×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सेनाको एफएम किन ?

  •  
  • बुधबार, असार २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • दिपायलस्थित पृतनाबाट परीक्षण प्रसारण थाल्यो
    असार २८, २०७४- नेपाली सेनाले आफ्नो छुट्टै रेडियो प्रसारण (एफएम) सञ्चालनको अभियान थालेपछि नागरिक सर्वोच्चता र आम सञ्चारको विश्वसनीयताको विषय फेरि बहसमा आएको छ । सामाजिक सञ्जालमा त्यस्तो बहस सुरु हुन थालेको हो । सञ्चार मन्त्रालयबाट स्वीकृति लिएर सेनाले दिपायलस्थित पृतनाबाट परीक्षण प्रसारण थालेको केही समयपछि यो विषय बाहिर आएको हो ।

    सेनाले आपतकालीन अवस्थामा जनता, सेना र आफन्तलाई सुसूचित गर्नुका साथै केही मनोरञ्जन र सन्देशमूलक कार्यक्रमका लागि आफ्नै एफएम स्थापना गरेर अघि बढ्न लाइसेन्सका लागि बुझाएको प्रस्तावनामा उल्लेख छ ।

    सेनाले पाँच वर्षअघि नै आफ्नो तत्कालीन ६ पृतनाबाट सैनिकका कार्यक्रम सञ्चालनका लागि एफएमको लाइसेन्स माग गरेको हो । दिपायलबाट प्रसारण आरम्भ भएको भए पनि अन्य स्थानको पनि स्वीकृति प्रक्रियामा छ । ‘अन्य स्थानमा पनि एफएम विस्तारका लागि सेनाले आग्रह गरिरहेको छ,’ सञ्चार मन्त्रालय स्रोतले भन्यो । अहिले नेपाली सेनाले १ सय ७७ विभिन्न निजी क्षेत्रबाट सञ्चालित एफएम र सरकारी निकायका रेडियो/टेलिभिजनमा समेत कार्यक्रम गर्दै आएको छ ।

    सामाजिक सञ्जालमा भइरहेको बहसलाई सेनाले गम्भीरतापूर्वक लिएको सैनिक प्रवक्ता सहायक रथी झन्करबहादुर कडायतले कान्तिपुरलाई बताए । ‘सेनाले सञ्चार क्षेत्रमा कुनै व्यापार गर्न खोजेको होइन । यो सेनाको उद्देश्यमा पनि पर्दैन । सेनाले शान्ति, दैवी प्रकोप र उद्धारलगायतका घटनाबारे जानकारी दिन एफएम सञ्चालन गर्न लागेको हो,’ उनले भने । अमेरिका र बेलायतजस्ता धेरै मुलुकका सुरक्षा निकायले एफएम मात्र होइन, टेलिभिजन नै सञ्चालन गरिहेका छन् भन्दै उनले थपे, ‘हामी बल्ल मुलुकका लागि सन्देश प्रवाह गर्न रेडियोको प्रक्रियामा पुगेका छौं । हामी अहिले पनि मुलुकभरका झन्डै २ सय एफएममा आफ्नो कार्यक्रम चलाउँदै सन्देश प्रवाह गरिरहेका छौं ।’

    सेना अहिले नभएर पाँच वर्ष अघिदेखि नै एफएम सञ्चालन प्रक्रियामा गएको र फ्रिक्वेन्सी पाएको पनि करिब दुई वर्ष भइसकेको सञ्चार अधिकारीले बताए । ‘सेनाले परीक्षणका रूपमा दिपायलमा कार्यक्रम सञ्चालन गरिरहेको छ,’ सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले भने, ‘सञ्चार मन्त्रालयले सेनालाई आफ्नै एफएम सञ्चालन गर्न फ्रिक्वेन्सी लाइसेन्स दिएको छ । नेपाल प्रहरीलाई ‘मेट्रो एफएम’ चलाउन दिएको शैलीमा नै सेनालाई एफएम सञ्चालनको लाइसेन्स दिएको होला ।

    यसमा हामी अध्ययन गर्दैछौं ।’ यस्ता विषयमा हुने टीकाटिप्पणी र बहसले नागरिक झन् खारिने गुरुङले बताए । सामाजिक सञ्जालमा देखिएको बहस र विचारलाई अध्ययन गर्दा सञ्चार जगत, सेना र सरकारबीच बहस भएर यसमा स्पष्ट हुन सकिने गुरुङले बताए । राज्यका अन्य सञ्चार माध्यमप्रति विश्वास नलागी सेनाले निजी एफएम खोल्न लागेको भन्ने आरोपलाई खण्डन गर्दै कडायतले भने, ‘नेपाली सेनाले मुलुक र जनताको हितविपरीत केही काम गर्दैन ।’

    पछिल्लो समय नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा जम्मा भएको रकम पेट्रोल पम्प, मेडिकल कलेज, हाइड्रो, जग्गालगायत क्षेत्रमा लगाएको र विकासका कामको जिम्मा लिएकाले पनि आशंका बढेको सञ्चार क्षेत्रका व्यक्तिहरूले बताएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.