाउगोठमा बिताइसकेकी छिन् ।महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो । सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे । पछि थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ । ‘म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो’, कृष्णकलाले भनिन्, ‘घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन् । आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिइएको छ, छाउ भएँ त पाप ग¥या हो र? ‘

    छाउगोठमा दुईजना किशोरीको ज्यान गएपछि स्थानीय महिला र किशोरीहरू त्रसित बनेका छन् । तर, सामाजिक बहिष्कारमा पर्ने डर र ‘देउता रिसाउने’ त्रासका कारण महिलालाई छाउगोठमै सुत्न बाध्य बनाइएको छ । अँध्यारो रातमा छाउगोठमा एक्लै सुत्न डर लाग्ने गरेको भन्दै कृष्णकलाले आफूहरूको ज्यानै धरापमा रहेको सुनाइन् । बाहिर सुत्न डर लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘मलाई पनि बाँच्ने रहर छ, छाउगोठमा कतिबेला के हुने हो ? थाहा नै छैन, अब त घरभित्रै सुत्ने चलन आए पनि हुन्थ्यो ।’ कक्षा १० सम्म अध्ययन गरेकी उनलाई महिनावारी सामान्य प्रक्रिया हो भन्ने थाहा छ । तैपनि, परिवारका अन्य महिला सदस्यजस्तै उनस् पनि छाउगोठमा सुतेको चार पटक भइसकेको छ ।

    उनी भन्छिन्, ‘देउताको नाममा महिनावारी बार्न लगाएका छन् तर देउताले पनि न्याय देलान्जस्तो छैन । मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने, हामीलाई अब न्याय कसले दिन्छ ? ‘छाउगोठमा सुतेकी छोरीलाई मध्यरातमा किराले टोकेपछि आमा निमा विकले छिमेकीसँग उपचारका लागि हारगुहार नै गरिन् । छोरीले पुनर्जन्म पाएको भन्दै निमाले भनिन्, ‘पहिलेबाटै चलेको संस्कार हो, हामी पनि छाउगोठमै सुत्दै आएका छौं । महिनावारीका बेला घरभित्र पस्दा अनर्थ हुन्छ, छोइछाइ भए घरभित्र पनि सर्प आउँछन् ।’

    आफ्नो घर मन्दिर नजिक रहेको र लसपस हुँदा देउता रिसाउने भएकाले छोरीलाई घरभित्र सुत्न नदिएको उनको भनाइ छ । ‘घरभित्र सुत्न मिल्दैन, यो छाउगोठमा छोरी असुरक्षित भई’, उनले भनिन्, ‘पाँच दिनसम्म बार्नुपर्छ, यहाँ त सुताउँदिन । अब छिमेकीको घरमा सुत्न पठाउँछु, उनीहरू क्रिस्चियन धर्म मान्ने भएकाले महिनावारी बार्र्दैनन् ।’

    छाउगोठमा सुत्दा असुरक्षित भएको र ज्यानै गुमेका घटनाले पीडित परिवारमा छाउपडी कुप्रथा हो भन्ने लाग्न थालेको छ । तर, आफूहरूले छाउगोठ अवज्ञा गर्दा समाजले बहिष्कार गर्ने त्रासका कारण पनि उनीहरू महिनावारीका बेला महिलालाई घरभित्र सुताउने आँट गर्दैनन् । निमाले भनिन्, ‘छोरीभन्दा भैंसी त ठूलो होइन, देउताले पनि न्याय देलान्जस्तो लागेन । म त घरभित्रै सुताउने थिएँ, छाउ नबार्दा समाजले हामीलाई नै बहिष्कार गर्छ ।’

    एक÷दुई जनाले मात्र सम्भव नहुने भन्दै उनले आफूहरूले चाहेर पनि छाउगोठ हटाउन सक्ने अवस्था नरहेको उल्लेख गरिन् । जिल्लाको पश्चिम क्षेत्रमा अहिले पनि छाउपडीको कुप्रथा कायमै छ । अन्धविश्वासका कारण यहाँ महिनावारीको समयमा महिलालाई घरदेखि टाढा रहेको छाउगोठमा सुताउने गरिन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.