अफतावले राति साढे ९ बजेतिर घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । ‘घरबाट तीन किलोमिटर टाढा बाटोमा लागेर हत्या गरेको पाइयो ।’ उहाँले भन्नुभयो
प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुग्दा फलसुनको लास भएको स्थानमा उनकी ५/६ महिनाकी छोरी छटपटाइरहेको पाइएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाउँ, भनेर जेठी श्रीमतीको हत्या गरेका हुन् । अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
annapurnapost




















