×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आठ लाख भूकम्पपीडितको पहिचान गर्न २६ महिना

  •  
  • आइतबार, असार २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौ : सरकारले तीन बर्षात र दुई हिउँद टहरामा विताएका करीव आठ लाख भुकम्प पीडितको पहिचान गर्न २६ महिना लगाएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको आइतवार सिंहदरवारमा बसेको बैठकले भुकम्पबाट प्रभावित ३१ जिल्लाको प्रारम्भिक सर्वेक्षणबाट लाभग्राहीको सूचीमा सिफारिस भएका सात दल ६१ हजार पाँच सय ३२ र घर मर्मत गर्नु पर्ने (प्रवलीकरण) लाभग्राही १९ हजार आठ सय ६६ जना रहेको पहिचान गरेको हो ।

    नयाँ घर पुननिर्माण गर्नु पर्नेलाई तीन किस्तामा तीन लाख र प्रवलीकरण गर्नु पर्ने घरका लागि एक लाख रुपैया उपलब्ध गराउने व्यवस्था छ ।
    नयाँ सरकार गठन भएयता प्राधिकरण निर्देशक समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आगामी असार २८ गते बुधवार निर्देशक समितिको बैठक बस्ने भएको छ । देउवा प्रधानमन्त्री भएयता पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । सो बैठकका लागि प्राधिकरण कार्यकारी समितिले तीन वटा प्रस्ताव अगाडि सारेको छ ।

    आगामी आर्थिक वर्ष २०७४/७५ का लागि प्राधिरकणको बजेट, प्राधिकरणको केन्द्रको संरचनामा परिवर्तन,भूकम्प कम प्रभावित जिल्लामा जिल्ला समन्वय सचिवालयको कार्यालय खोल्ने एजेण्डा निर्देशक समितिको बैठकका लागि तयार गरिएको छ । आगामी आर्थिक वर्षको विस्तृत कार्ययोजना निर्देशक समितिको बैठकबाट पारित गराउने गृहकार्य प्राधिकरणले गरेको छ ।

    प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माणसम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट गरेको जनाएको छ । ती जिल्लाबाट केन्द्रमा दर्ता भएका दुई लाख सात हजार आठ सय ६१ गुनासा मध्ये फस्र्योट हुन बाँकी ३१ हजार नौ सय ७९ गुनासोको आइतबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले टुंगो लगाएको हो ।
    फछ्यौट भएका गुनासोबाट तीन हजार आठ सय ९८ घरधुरी लाभग्राही सूचिमा परेका छन् भने १२ हजार ६ सय २८ घरधुरीको छुट सर्वेक्षण गर्ने निर्णय भएको छ । त्यसैगरी १५ हजार चार सय ५३ घरधुरीको स्थलगत निरीक्षण गर्ने निर्णय भएको प्रवक्ता यमलाल भूसालले जानकारी दिनुभयो ।
    प्राधिकरणले अहिलेसम्म सम्बोधन गरेका गुनासा मध्येबाट ३५ हजार दुई सय २९ घरधुरी लाभग्राही सूचीमा परेका छन् भने ४५ हजार आठ सय नौ जनाको छुट सर्वेक्षण तथा ७५ हजार नौ सय १० को स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ ।
    प्राधिकरणका अनुसार छुट सर्वेक्षणका लागि दोलखा र नुवाकोटमा इञ्जिनियर परिचालित भइरहेको छ भने अन्य सवै जिल्लाहरुमा छुट सर्वेक्षण गर्न तीन सय इन्जिनियरलाई तालिमसहित परिचालन गर्ने तयारी गरिएको छ ।
    अबदेखि निजी आवास सम्बन्धी गुनासो सम्वोधन स्थानीय तहबाट गर्नेगरी प्राधिकरणले गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरि कार्यान्वयनका लागि स्थानीय तहमा पत्राचार गरेको छ ।
    प्राधिकरणले १४ जिल्लाका निजी आवाससम्बन्धी गुनासोलाई आगामी भदौ मसान्तभित्र टुंगो लगाउने गरी काम गर्न स्थानीय तहलाई निर्देशन पनि दिइसकेको छ ।
    कार्यकारी समितिको आइतवार बसेको वैठकले लमजुङ र सोलुखुम्बुका १६ सय २५ लाभग्राहीको नाम स्वीकृत गरेको छ । हिमपातका कारण यी दुईवटा जिल्लाका चारवटा गाविसको सर्वेक्षण गर्न केही समय ढिला भएको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.